Thursday, April 25
Shadow

Tag: नेता नेपाल

अध्यक्ष ओली नै पार्टी फुटाउन लागेको नेता नेपालको आरोप, आफूहरूलाई पार्टीबाट निकालेर देखाउन चुनौती

अध्यक्ष ओली नै पार्टी फुटाउन लागेको नेता नेपालको आरोप, आफूहरूलाई पार्टीबाट निकालेर देखाउन चुनौती

ब्यानर समाचार, राजनिती
काठमाडौँ, चैत १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफू नभइ पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाउन लागि परेको आरोप लगाए । ओलीमा कम्युनिस्ट चरित्र नभएको बताउँदै नेता नेपालले ओलीले शुरूदेखि नै गुटका राजनीति गरेको बताउँदै उनले ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको र ओलीसँग आत्मसमर्पण पनि नगर्ने चेतावनी दिए । नेता नेपालले हिम्मत भए आफूहरूलाई पार्टीबाट निकालेर देखाउन ओलीलाई चुनौतीसमेत दिए । ‘हिम्मत भए हामीलाई पार्टीबाट निकालेर देखाउनुहोस् । तर ओलीसँग आत्मसमर्पण गर्दैनौँ ।’ उनले भने । ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको भन्दै आफू जहिल्यै संगठनलाई केन्द्रमा राखेर सोच्ने व्यक्ति भएको नेता नेपालको दाबी थियो ।...
वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने नेता नेपाल समूहको निर्णय

वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने नेता नेपाल समूहको निर्णय

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन २६ । नेकपा ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेलाले वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने निर्णय गरेको छ । काठमाडौँको बानेश्वरस्थित एक होटेलमा बुधबार बसेको सो पक्षको छलफलमा विगतमा पार्टी भित्र जे जस्ता असन्तुष्टि भएपनि नेतृत्वसँग मिलेर अगाडि बढ्ने तथा वाम गठबन्धनको सरकारलाई टिकाउन अधिकतम प्रयत्न गर्ने निर्णय भएको नेता रघुजी पन्तले जानकारी दिए । भेलामा नेता नेपाल र झलनाथ खनाल पक्षका नेता तथा केन्द्रीय सदस्य सहभागी भएका थिए । उनीहरुले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने जनाउँदै बताउँदै आएका छन् । एमाले ब्यूँतिएपश्चात अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल, खनाल लगायतसँग भेटेका छैनन् । अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले माओवादीबाट आएका ने...
नेता नेपालले भने -अलग भए पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहन्छ

नेता नेपालले भने -अलग भए पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहन्छ

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागनु २४ । माधवकुमार नेपालले दुई धारमा रहेर पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहने बताएका छन् । उनले जुनसुुकै स्थानमा रहेपनि कम्युनिष्टहरु एकीकृत भएर सहकार्य गर्ने बताए । बामपंथी धारलाई बलियो बनाउन दुवै पक्षले उत्तिकै सहकार्य गर्न आवशयक रहेकोमा उनले जोड दिए । दाहाल(नेपाल समूहको बैठकपछि माधव नेपालले निकै गह्रुंगो हुँदै भने, ‘पार्टी नै फरक फरक भएपनि हाम्रो हृदय नै विशाल छ सबैलाई समेटेर लैजाने छौं ।’ सर्वोच्च आदालतको फैसालाले यो अवस्था श्रृजना गरेको भन्दै उनले भने फैसालाको बारेमा सुनेका हौँ त्यसमा छलफल भैरहेको छ । आदेशको पूर्णपाठ अध्ययन र विभिन्न पक्षसँग छलफलपछि पुनरावेदन गर्नेबारेमा पनि छलफल भइरहेको उनले बताए । फैसला कार्यावन्यनको लयमा जान्छ कि जाँदैन हेर्न जरुरी छ । बैठकपछि नेपाल र खनाल समूह पूर्वएमालेमा नै फर्केका छन् । उनीहरुले त्यहीँ भित्र रहेर केपी ओलीविरद्ध संघर्ष...
उदाउँदो सूर्य चिन्ह हाम्रो हो, अस्ताउँदो ओलीको : नेता  नेपाल

उदाउँदो सूर्य चिन्ह हाम्रो हो, अस्ताउँदो ओलीको : नेता नेपाल

मुख्य समाचार, राजनिती
काठमाडौँ, माघ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँ सत्ता टिकाउने दाउमा मात्र लागिरहेको आरोप लगाएका छन । संसद विघटन गरेर चुनाव घोषणा गरेपनि चुनाव नहुने तर्क गर्दै उनले प्रधानमन्त्री ओलीले जसरी पनि सत्ता टिकाउन खोजेको आरोप लगाएका हुन् । सोमवार  राजधानीमा आयोजित अखिल नेपाल महिला संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन् ।प्रधानमन्त्री ओलीले आफ्नो अधिकारको दुरुपयोग गरेको समेत अध्यक्ष नेपालले आरोप लगाए । अध्यक्ष नेपालले आफूहरुसँग स्पष्ट बहुमत भएको दाबी गर्दै सूर्य चिन्ह आफ्नो समूहको भएको दाबी गरे । नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका ओलीको सूर्य अस्ताउँदो रहेको टिप्पणी गरे । ‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ । त्यसकारण सूर्य चिन्ह हाम्रै हो । ओलीको अस्ताउँदो सूर्य हो, उदाउँदो ...
ओलीले निरङ्कुश चरित्र देखाए :  नेता नेपाल, दिए  संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी

ओलीले निरङ्कुश चरित्र देखाए : नेता नेपाल, दिए संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौँ पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले निरङ्कुश चरित्र देखाएको आरोप लगाएका छन् । पार्टीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले आफैले संसद विघटन गर्ने आफै फुलफ्लेज प्रधानमन्त्री रहेको दाबी गरेर निरङ्कुश चरित्र देखाएको आरोप लगाएका हुन् । अब निरङ्कुश व्यवस्था सम्भव नभएको भन्दै नेता नेपालले संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी दिए । सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र काम गर्न दिइएन, हात खुट्टा बाधियो त्यसकारण अब देखाइदिन्छु भन्दै ओलीले न रहे बाँस न बजे बासुरी भने झै लोकतन्त्र र संविधान नै धरापमा पर्नेगरी प्रतिनिधिसभा बिघटन गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानका प्रावधानलाई क्षतविक्षत पारेर, संबिधानलाई कु गरेर निरंकुश चरित्र देखाएको आरोप लगाएका थिए ।अहिले सिंगो मुलुक...
सर्वोच्च अदालतले संविधानको सही व्याख्या गर्नेछ : नेता नेपाल

सर्वोच्च अदालतले संविधानको सही व्याख्या गर्नेछ : नेता नेपाल

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले संविधानको मूल भावनामा टेकेर संविधानको सही व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा मंगलबार राजधानीमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानले प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नदिएको जिकिर गरे । उनले प्रतिनिधिसभाले प्रधानमन्त्री चुन्नै सकेन भने वा कुनै प्रधानमन्त्रीलाई चयन गरेपछि विश्वासको मत लिन सकेन भने मात्रै विघटनको अधिकार स्वभावतः रहने तर कसैको इच्छाका भरमा विघटन गर्न नपाइने बताए । अध्यक्ष नेपालले गणतन्त्र, सङ्घीयता र समावेशितालाई जोगाउने कि नजोगाउने भन्ने प्रश्न खडा भएको जनाउँदै विगतमा झैँ अहिले पनि उपलब्धि रक्षाका लागि सबै एकजुट हुने बेला आएकामा जोड दिए । कार्यक्रमम...