Thursday, March 28
Shadow

Tag: अमेरिका

 सन्सारकै मनमा किन गड्याे अमेरिका :   काँग्रेस नेता गौरी प्रसाद दवाडी

 सन्सारकै मनमा किन गड्याे अमेरिका : काँग्रेस नेता गौरी प्रसाद दवाडी

ब्यानर समाचार 2, विचार
काठमाडौं-अमेरिका यस्ताे देश हाे जहाँ सन्सारकै मानिसहरु मातृभूमी छाडेर आई बसाेबास गरेका छन ।जसरी मानिस मृत्यु पछि स्वर्ग  जान लालायित हुन्छन त्यसैगरी जिबित हुदा अमेरिका पुग्न लालायित भइरहेका छन । कानूनी बैधता समेतकाे वास्ता नगरी कठीन यात्रा गरि समुन्द्री मार्गबाट पर्याप्त धन लगाएर ज्यानमाया मारेर अमेरिका पस्ने परिपाटी बर्षौदेखि हालसम्म राेकिएकाे छैन ।कडा सुरक्षा भएर पनि गैरकानुनी प्रवेश राेक्न असमर्थ देखिन्छ अमेरिका । यि कुरा बिश्व समाचार माध्यमले दिनाै प्रमाणित गरिरहेका छन। अबिकसित र अप्रजातान्त्रिक देशबासीहरुका लागि त अमेरिका भूस्वर्गनै चित्रण गर्न सकिन्छ । अमेरिकीहरुले बनाएकाे भूधरातलले नै मानिसलाई फलामले चुम्बक तानेझै तानिरहेककाे अनुमान गर्न सकिन्छ । अमेरिकी सरकारले स्थापित गरेकाे बिधिकाे शासनले अमेरिका टेक्ने बित्तिकै यहाकाे प्रचलित ब्यबस्थामा स्वत मानिस परिचलित हुन्छन्।कानून नियम ...
अमेरिका विश्वबाट अलप हुन्छ : दीर्घराज प्रसाई

अमेरिका विश्वबाट अलप हुन्छ : दीर्घराज प्रसाई

ब्यानर समाचार, राजनिती, विचार
चीनसँग निहुखोज्न अमेरिका सक्रिय भएर विश्व युद्ध निम्त्याउन खोजेको छ । अब यही पारा रहिरह्यो भने अमेरिका यो संसारबाट नै अलप हुनसक्छ । किनकि चीन अहिले संसारमा धेरै शक्तिशाली छ । अमेरिकी सदनकी सभामुख नैन्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छन्। चीनसँग निहुखोज्न ताइवान अमेरिका सक्रिय भएर विश्व युद्ध निम्त्याउन खोजेको छ । सन् १९५० देखि नैं ताइवान चीनको अभिन्न अंगको रुपमा एकचीन नीतिभित्रको राज्य हो भन्ने कुरा अमेरिकाले वास्ता नगरेर ताइवानलाई एक स्वतन्त्र राष्ट्र्रका रुपमा मान्दै ताइवानलाई आगोको भूंग्रामा हाल्न खोजेको छ । चीनको विकास, निर्माण र अमेरिका लगायत संसारका कैयौं राष्ट्र्रहरुमा आफ्ना दैनिक उपभोगका सामाग्रीहरु सस्तोमा बिक्री भइरहेकाले अमेरिका चीनसँग आक्रोशित छ । अहिले अमेरिकामा चीनका अनेकौं सामाग्रीहरुले ठूलो प्रभाव जमाएको छ । लगभग ८० प्रतिशत अमेरिकी उद्योगहरु बन्द...
अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु

अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु

अन्तर्राष्ट्रिय, दुर्घटना, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ वासिङटन डिसी प्रहरीका अनुसार क्यापिटल भवनमा जबर्जस्ती प्रवेश गर्दैगर्दा प्रहरीसँग भएको झडपमा चारजना मारिएका छन् । यसअघि एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो भने बाँकी तीनजना मेडिकल इमरजेन्सीको परिणामस्वरुप मृत घोषित भएको बताइएको छ । अहिलेसम्म यसमा ५२ जना पक्राउ परेका छन् । जसमा ४७ ले कर्फ्यु उल्लंघन गरेका थिए । यसअघि मृत्यु भएकी महिला सेन डिएगोकी बासिन्दा असिल बबित भएको बताइएको छ । उनी अमेरिकी एयर फोर्सकी भेटेरान थिइन् र प्रदर्शनकारीहरुसँगै संसद् भवनभित्र जबर्जस्ती घुस्न खोज्दा प्रहरीको गाली लागी उनको मृत्यु भएको बताइएको छ । सञ्चारमाध्यम फक्सफाइभले उनकी सासूसँग गरेको कुराकानीको आधारमा उनी डोनाल्ड ट्रम्पको ठूलो समर्थक भएको खुलेको छ । उनलाई अमेरिकी समयानुसार दिउँसो ३ बजे गोली लागेको र तत्कालै अस्पताल लगिएको तर पछि मृत घोषित गरिएको बताइएको छ । बीबीसी...