Thursday, April 25
Shadow

Tag: प्रधानमन्त्री

निर्वाचन तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्रधानमन्त्रीको दृढता

निर्वाचन तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्रधानमन्त्रीको दृढता

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, जेठ १५ मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको सु–अवसरमा आज सरकारले विशेष समारोहबीच चौधौँ गणतन्त्र दिवस मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मुख्यालय जङ्गी अड्डामा दिवस मनाइएको हो । सैनिक मञ्च टुँडिखेलमा हुँदै आएको कार्यक्रम कोभिड–१९ सङ्क्रमणका कारण सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मनाइएको थियो । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित मन्त्रीगण, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकारी तथा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिता थियो । तत्कालीन संविधानसभाले विसं २०६५ जेठ १५ गते राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन दिवस मनाउने गरि...
जसपालाई आठ मन्त्रालय दिने प्रधानमन्त्रीको अफर

जसपालाई आठ मन्त्रालय दिने प्रधानमन्त्रीको अफर

पत्रपत्रिका, मुख्य समाचार, राजनिती
काठमाडौं, चैत १२ । जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो । ‘मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रस्ट कुराकानी भयो,’ महतोले भने, ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ ।’ भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ । भेटमा प्रधानमन्त्रीले जसपाका नेताहरुसँग सरकारमा आउन आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीले सरकारमा आउनुहोस्, तपाईंहरुले उठाएका माग पूरा गर्छु भन्नु भयो,’...
नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

ब्यानर समाचार, राजनिती
काठमाडौँ , चैत ७ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माधव कुमार नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी हित विपरित काम गरेको भन्दै पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे, र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । चारै नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको ज्ञवालीले बताए ।  ...
निर्वाचनको तयारी तीब्र पार्न प्रधानमन्त्रीको निर्देशन

निर्वाचनको तयारी तीब्र पार्न प्रधानमन्त्रीको निर्देशन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ २७ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी तीब्र पार्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् । आयोगले निर्वाचनको तयारीका लागि गरिरहेको कामको जानकारी लिन आयोग पुगेका प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुसँग छलफल गरी निर्वाचनको तयारी तीव्र पार्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले अहिलेसम्म गरेको कामको जानकारी प्रधानमन्त्रीलाई गराएको बताउँदै थापाले आयोगको काम प्रति प्रधानमन्त्री सन्तुष्ट रहेको बताए । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने मिति तोकेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गराउने निर्णय गरेको छ ।...
.चुनावमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन

.चुनावमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ १ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको चुनाव तोकिएको मितिमा हुने बताउँदै तयारीमा जुट्न निर्देशन दिएका छन् । विहीबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा ओलीले तोकिएको समयमा चुनाव हुने बताउँदै निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार निर्वाचन गर्नेबारे छलफल भएको हो । छलफलमा क्रममा ओलीले सूर्य चिन्ह आफूहरूले नै पाउने बताएका थिए ।उनले प्रथम अध्यक्ष र महासचिव आफूसँगै रहेकाले विधानअनुसार आधिकारिक नेकपा आफूहरु नै भएको स्पष्ट पारेका थिए । बैठकमा हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण र बैठकहरूले पार्टीको पक्षमा जनलहर बढेको बारेमा समेत मन्त्री तथा स्थायी कमिटी सदस्यहरुले ओलीलासँग ब्रिफिङ गरेको उनल...
प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी

प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिइएको छ । नेकपा ९दाहाल–नेपाल० समूहको आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीले निरंकुश र अधिनायकवादी चरित्र रोक्न तथा पूर्वप्रधान न्यायाधीशलाई नधम्क्याउन सुझाव दिएको छ । बैठकपछि नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले चार पूर्व प्रधानन्यायाधीशले संयुक्त वक्तव्य दिएकामा प्रधानमन्त्री ओलीले अपमानित गर्ने र धम्काउने काम गरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई आफ्नो चरित्र सुधार गर्न चेतावनी दिने निर्णय भएको बताए । ‘चार पूर्व प्रधानन्यायाधीशले देश, जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता, सुशासनप्रतिको आफ्नो निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा अहिले...
आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २६ प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । प्रतिनिधिसभा विघटनपछि उहाँले पहिलोपटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो । दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी गराउने तयारी रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । नियमसंगत पार्टी विभाजन नभएको भए पनि दुई समूह छुट्टाछुट्टै पार्टी सरह गतिविधिमा लागेका छन् ।...
प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष १७ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आफूहरु आधिकारिक नेकपा भएको र चुनाव चिन्ह सूर्य पाउनु पर्ने भनी दिएको निवेदनलाई निर्वाचन आयोगले फिर्ता गरेको दाबी गरेका छन्। तर निर्वाचन आयोगले भने सो निवेदन फिर्ता नभएको र यथाअवस्थामै रहेको जानकारी दिएको छ। ‘आयोगमा आएका कागजात फिर्ता हुने कुरा हुँदैन, त्यस्तो भएको छैन,’ आयोगका सहायक प्रवक्ता कोमल धमलाले नेपालखबरसँग भने ‘आधिकारिकताको कुरा पछि निर्णय हुन्छ।’ अर्को पक्षका नेताहरुले पनि ओलीकाे सो दाबी झूठो भएको बताएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार प्रवासी नेपालीहरुसँगको एक भर्चुअल अन्तरक्रियामा साे दाबी गरेका थिए। ‘किनभने हामी आधिकारिक पार्टी हौं, हामीसँगै चिन्ह र बहुमत छ किन जानुपर्‍यो?,’ उनले भने, ‘चुनावै नलड्नेहरु उहाँहरुलाई सूर्य चिन्ह किन चाहिएछ?’ ‘झुठाे प्रचार’ तर यता प्रचण्ड–नेप...
नेकपा विवाद : प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस

नेकपा विवाद : प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ५ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्। आइतबार बिहानको आकस्मिक मन्त्रिपरिषद बैठक राखेर प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको संकटबीच प्रधानमन्त्रीले यस्तो कदम चालेका हुन्। यसको असर र प्रभाव के हुन्छ भन्ने प्रष्ट छैन। नेकपाको स्थायी कमिटी बैठक आइतबार नै बस्दैछ। सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले नेकपामा पछिल्लो समय बढेको तनाव झन चुलिएको थियो। १ पुसमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। पार्टीको निर्णयअनुसार अध्यादेश फिर्तासम्बन्धी निर्णय गर्न आलटाल गरेका प्रधानमन्त्री ओलीले शनिबार दौडधुप तीब्र पारेका थिए। उनले खुमलटारस्थित निवा...