Friday, March 29
Shadow

Tag: विप्लव

विप्लव नेकपाका ओमप्रकाश पुनसहित ६७ नेता माओवादी प्रवेश

विप्लव नेकपाका ओमप्रकाश पुनसहित ६७ नेता माओवादी प्रवेश

ब्यानर समाचार, राजनिती
काठमाडौँ-  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका तत्कालीन पूर्व पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। आज बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टिका लगाएर उनीहरूले पार्टी प्रवेश गरेका हुन् । नेता पुनसँगै पार्टी परित्याग गरेका केन्द्रीय सदस्य शङ्कर खड्का, दलबहादुर धामी र रमेश परियारलगायत विप्लवको पार्टीबाट ६७ जना कार्यकर्ताले माओवादीमा प्रवेश गरेका छन् । नेता पुन, केन्द्रीय सदस्य खड्का, धामी र परियारले गत बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए । विप्लव नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पुन पूर्वपोलिट्ब्यूरो तथा सेती महाकाली ब्युरो इन्चार्ज थिए भने पार्टीनिकट किसान र सुकुम्वासी सङ्गठनको अध्यक्षसमेत रहेका ...
रिहा गर्न सर्कुलर गरेको भए पनि अझै जेलबाट छुटेनन् विप्लवका कार्यकर्ता

रिहा गर्न सर्कुलर गरेको भए पनि अझै जेलबाट छुटेनन् विप्लवका कार्यकर्ता

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागनु २८ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले यस समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा थिए । अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता खाँदबारी कारागारमै छन् । खाँदबारी कारागारमा सङ्खुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता खाँदबारी कारागार छन् । विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए ।...
प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देशमा संकटमा पर्यो: विप्लव

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देशमा संकटमा पर्यो: विप्लव

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन २४ । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी निकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो रोजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको तर्क गरेका हुन् । माओवादी र एमालेको एकताबाट झण्डै दुई तिहाइको सरकार बनेपनि प्रचण्ड गलत बाटोमा भएका कारण नेकपामा संकट आएको दावी गरे । उनले बाबुराम भट्टराईले पनि गलत बाटो लिएकाले मधेशवादी दलको नेता बन्न पुगेको टिप्पणी गरे । सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको पनि विप्लवले बताए । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको उनको भनाइ छ । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएको दुई महिनाभित्र सखाप प...
सहमति भएसँगै विप्लवका नेता कार्यकर्तालाई छाड्न सरकारको निर्देशन

सहमति भएसँगै विप्लवका नेता कार्यकर्तालाई छाड्न सरकारको निर्देशन

मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन २० । सरकारकाले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।...
विप्लवले भन्यो- हामी सरकारसँग वार्ता गर्न सकारात्मक छौँ

विप्लवले भन्यो- हामी सरकारसँग वार्ता गर्न सकारात्मक छौँ

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन ८ । नेकपा विप्लव समूहले आफ्नो पार्टी वार्ता तथा सम्वादको लागि सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता गर्न तयार रहेको बताएका छन् । विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम समूदायमा सहज गतिविधि र कार्यक्रम गर्ने बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं ।’ ...
शिक्षक हत्या प्रकरणः विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा

शिक्षक हत्या प्रकरणः विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ४ । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमबार मोरङ जिल्ला अदालतमा उनिहरुविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर भएको हो । मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको चन्दा नदिएको निहुँमा विप्लव समूहका छ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट नै उठाएर जंगलमा लगेर मङ्सिर २३ गते हत्या गरेका थिए । अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रहरीले अनुसन्धान पश्चात ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा विवरण पेश गरेको थियो । सो मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता भएको हो । शिक्षक हत्या आरोप...
विप्लवसँग अनौपचारिक वार्ता सुरुः नेता भेट्न मन्त्री नै पुगे कारागार

विप्लवसँग अनौपचारिक वार्ता सुरुः नेता भेट्न मन्त्री नै पुगे कारागार

ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २१ । सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा वार्ताको सुरुवात गरेको छ । खानेपानीमन्त्री मणि थापाले मंगलबार नख्खु कारागारमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई कारागारमै पुगेर भेट गरी वार्ताको थालनी गरेका हुन् । सरकारले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन प्रयत्न गर्दै आइरहेको बेला खानेपानीमन्त्री थापाले कारागारमै पुगेर गरेको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ । कारागारमा रहँदा मन्त्री थापाले ‘सुदर्शन’ सँग करिब ३० मिनेट कुराकानी गरेका थिए । मन्त्री थापाले आफू कारागार व्यवस्थापनको समस्या र गुनासोपछि अनुगमनका लागि कारागार पुगेको र सो क्रममा विप्लव समूहका नेता सुदर्शनसँग भेट भएको जानकारी दिए । ‘उहाँ र म घनिष्ट मित्र हौँ, काठम...
काठमाडौँबाट विप्लवका तीनजना कार्यकर्ता पक्राउ

काठमाडौँबाट विप्लवका तीनजना कार्यकर्ता पक्राउ

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १० । काठमाडौँ उपत्यकाबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता शुक्रबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–४ का ४३ वर्षीय पुर्णबहादुर श्रेष्ठ, ओखलढुंगाको चम्पादेवी–१० का ४१ वर्षीय नारनबहादुर तोलाङगी र दोलखाको भिमेश्वर–६ का ३५ वर्षीय सरोजप्रसाद न्यौपाने छन्। चन्दा असुलीको आरोपमा उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।...