Monday, September 14
Shadow

Tag: नेपाली कांग्रेस

राष्ट्रिय पार्टीले बुझाए समानुपातिक सांसद को नामावली , हेर्नुस् को भए  सांसद !

राष्ट्रिय पार्टीले बुझाए समानुपातिक सांसद को नामावली , हेर्नुस् को भए सांसद !

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौं- समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूले निर्वाचित हुने सांसदहरूको नामावली बुझाएका छन् । शनिबार दलहरूले नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएका हुन् । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा सात दलले मात्र सिट प्राप्त गर्ने मतको संख्या (थ्रेसहोल्ड) कटाएका थिए । ती दलले शनिबार निर्वाचित हुने सांसदको सूची आयोगमा बुझाएका हुन् । सात दलले बुझाएको प्रतिनिधिसभातर्फको सूची हेर्नोस्– नेपाली कांग्रेस आदिवासी जनजातितर्फ  १. सरस्वती बजिमय २. लिलादेवी बोखिम ३. सीता कुमारी राना ४. सुशीला थिङ ५, सपना राजभण्डारी ६ माया राई ७. कुसुम थापामगर ८ मनोरमा सेरचन खस/आर्यतर्फ  १. अम्बिका बस्नेत २. सरिता प्रसाईं ३. आरजु राणा देउवा ४. ईश्वरी न्यौपाने ५. प्रतिमा गौतम ६. मञ्जु खाँण ७. रमा कोइराल...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।  ४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय  सदस्यहरु छन् । बैठकमा चुनावी समीक्षा हुने नेताहरुले बताएका छन् ।...
काठमाडौं-४ बाट भारी मतले गगन थापा बिजयी

काठमाडौं-४ बाट भारी मतले गगन थापा बिजयी

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । तर औपचारिक घोषणा हुन भने बाँकी छ । ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् । ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।  ...
प्रधानमन्त्री शेरबहादुर देउवा गुरुङ निवासमा

प्रधानमन्त्री शेरबहादुर देउवा गुरुङ निवासमा

ब्यानर समाचार 2
 प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा पुग्नुभएको छ । गुरुङकी पत्नी शीरमाया गुरुङको यही कात्तिक २० गते निधन भएको थियो । गुरुङ परिवारमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङ निवासमा पुग्नुभएको हो । उहाँले आफ्ना पार्टीका केन्द्रीय सदस्य गुरुङसहित परिवारजनमा समवेदना र स्व शीरमायाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । प्रधानमन्त्री देउवालाई शीरमायाको निधनका कारणबारे जानकारी गराइएको थियो । फोक्सोको क्यान्सरका कारण पछिल्लो केही समययता उहाँ अस्वस्थ हुनुहुन्थ्यो । उहाँको ७४ वर्षको उमेरमा निधन भएको हो । उहाँसँगै पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरू उपस्थित  हुनुहुन्थ्यो । ...
कांग्रेसको सङ्कल्पपत्रमा कृषि

कांग्रेसको सङ्कल्पपत्रमा कृषि

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान गर्ने कृषि क्षेत्रको प्रवद्र्धन गर्ने नीतिअनुरुप कांग्रेसले नगदेबाली र जडीबुटीको निर्यात दोब्बर बनाई खाद्य असुरक्षा सूचकाङ्कमा प्रगति गर्ने योजना अघि बढाएको छ । कांग्रेसले आगामी पाँच वर्षमा कृषिको थप आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै प्रत्येक स्थानीय तहमा कृषि भूमिको क्लस्टर बनाइ खाद्य तत्वको परीक्षण र माटोको गुणस्तरको चित्र बनाएर उत्पादन योजना तयार गर्ने लक्ष्य लिएको छ । बढी उत्पादन दिने बाली तथा पशुपक्षीको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानलाई प्राथमिकता दिइनेछ । उन्नत जातका बीउबिजनको उपलब्धतालाई सहज र सुलभ बनाउने व्य...
कांग्रेसले आज  चुनावी घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारणपूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि कार्यक्रम तय गरिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी  घोषणापत्र तयार पारिएको छ । सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषयलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ ।  ...
काङ्ग्रेसमा लामो समयको योगदानमा पनि स्पेस भेटिएन – मनिष झा

काङ्ग्रेसमा लामो समयको योगदानमा पनि स्पेस भेटिएन – मनिष झा

ब्यानर समाचार 2, राजनिती
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मनिष झाले नेपाली कांग्रेसको घोषणापत्र मात्रै लेखेनन्, सम्भव भएजति चुनावी सभामा पुगेर कांग्रेस उम्मेदवारका लागि मत पनि मागे । काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसकी सिर्जना सिंहलाई मत माग्दै झाले गरेको भावुक मन्तव्यले चर्चा समेत पायो । स्थानीय निर्वाचनमा महामन्त्री गगन थापा नेतृत्वको घोषणा पत्र तयारी समितिको सदस्यको रुपमा काम गरेका झा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भने कांग्रेसका लागि मत माग्दै छैनन् ।उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचनमा मधेशी क्लस्टरमा सर्वाधिक मत ल्याएका उनले तीन कांग्रेससँगको तीन पुस्ता लामो सम्बन्ध तोडेका छन् । धनुषाका स्थायी बासिन्दा मनिष लामो समयदेखि डिजिटल सञ्चारको क्षेत्रमा सक्रिय छन् । फ्याक्ट्स नेपाल नाम...
‘रूख’ मा भोट हाल्न पाउनुपर्ने भन्दै बागमतीका जिल्ला सभापतिले बुझाए देउवालाई ज्ञापन पत्र

‘रूख’ मा भोट हाल्न पाउनुपर्ने भन्दै बागमतीका जिल्ला सभापतिले बुझाए देउवालाई ज्ञापन पत्र

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले ‘रूख’ मा भोट हाल्न पाउनुपर्ने मागसहित प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। बागमती प्रदेशअन्तर्गत १३ जिल्लाका सभापतिहरूका तर्फबाट धादिङ सभापति रामनाथ अधिकारीले बालुवाटार पुगेर आज ज्ञापन पत्र बुझाएका हुन्। बागमती प्रदेशका विभिन्न जिल्लाका क्षेत्र कांग्रेसले सत्ता गठबन्धनका अन्य दललाई छाड्न लागेको छ। सिट बाँडफाँट मिलाउन चुनौती देखिएका बेला कांग्रेसका जिल्ला सभापतिहरूले अरू दललाई जिल्लाका सबै प्रतिनिधि वा प्रदेश सभा क्षेत्र नछाड्न आग्रह गर्दै सभापति देउवालाई ज्ञापत्र पत्र बुझाएका छन्। उनीहरूले संघ वा प्रदेशका कुनै क्षेत्रमा मतपत्रमा रूख चिन्ह हुनुपर्ने बताएका थिए। कांग्रेसले केन्द्रीय समितिबाटै सत्ता गठबन्धनबीच तालमेल गरी चुनावमा जाने निर्णय गरिसकेको छ भने सिट बाँडफाँट गर्न कार्यदल पन...
१०० सिट नपाए कांग्रेसमा विद्रोह गर्ने शेखर कोइराला चेतावनी

१०० सिट नपाए कांग्रेसमा विद्रोह गर्ने शेखर कोइराला चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाएमा विद्रोह हुन सक्ने बताएका छन् । बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा विद्रोह हुन सक्ने बताएका हुन् । ‘बहुमत बनाउन त कम्तीमा पनि १०० सिट त लिनुपर्‍यो । नत्र बहुमत कहाँबाट बन्छ ? उहाँ (अन्य दल) हरु १०० सिट दिने पक्षमा हुनुहुन्न ।…१६५ सिटमा हामी उठ्यौं भने आकांक्षी नपुग्ने अवस्था छ’ उनले भने । तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले त्यसै कारणले विद्रोह हुन सक्ने बताएका हुन् ।...
उदयीमान तरुण नेता दिनेश विक्रम शाह उम्मेदवार हुनेमा सतप्रतिशत ढुक्क

उदयीमान तरुण नेता दिनेश विक्रम शाह उम्मेदवार हुनेमा सतप्रतिशत ढुक्क

ब्यानर समाचार, राजनिती
काठमाडौं- आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसको तर्फबाट उदयीमान तरुण नेता दिनेश विक्रम शाहको नाम सिफारिस भएका छन् । काङ्ग्रेसको १२ औँ महाविधेशनबाट पार्टीको क्रियाशिल सदस्य रही विगतमा इकाई सदस्य , उपाध्यक्ष हुँदै ४ ओैँ महाअधिवेशनबाट तरुण दलको जिल्ला सचिव बनेका उनी २०५९ सालदेखि राजनीतिमा निरन्तर सक्रिय रहेका छन् । राजनीति बाहेक पत्रकारितासँगै समाजसेवामा समेत उत्तिकै सक्रिय शाह हरेक आन्दोलनमा सरिक हुने गरेका छन् । साथै विभिन्न धार्मिक कार्यहरुमा पनि सक्रिय छन् । संविधानमा रहेको धर्मनिरपेक्षता हटाउनु पर्छ भन्ने मान्यता समेत शाहको रहेको छ । विभिन्‍न सामाजिक काममा सक्रिय शाहले कोरोना महामारीको समयमा घरघरमै स्वास्थ्य उपकरणहरु पठाउनेदेखि वर्षातमा सडक पूर्वाधार सुधारका लागि पनि काम गरिरहेका छन्। काठमाडौंमा ह...