Friday, April 19
Shadow

चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान सहयोग गर्ने


  • -इ
  • इ+

काठमाडौं, माघ २४ । चीनले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएका हुन् ।

यसका साथै शुक्रबार साँझ ज्ञवाली र वांगयीबीच आपसी हितका विषयहरूमा छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञिप्तमा उल्लेख छ । चीनका विदेशले नेपालमा कोरोना विरुद्धको पाँच लाख खोपको उपलब्ध गराउने घोषणा गरेका साथै चीनले कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने बताए ।

ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए । चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares