Saturday, April 20
Shadow

काङ्ग्रेसमा लामो समयको योगदानमा पनि स्पेस भेटिएन – मनिष झा


  • -इ
  • इ+

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मनिष झाले नेपाली कांग्रेसको घोषणापत्र मात्रै लेखेनन्, सम्भव भएजति चुनावी सभामा पुगेर कांग्रेस उम्मेदवारका लागि मत पनि मागे । काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसकी सिर्जना सिंहलाई मत माग्दै झाले गरेको भावुक मन्तव्यले चर्चा समेत पायो । स्थानीय निर्वाचनमा महामन्त्री गगन थापा नेतृत्वको घोषणा पत्र तयारी समितिको सदस्यको रुपमा काम गरेका झा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भने कांग्रेसका लागि मत माग्दै छैनन् ।उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचनमा मधेशी क्लस्टरमा सर्वाधिक मत ल्याएका उनले तीन कांग्रेससँगको तीन पुस्ता लामो सम्बन्ध तोडेका छन् ।

धनुषाका स्थायी बासिन्दा मनिष लामो समयदेखि डिजिटल सञ्चारको क्षेत्रमा सक्रिय छन् । फ्याक्ट्स नेपाल नामक संस्थामार्फत तथ्यांकको क्षेत्रमा उनले गर्दै आएको काम उल्लेखनीय छ । आफ्ना कुरा प्रष्टताका साथ भन्न सक्ने मनिषले कांग्रेसमा भने आफ्नो लागि ‘स्पेस’ भेटेनन् । उमेर र ऊर्जा रहँदै राजनीतिक क्षेत्रबाट योगदान गर्ने मनिषको चाहना सम्बोधन हुने छेकछन्द कांग्रेसमा भेटिएन । यहीकारण उनले वैकल्पिक राजनीतिको बाटोतर्फ पाइला मोडेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवार रहेका झा आफ्नो निर्णयलाई स्वभाविक ठान्दछन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares