Tuesday, April 23
Shadow

दुःखशास्त्र


  • -इ
  • इ+
No photo description available.
लेखक: चिरन कोइराला
नसोध
गरिबको भगवान्
जसले निभाउँछ पेटको आगो
उ नै उसलाई पुजनीय हुन्छ
नसोध
गरिबको रसानुभूति
गरिबको रगतमा पनि मिठास छ
जसले मौका पाउँछ पिएर प्यास मेटाउँछ
नसोध
गरिबको प्रणयकथा
गरिबको लाजमा पनि नाफा छ
पतितले बेचेर महल सजाउँछ
नसोध
गरिबका पसिनाको मूल्य
नवधनाढ्यका हरेक स्वर्ण गाँसमा
बेकसुर हरणमा परेको छ
भोकले निचोरेको छ जसलाई
रोगले चिथोरेको छ जसलाई
शोकले पिरोलेको छ जसलाई
गरिबी बेचेर सास धान्नु छ जसलाई
तिनीहरुको अवस्थाबारे न सोध्दा राम्रो हुन्छ
हो
न सोध्दा राम्रो हुन्छ
घरको चुलो बाल्न चर्को धुपमा जल्नेहरुको कथा
दुई चिम्टी माटोको अभावमा आफन्तको शव बाढीमा बगाउनेहरुको व्यथा
चुहिएको छानोमा अनिदा रात काट्नेहरुको कथा
शुदखोरहरुको चंगुलमा टिलपिलाएका आँशुहरुको व्यथा
हरेक दिन जल्ने भोका लाशहरुको कथा-व्यथा
प्रिय
तिम्रो निगाहबाट न्याय चाहिएको छैन अब
निगाहका तुरुपहरुले हामीलाई दुःखी बनाउँछ
बाँच्न गाह्रो छ यहाँ
यो घोर क्रुरहरुको बस्ती हो
पीडा सहेरै कोही क्रुरताको प्रमाण दिन चाहदैन
बस्, गरिबलाई चाँडै मर्नु छ यहाँ
किनकि, भीडभाडमा कफन महँगो नहोस्
ता कि
आफ्नै प्रिय…लाई
देह बेचेर कात्रो खरिद गर्नु नपरोस् ।।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares