Saturday, April 20
Shadow

Tag: पेट्रोलियम पदार्थ

दुई साता नबित्दै पेट्रोलियम पदार्थमा पुनः वृद्धि

दुई साता नबित्दै पेट्रोलियम पदार्थमा पुनः वृद्धि

आर्थिक, समाचार
कार्तिक २५, काठमाण्डौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ । मूल्य वढाएको दुई हप्ता पनि नबित्दै निगमले पुनः पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ । यस्तै, खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेर १५७५ पुगेको छ । यसअघि कात्तिकमा ग्यासको मूल्य ५० रुपैयाँले बढाइएको थियो। हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढाएको छ । अब आन्तरिक हवाई इन्धनको नयाँ मूल्य १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । वढेको मूल्य आजराति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो अब ?

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो अब ?

आर्थिक, मुख्य समाचार
  काठमाडौं, चैत ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ । निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत राखेको छ । यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो । निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ ।...
रातारात फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, प्रतिलिटर मुल्य कति पुग्यो ?

रातारात फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, प्रतिलिटर मुल्य कति पुग्यो ?

आर्थिक, मुख्य समाचार
काठमाडौं , फागुन १८ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले गए राति १२ बजेदेखि नै लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २।२ रुपैयाँ बढाएको हो । त्यस्तै, र आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको छ । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर कायम भएको छ । ग्यासको मूल्य भने १ हजार ४ सय रुपैयाँमा यथावत राखिएको छ । वृद्धि भएको मूल्यमा बिक्री गर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ, डिजेलमा ६।५६ रुपैया...
७ महिनामा १ खर्बको पेट्रोलियम पदार्थ आयात

७ महिनामा १ खर्बको पेट्रोलियम पदार्थ आयात

आर्थिक, मुख्य समाचार
काठमाडौं, फागुन ७ । चालु आर्थिक वर्षको ७ महिनाको अवधीमा निर्यातमा सुधार भएको छ ।भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्याकं अनुसार माघ मसान्तसम्म निर्यात अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले सुधार आएको हो । यस अवधीमा कुल ६९ अर्ब ७१ करोडको वस्तु निर्यात भएको छ ।अघिल्लो वर्षको यसै अवधीमा ६४ अर्ब ७९ करोडको मात्रै वस्तु निर्यात भएको थियो । भन्सार विभागको तथ्याकं अनुसार यस अवधीमा वस्तु आयात अघिल्लो वर्षकोे तुलनामा ०।०१ प्रतिशतले वृद्धि भएको छ ।अघिल्लो वर्ष माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएकोमा यस वर्ष ८ खर्ब ३ अर्ब ६४ करोडको वस्तु आयात भएको हो । यस्तै यसै अवधीमा व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ ।तर व्यापार घाटा भने ०।६६ प्रतिशतले घटेको विभागले जनाएको छ ।यस अवधीमा ८ खर्ब ७३ अर्बको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ । यस अवधीमा ...
पेट्रोलियम पदार्थको मूल्य घटाउन अनेरास्ववियूको माग

पेट्रोलियम पदार्थको मूल्य घटाउन अनेरास्ववियूको माग

मुख्य समाचार, समाचार, समाज
काठमाडौँं, फागुन ५ । सरकारले पेट्रोलियम पदार्थको मुल्य हप्तामै दुई पटक बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेको छ। कोरोना कहर र लकडाउनका कारण थलिएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थको मुल्य बढाएर सर्वसाधारणको चुलो चौकोमै प्रहार गरेको अनेरास्वीयूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पेट्रोलियम पर्दाथको मूल्यवृद्धिले अन्य क्षेत्रलाई समेत प्रभावित गर्ने भएकाले बढाइएको मूल्यलाई तत्काल घटाउनुपर्ने उनीहरुको माग छ । अनेरास्ववियूले मूल्यवृद्धिको विरोधमा फागुण ८ गते विहिबार बिहान ८ः३० बजे देशभरका कलेज अगाडि प्रदर्शन गर्ने र दिउँसो नेपाल आयल निगम घेराउ गर्ने जनाएको छ ।...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै, डिजल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ । अझै निगमलाई पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा छ । मट्टीतेलमा भने निगम नाफामा छ । नयाँ मूल्यसूचीअनुसार १५ दिनमा ६ करोड ७ लाख रुपैयाँ घाटा रहेको निगमको दाबी छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको निगमले जनाएको छ ।...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

आर्थिक, ब्यानर समाचार 2, समाचार, समाज
  काठमाडौँ , माघ ६ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको विकराल अवस्थामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि ठीक नभएको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् । “एकातिर राजनीतिक अस्थिरताको भूमरीमा देश परिरहेको र अर्कातिर कोरोनाका कारण दैनिक जीवन कष्टकर हुँदै गएको बेला जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दछौँ”, उनले भने । अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए आन्दोलन गर्ने बताए । नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्...
पेट्रोलियम पदार्थको मुल्य बढ्यो, कति पुग्यो अब ?

पेट्रोलियम पदार्थको मुल्य बढ्यो, कति पुग्यो अब ?

आर्थिक, मुख्य समाचार, समाचार, समाज
  काठमाडौं , माघ ५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको हो । निगमले पेट्रो, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रूबपैयाँका दरले मूल्य बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएका छन् । मुल्य बढेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर ११० पुगेको छ भने डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ९३ पुगेको छ । यसअघि पेट्रोल १०८ तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ९१ रहेको थियो ।...