Thursday, April 18
Shadow

Tag: आन्दोलन

इन्जिनियरिङ कलेजका विद्यार्थी शैक्षिक मूल्य वृद्धि विरुद्ध आन्दोलनमा

इन्जिनियरिङ कलेजका विद्यार्थी शैक्षिक मूल्य वृद्धि विरुद्ध आन्दोलनमा

अपराध, आर्थिक, मुख्य समाचार, शिक्षा, सुचना प्रविधि
  लक्ष्मण श्रेष्ठ ०१ भाद्र, काठमाडौं नेशनल कलेज अफ इन्जिनियरिङ का विद्यार्थी शैक्षिक मूल्य वूद्धि विरुद्ध आन्दोलनमा उत्रिएका छन् । विश्वव्यापी कोरोना महामारीका कारण विगत २ वर्ष देखि भौतिक रुपमा पठनपाठन ,प्रयोगात्मक कक्षा साथै अतिरिक्त क्रियाकलाप विना नै ईन्जिनियरिङका विद्यार्थीहरु अनलाईन मार्फत पढ्न बाध्य परेको समयमा पनि झन् मूल्य वृद्धि हुदा विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । देशको समग्र शिक्षा प्रणाली नै कोरोना कहर र माफियाकरणको चपेटामा पर्दै गरेको वर्तमान स्थितिमा विद्यार्थीहरुको भौतिक रुपमा उपस्थिति नभएको अवस्थामा मूल्य वूद्धि गर्नु दादागिरी हो भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका छन् । शिक्षा जस्तो संवेदनशिल बिषयमा यस्तो लापारबाहि गर्न कुन नैतिकताले दिन्छ र शुल्क वृद्धि गरिनुले शिक्षा क्षेत्रमा सरकारको निरिहता प्रष्ट भएको भन्दै हिजो अनेरास्ववियुले पे्रश वि...
ओली समूहबाहेक सिंगो देश विघटनको विपक्षमा

ओली समूहबाहेक सिंगो देश विघटनको विपक्षमा

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधिसभा विघटन गरेपछि ओली समूहबाहेक सिंगो देश सो कदमको विपक्षमा उभिएको छ। मुलुकका प्रमुख राजनीतिक दलहरू, नागरिक समाज, पूर्वप्रधानन्यायधीशहरू, नागरिक अगुवा, कानुन व्यवसायी, जनजाति अगुवासहित मुलुकका सबैजसो पेसाव्यवसायका नागरिक संसद् विघटनको विपक्षमा उभिएका हुन्। ओलीले संसद् विघटन गरेपछि उनकै अध्यक्षतामा रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कै बहुमत सदस्य अलग भएका छन्। एउटा समूह सत्तामा रहँदा अर्को समूह सडक संघर्षमा छ। यहीबेला नागरिक अगुवा डा। देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले संसद् विघटन प्रतिगमनलाई निम्तो दिएको ठहर गरेका छन्। आइतबार पाण्डे र पहाडीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली प्रतिगमनका लागि औजार हुन पुगेको दाबी गरेका हुन्। नागरिक अगुवाहरूले माइतीघर मण्डललगायत विभन्न स्थानमा ओलीको संवैध...
दाहाल-नेपाल समूहद्धारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक

दाहाल-नेपाल समूहद्धारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौ, पुस १८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल-माधव कुमार नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज (शनिबार) पत्रकार सम्मेलन गरी नारायणकाजी श्रेष्ठको उपस्थितिमा प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो । सार्वजनिक गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम, पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन, पुस २१ गते राजनीतिक पार्टीहरुसँग काठमाडौंलगायत विभिन्न शहरमा अन्तरक्रिया गर्ने लगायत छन् । ...
सडकमा चर्किदै आन्दोलन , कोरोनाको संक्रमण झन् फैलिने खतरा

सडकमा चर्किदै आन्दोलन , कोरोनाको संक्रमण झन् फैलिने खतरा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १४ । प्रतिनिधिसभा विघटन भएसँगै मुलुकको राजनीति तरल बनेको छ ।प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमविरुद्ध प्रतिपक्षी दलदेखि विभाजित सत्तारुढ नेकपाको एक समुह सडक आन्दोलनमा छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपाको प्रचण्ड–ओली समूहले मङ्गलबार काठमाण्डौ सहित देशका धेरै ठाउँमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन गरेसँगै अहिले राजधानी लगायत देशका विभिन्न ठाँउमा सरकार विरुद्ध प्रदर्शन भइरहेको छ। सरकार विरोधी यी प्रदर्शन अझै चर्कंदै जाने देखिन्छन। विभिन्न राजनीतिक दलहरूले आयोजना गर्ने यस्ता प्रदर्शनमा हजारौँको सहभागिता देख्न सकिन्छ।राजधानीका सडकदेखि गाउँपालिकासम्म दैनिकजसो प्रदर्शन भईरहेका छन् ।यी प्रदर्शनमा न त कुनै सावधानी छ, न मास्कको प्रयोग, न त सामाजिक दुरी र जनस्वास्थ्यको मापदण्ड नै। यसले कोरोना भाइरसको संक्रमण झन् फैलिने खतरा बढेको छ। वेलायत, अमेरिका लगाए...
आन्दोलनको भुमरीमा देश , निर्णय सच्याउन माग गर्दे शसक्त्त प्रदर्शन गर्दै नेताहरु !

आन्दोलनको भुमरीमा देश , निर्णय सच्याउन माग गर्दे शसक्त्त प्रदर्शन गर्दै नेताहरु !

ब्यानर समाचार, राजनिती
पार्वती पाठक, काठमाडौं, पुस ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै यति बेला देशमा आन्दोलन चर्किएको छ । संसद विघटन ‘असंवैधानिक’ भएको भन्दै विपक्षीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन आजबाट सुरू भएको छ । यस्तै १३ गते देशभर  नेपाली कांग्रेसले पनि प्रर्दशन गर्ने भएको छ । प्रर्दशनका लागि देउवाले सडकमा आउन अपिल गरिसकेका छन् । देशभर १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका  हुन् । यता दुईतिहाइको सरकार अहिले अलग भएको छ । यसरी अलग भएपछि दुबै समुहले छुटाछुटै भेला तथा कार्यक्रम गरिहेका छन् । एक अर्का लाई आरोप प्रत्यारोप लगाउने क्रम पनि चलीरहेको छ । नेकपा विभाजित भएपछि नेकपा पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूह पनि ओलीविरुद्ध आन्दोलनमा होमीएको छ । यो समुहले पनि १४ गते शसक्त्त आ...
प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको आन्दोलन तयारी, प्रवक्ता श्रेष्ठको संयोजक्तवमा कमिटी गठन

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको आन्दोलन तयारी, प्रवक्ता श्रेष्ठको संयोजक्तवमा कमिटी गठन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने तयारी गरेको छ। केन्द्रीय कमिटीको बैठकमा पुस १४ गतेदेखि देशभर प्रदर्शन गर्ने सहितका संघर्षका कार्यक्रम प्रस्तुत गरिएको छ। बैठकले निर्णय गरेसँगै नेकपाको यो समूह शुक्रवारदेखि नै आन्दोलनका लागि सडकमा उत्रिने छ। गएको ७ गतेदेखि जारी केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीबाट नेता भीम रावलले पेश गरेको संघर्षको कार्यक्रम पारित गर्दै केन्द्रीय कमिटीमा पेश भएको हो। २ हजार ५ सय १ जनाको आन्दोलन परिचालन कमिटी समेत गठन गर्ने निर्णय भएको छ। बैठकले संघर्षका कार्यक्रम अन्तर्गत भोलि शुक्रवार १० गते साढे ९ बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने, निर्वाचन आयोगमा दलको आधिकारिकताका घेराउ गर्न जाने रणनीति बनाएको छ। त्यस्तै, भोलि २ बजे पत्रकार सम्मेलन गर्ने,...