Thursday, April 25
Shadow

Tag: कोरोना खोप

भारतले लगायो कोरोना खोप निर्यातमा रोक, नेपालले खरिद गरेको १० लाख डोज खोप अब नआउने

भारतले लगायो कोरोना खोप निर्यातमा रोक, नेपालले खरिद गरेको १० लाख डोज खोप अब नआउने

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, चैत १२ । भारतले कोरोना बिरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका छन् । भारतको खोप निर्माता सीरम इंस्टिच्युटले बेलायत र ब्राजिलका लागि खोप निर्यातमा ढिलाई गरिरहेकै बेला भारतको यो निर्णयले विश्वका कयौं राष्ट्रहरु प्रभावित हुने भएका छन् । भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोप हालसम्म ७६ राष्ट्रहरुमा ६ करोड खोप उपलब्ध गराइसकेको छ । भारतमा एकैदिन ४७ हजार कोरोना संक्रमित हुँदा २ सय ७५ जनाको मृत्यु भएपछि भारत सरकार कोरोना नियन्त्रणको उपाय अवलम्बन तर्फ लागेको छ । भारतमा आगामी अप्रीलदेखि ४५ बर्ष भन्दा माथिका उमेर समुहका ब्यक्तिहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ । यता भारतको यो निर्णयसँगै नेपालले भारतबाट खरिद गरेको १० लाख डोज खोप नआउने भएको छ ।...
कोरोना खोप अभियान :  सार्क मुलुकमा नेपाल दोस्रो स्थानमा

कोरोना खोप अभियान : सार्क मुलुकमा नेपाल दोस्रो स्थानमा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन २८ । सार्क मुलुकमा भारतले पहिलो पटक माघ ३ गते खोप अभियान सुरु गरेको थियो। त्यसपछि यो क्षेत्रमा खोप पाउनेमा दोस्रो बन्यो नेपाल। हामीकहाँ माघ १४ गते सुरु गरिएको अभियान दोस्रो चरणमा पुगेको छ। यो अवधिमा झन्डै ४।५ प्रतिशत जनसंख्याले खोप लगाएका छन्। जब कि भारतमा कुल जनसंख्याको १।४ प्रतिशत ९बुधबारसम्म०ले मात्रै लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। भारतले सुरुमा १० लाख डोज कोभिसिल्ड खोप नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको थियो। भारतकै सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ नेपालीले लगाएका छन्। दोस्रो चरणमा बिहीबारसम्म ९ लाख ११ हजार ९ जनाले लगाएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा। झलक गौतमले बताए। डा। गौतमका अनुसार ‘खोप कभरेज’ कुल जनसंख्याको ४।५ प्रतिशत छ।‘खोप कभरेजमा हामी भारतभन्दा अगाडि ...
सभामुख र सांसदहरुलाई आज कोरोना खोप लगाइँदै

सभामुख र सांसदहरुलाई आज कोरोना खोप लगाइँदै

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन १९ । सभामुखसहित संघीय संसद र राष्ट्रियसभाका सांसदहरुलाई आज कोभिड-१९ सविरुद्धको खोप लगाइँदैछ । संघीय संसद सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाउने कार्यक्रम छ । आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ । त्यसैगरी संसदका मर्यादापालक र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने सचिवालयले जनाएको छ ।अहिले नेपालमा कोरोना अभियान जारी नै रहेको छ।...
सरकारले थप ५० लाख डोज कोरोना खोप ल्याउँदै

सरकारले थप ५० लाख डोज कोरोना खोप ल्याउँदै

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १८ । सरकारले थप ५० लाख डोज कोरोना खोप ल्याउने भएको छ । यसका लागि प्रक्रिया थालीसकिएको बताएको छ । नेपालमा थप ५० लाख डोज खोप ल्याउन लागिएको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले दिएको जानकारी दिएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका लागि प्रक्रिया सुरु भइसकेको सचिव अर्यालले बताए । नेपालले अहिलेसम्म जिटुजी मार्फत २० लाख डोज खोप खरिद गरिसकेको छ । जसअन्तर्गत पहिलो खेप १० लाख डोज नेपालमा ल्याइसकिएको छ । बाँकी १० लाख डोज पनि ल्याउने प्रक्रियामा छ । यसअघि भारतले १० लाख डोज र चीनले ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरिसकेका छन् । मन्त्रालयका अनुसार ३ लाख डोज खोप यही हप्ता र थप १० लाख खोप १५ दिनभित्र आउनेछ । हाल मन्त्रालयसँग रहेको र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज ल्याएपछि अर्को चरणको खोप कार्यक्...
भारतमा अहिलेसम्म लगाए एक करोड ४२ लाख बढीले कोरोना खोप

भारतमा अहिलेसम्म लगाए एक करोड ४२ लाख बढीले कोरोना खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागुन १५ । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका छन् । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने अधिकारीको भनाइ छ । केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा गत बुधबार जानकारी दिएका थिए । सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्...
चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान सहयोग गर्ने

चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान सहयोग गर्ने

ब्यानर समाचार, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, माघ २४ । चीनले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएका हुन् । यसका साथै शुक्रबार साँझ ज्ञवाली र वांगयीबीच आपसी हितका विषयहरूमा छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञिप्तमा उल्लेख छ । चीनका विदेशले नेपालमा कोरोना विरुद्धको पाँच लाख खोपको उपलब्ध गराउने घोषणा गरेका साथै चीनले कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने बताए । ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए । चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।...
भारतमा कोरोना खोप लगाउँदा ५८० जना बिरामी, २ जनाको मृत्यु

भारतमा कोरोना खोप लगाउँदा ५८० जना बिरामी, २ जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ६ । भारतमा जारी कोरोनाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत तेस्रो दिन सोमबारसम्म ३ लाख ८१ हजार जनालाई खोप दिइएको छ । खोप लगाएकामध्ये अहिलेसम्म ५८० जनाको स्वास्थ्यमा असर देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमध्ये ७ जना अस्पताल भर्ना भएका छन् भने दुईजनाले ज्यान गुमाएका छन् । उपचाररत मध्ये ३ जना दिल्ली, दुईजना कर्नाटक तथा उत्तराखण्ड र छत्तीसगढमा एक–एक जना अस्पताल भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको हो।...