Thursday, April 18
Shadow

Tag: खोप

देशभर साउन २२ गते देखि भेरोसेल दोस्रो खोप लगाइने

देशभर साउन २२ गते देखि भेरोसेल दोस्रो खोप लगाइने

टिप्स, ब्यानर समाचार, समाचार, स्वास्थ्य
२१ साउन,काठमाडौँ । लक्ष्मण श्रेष्ठ स्वास्थ्य सेवा विभागले साउन २२ गते देखि देशभर कोभिड १९ विरुद्धको भेरोसेलको दोस्रो डोज लगाउने भएको छ । उक्त कार्यक्रम संचालन गर्न १९ गते विभागले परिपत्र गरेको थियो । विभागले पत्रद्धारा सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई यसबारे निर्देशन गरेको हो । विभागका महानिर्देशक डा.दिपेन्द्र सिंहले परिपत्रमा भेरोसेलको पहिलो खोप लगाएको २१ दिन पुरा भएकाहरुका लागि दोस्रो डोजको खोप लगाउने निर्णय गरेको हो । खोप लगाउन बाँकि रहेकाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाईटमा अग्रिम दर्ता गराउनुपर्ने र यसैको आधारमा तोकेको लक्षित समूह भित्रका व्यक्तिलाई खोप दिने व्यवस्था मिलाउन निर्देशन दिईएको छ । खोप कार्यक्रम व्यवस्थित तरिकाले सञ्चालन गर्न तथा विशेष गरि जुन उमेर समूहले खोप पाउन पर्ने हो त्यो समूहलाई प्राथमिकता...
कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि लगाइने

कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि लगाइने

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन २१ । कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार काठमाडौँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो मात्राको खोप लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म खोप लगाउने तयारी गरिएको जानकारी दिए । माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने छ । पहिलो चरणको खोप अभियान माघ...
कोरोनाविरुद्धको खोप अभियान :  छ दिनमा एक लाख १३ हजारले लगाए खोप

कोरोनाविरुद्धको खोप अभियान : छ दिनमा एक लाख १३ हजारले लगाए खोप

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ १९। कोरोनाविरुद्धको खोप अभियानको छैठौ दिनसम्म देशभर एक लाख भन्दा बढीले कोरोना ९कोभिड १९० विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल एक लाख १३ हजार १७५ जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार छैठौ दिनसम्म प्रदेश १ मा १५ हजार ३२९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा ६ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ...
आगामी बुधबारबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने

आगामी बुधबारबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ ९ । आगामी बुधबारबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गते ९बुधबार० बाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको उनले बताए । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ गतेबाट खोप लगाउन शुरु गरिने जानकारी दिएका हुन् । उनले पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना साबधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरे । शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र सङ्कटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरेका थिए । मुलुकमा कोरोनालाई पराजित ...
भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने,  आज काठमाडौँ आइपुग्दै

भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने, आज काठमाडौँ आइपुग्दै

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ ८ । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनामा खटिनेहरु रहेको जानकारी दिए । स्वयम्सेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभर ५२ हजार महिला स्वयम्सेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ । काठमाडौँमा बिहीबार ११ बजेर ४५ मिनेटमा एयर इन्डियाबाट आइपुग्ने खोप त्रिभुवन विमानस्थलबाट सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिनेछ । भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलबाटै स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् । विमानस्थलबाट टेकुको केन्द्रीय खोप भण्डारणसम्म लैजान तापक्रम कायम गर्न मिल्ने उपकरणजड...
नेपालसहित छिमेकी देशलाई आजबाट खोप उपलब्ध गराउँदै भारत

नेपालसहित छिमेकी देशलाई आजबाट खोप उपलब्ध गराउँदै भारत

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ ७ । भारतले नेपाललाई कोभिड-१९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप आजबाट खोप उपलब्ध गराउने घोषणा गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुझ्न नेपाल, भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, म्यानमार र सेसल्सलाई बुधवारबाट खोप अनुदानमा वितरण गरिने उल्लेख छ । तर नेपालले कति परिमाणमा खोप प्राप्त गर्छ खुलिसकेको छैन । अघिल्लो साता औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफर्ड एस्ट्राजेनेकाको ‘कोभिशिल्ड’ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । औपचारिक जानकारी दिन पत्रकार सम्मेलन भारतले दिन लागेको खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । आज दिउँसो स्वास्थ्यमन्त्री र भ...
कोभिड–१९ विरुद्धको खोपको लागि ‘ड्राई रन’को तयारी

कोभिड–१९ विरुद्धको खोपको लागि ‘ड्राई रन’को तयारी

पत्रपत्रिका, मुख्य समाचार
काठमाण्डौ , माघ ५। कोभिड–१९ विरुद्धको खोपको अभियान संञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप वितरणको रोडम्यापसमेत तयार गरिएको छ । ड्राई रनअन्तरत एकदिने अभ्यासमा विभिन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले डमी ९नमुना० खोप पाउनेछन् । ‘ड्राई रनमा खोप लगाउने तयारीका बारेमा जानकारी जुटाएर यसमा देखिएको कमी, कमजोरी हटाइन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘खोप प्राप्त भएपछि व्यक्तिको पाखुरामा लगाउँदासम्मको कार्यविधि कसरी पूरा हुन्छ भन्ने अभ्यास गर्न ड्राई रनको तयारी भएको छ ।’ ड्राई रनको तयारी गरिनुको अर्थ कोभिड–१९ विरुद्ध खोप लगाउने अभियान सुरु गर्नुभन्दा पहिलेको अवस्था हो । भारतबाट प्राप्त...
भारतमा आजदेखि सर्वसाधारणलाई कोरोना खोप, पहिलो चरणमा ३० करोडलाई लगाइने

भारतमा आजदेखि सर्वसाधारणलाई कोरोना खोप, पहिलो चरणमा ३० करोडलाई लगाइने

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ३ । भारतले आजदेखि सर्वसाधारणालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थाल्ने भएको छ । बिहान साढे १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गर्नेछन् । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी भएको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ । खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिम समेतका आवश्यक जानकारी दिइएको छ । भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका ३० करोड व्यक्तिलाई ख...
बेलायतमा २६ लाखले लगाए कोरोना विरुद्धको खोप

बेलायतमा २६ लाखले लगाए कोरोना विरुद्धको खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८ । बेलायतमा कोरोना संक्रमणदर नियन्त्रण बाहिर गएसँगै सरकारले कोरोना विरुद्धको खोपलाई व्यापक तुल्याएको छ । बेलायतले हाल तीन किसिमका खोपलाई आम मानिसमा प्रयोगका लागि अनुमति दिएपनि अहिले फाइजर–बायोएनटेक र बेलायतकै अक्सफोर्डद्वारा निर्मित खोपमात्र सञ्चालनमा आएका छन् । अर्को मोडेर्नाको खोपको लागि भने अझै केहि समय प्रतिक्षा गर्नुपर्नेछ । कोरोना संक्रमणका दृष्टिकोणले बेलायत अहिलेसम्मकै सबैभन्दा नाजुक अवस्थामा पुगेको बेलायती स्वास्स्थ्यमन्त्री म्याट ह्यान्कक्ले बताएका छन् । हाल बेलायतका अधिकांश क्षेत्रहरुमा कडा प्रतिबन्धसहितको अल्कडाउन सरहको ‘टीयर ४’ लागू गरिएको छ । पछिल्ला दिनहरुमा संक्रमण, मृत्युदर र अस्पतालमा भरान हुनेको संख्यामा महामारी शुरु भए यताकै नयाँ रेकर्ड कायम भएपछि बेलायतको अवस्था झन् नाजुक बनेको हो । संक्रमण दर बढेसँगै कोरोना विरुद्धको खोपलाई बेलायत सरकारले प्रथामि...
भारतमा कोरोना खोप अभियानको तयारी, ३० करोडलाई खोप दिइने

भारतमा कोरोना खोप अभियानको तयारी, ३० करोडलाई खोप दिइने

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाज
काठमाडौं, पुस २७ । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ । खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिम समेतका आवश्यक जानकारी दिइएको छ । भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका २७ करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ । अधिकारीहरुले पोलियो र अर्बुद रोगसम्बन्धी बाल...