Friday, April 26
Shadow

Tag: चिरन कोइराला

जुङ्गे बादशाहको नंग्रा !

ब्यानर समाचार, साहित्य/कला
लेखक: चिरन कोइराला यो खूनी नङ्ग्रा कस्को हो ? हिटलर मुसोलिनी नादिर शाह या कुनै जुँगे बादशाह को ? जो भाइचारामा थप्पड बर्षाउँछ जो बेसहारा जिस्मको कत्लेआम गर्न मैमत्त छ जाे यो शहरमा आगोको बर्षा गर्न उद्दत छ । तुसाराेमा एक रात छाप्राेमा बिताउन जसलाई मेराे चुनाैती छ । यो खूनी नङ्ग्रा कस्को हो ? चिन्नुस उसलाई हेर्नुस उसलाई आज उसप्रति मेरो कुनै सहानुभूति छैन सहानुभूति त आफै प्रति छ एक्काइसौं सताब्दीमा पनि म उसलाई दया गर्न बाध्य छु । जाे जिउँदाकाे बास उधिनेर आफ्नाे सुन्दर स्वार्थकाे कल्पना गर्छ । ...
शासकीय स्वरुपमा मानवीय मूल्य

शासकीय स्वरुपमा मानवीय मूल्य

ब्यानर समाचार 2, विचार
लेखक: चिरन कोइराला   मानवीय मूल्य (Human Values) परिचयः मानव जाति र समाजको आधारभूत असलपन नै मानवीय मूल्य हो । आधारभूत मानवीय मूल्यहरूले ती मूल्यहरूलाई जनाउँछ जुन मानव हुनुको मूल भाग हो एवं मानवीय हितको मूलमन्त्र हो । मानवमा भएका आधारभूत अन्तर्निहित मानहरूः सत्य, इमान्दारीता, वफादारी, सत्भाव, दया, प्रेम, शान्ति, अहिंसा, असल आचरण, सहयोगी भावना आदिनै मानवीय मूल्यहरु हुन् । मानवमा भएको प्रेम, सद्भाव, सहिष्णुता, विश्वास, भाइचारा, सेवाभाव एकता, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । वर्तमान समयमा प्रविधिको विकास र विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सवै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ । हामीले बुझ्न पर्ने विषय भनेको मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सवैको दायित्व हो तर यो पक्षलाई मानवीय समुदाय...
दुःखशास्त्र

दुःखशास्त्र

ब्यानर समाचार 2, साहित्य/कला
नसोध गरिबको भगवान् जसले निभाउँछ पेटको आगो उ नै उसलाई पुजनीय हुन्छ नसोध गरिबको रसानुभूति गरिबको रगतमा पनि मिठास छ जसले मौका पाउँछ पिएर प्यास मेटाउँछ नसोध गरिबको प्रणयकथा गरिबको लाजमा पनि नाफा छ पतितले बेचेर महल सजाउँछ नसोध गरिबका पसिनाको मूल्य नवधनाढ्यका हरेक स्वर्ण गाँसमा बेकसुर हरणमा परेको छ भोकले निचोरेको छ जसलाई रोगले चिथोरेको छ जसलाई शोकले पिरोलेको छ जसलाई गरिबी बेचेर सास धान्नु छ जसलाई तिनीहरुको अवस्थाबारे न सोध्दा राम्रो हुन्छ हो न सोध्दा राम्रो हुन्छ घरको चुलो बाल्न चर्को धुपमा जल्नेहरुको कथा दुई चिम्टी माटोको अभावमा आफन्तको शव बाढीमा बगाउनेहरुको व्यथा चुहिएको छानोमा अनिदा रात काट्नेहरुको कथा शुदखोरहरुको चंगुलमा टिलपिलाएका आँशुहरुको व्यथा हरेक दिन जल्ने भोका लाशहरुको कथा-व्यथा प्रिय तिम्रो निगाहबाट न्या...