Saturday, April 20
Shadow

 सन्सारकै मनमा किन गड्याे अमेरिका : काँग्रेस नेता गौरी प्रसाद दवाडी


  • -इ
  • इ+

काठमाडौं-अमेरिका यस्ताे देश हाे जहाँ सन्सारकै मानिसहरु मातृभूमी छाडेर आई बसाेबास गरेका छन ।जसरी मानिस मृत्यु पछि स्वर्ग  जान लालायित हुन्छन त्यसैगरी जिबित हुदा अमेरिका पुग्न लालायित भइरहेका छन । कानूनी बैधता समेतकाे वास्ता नगरी कठीन यात्रा गरि समुन्द्री मार्गबाट पर्याप्त धन लगाएर ज्यानमाया मारेर अमेरिका पस्ने परिपाटी बर्षौदेखि हालसम्म राेकिएकाे छैन ।कडा सुरक्षा भएर पनि गैरकानुनी प्रवेश राेक्न असमर्थ देखिन्छ अमेरिका । यि कुरा बिश्व समाचार माध्यमले दिनाै प्रमाणित गरिरहेका छन। अबिकसित र अप्रजातान्त्रिक देशबासीहरुका लागि त अमेरिका भूस्वर्गनै चित्रण गर्न सकिन्छ ।

अमेरिकीहरुले बनाएकाे भूधरातलले नै मानिसलाई फलामले चुम्बक तानेझै तानिरहेककाे अनुमान गर्न सकिन्छ । अमेरिकी सरकारले स्थापित गरेकाे बिधिकाे शासनले अमेरिका टेक्ने बित्तिकै यहाकाे प्रचलित ब्यबस्थामा स्वत मानिस परिचलित हुन्छन्।कानून नियम बरखिलाप लाग्ने कसैले आट  हिम्मत गर्न सक्दैनन । मानिसहरु अमेरिकी जनजीवनमा सामुहिक प्रवेश गर्दछन। एउटा नदी अर्काे नदीमा मिल्दा जसरी सहज प्रबाह हुन्छ त्यसै गरि अमेरिकी ब्यबस्थापनमा अन्य मुलुकका प्रबेसी समाहित हुन सक्छन । मानिसका आन्तरिक आफ्ना क्षमताका कारण मनिसले आफूलाई आफै कुनै स्तरमा उभ्याएकाे हाेला तर आम अमेरिका बासीले अर्काे अमेरिकीब्यतिकाे भेउ पाउन कठिन छ। अमेरिकी जनजीवनमा बैयक्तिक गाेपनियता अमेरिकाकाे सबभन्दा महत्व पूर्ण बिषय हाे । यहा एकले अर्काका बारेमा खाेजनित गर्ने जानकरी राख्ने परम्परा सस्कृति छैन ।

अमेरिका पसेपछि सबै मानिसकाे हैसियत एकै प्रकारकाे देखिन्छ काे धनी काे गरिब भनेर जान्न छुट्यउन गाराे पर्छ त्यसैले सामाजिक प्रतिस्ठामा सबै समान छन्। हरेक काउन्टीका घर उस्तै एकैखाले हुन्छन भने घर भित्रपनि आधारभूत आवश्यकताका उपभाेग्य सामान एकैखाले हुन्छन ।आफ्नो आम्दानी श्राेतकाे आधारमा मनले चाहेकाे कानून सम्मत उपभाेग गर्न अमेरिकीलाई कसैले बाधा अडचन गर्न सक्ने छैन।

अमेरिकामा स्थापित सिस्टमलेनै करप्सन र झन्झट मुक्त राज्य सेवा जनता र आप्रवासीले समान रुपले पाउँ छन सबैलाई एकैनासकाे व्यवहार हुन्छ । कुनै पनि पिआर(ग्रिन कार्ड )प्राप्त ब्यक्तिले आयश्राेतकाे आधारमा न्यून ब्याजकाे किस्ताबन्दीमा बैङ्किङ सुबिधा प्राप्त गर्न सक्छन। त्यसैले घर किन्नु गाडी चडनु अमेरिकीहरुकाेलागि समान्य कुरा हुन जुन सुबिधा हाम्राे जस्ताे देशका सानान्य मान्छेले जीवन भर कामगरे पनि सपनामात्र देख्छन ।यी बाहेक उपभाेग्य सामानका इन्टलमेन्ट सिस्टम सहज छ ।ईन्सुरेन्स भरपर्दाे छ । सबैखाले मानबीय सुबिधाका बजार प्रबन्धले सबै देशका नगरिकका लागि चुम्बक जस्तै छ अमेरिका।

मानव सुबिधा मानबीय बिकासमा अमेरिकाले जति खर्च गर्छ तसरीनै वातावरण निर्माण ,पार्क सडक पर्यटकीय भ्रमण स्थल सुन्दर महलहरु एतिहासिक स्थलहरु पर्यप्तमात्रामा निर्माण गरेर अमेरिकी नागरिकलाई मनाेरन्जनात्मक सुबिधा युक्त स्थल निर्माण गरेर अमेरिका सिङ्गारेकाे छन जहामान्छे त्यतिकै मनमुग्ध भएर आफ्ना मातृभूमी सहज रुपले छाडन तयार हुन्छन । हाम्राे देशका परिबेसमा हेर्ने हो भने काठमाडौंबाट अमेरिकाकाेलागि हिडेर एयरपाेर्टकाे झमेला ब्यहाेरेका ब्यक्तिहरु अमेरिकी एयरपाेर्ट पुग्दानै एक प्रकारकाे नयाँ मनाेबिज्ञान र आनन्दभुतिले परदेशकाे बखानमा बखानिन थाली हाल्छन ।

अमेरिकी सम्पनता र ब्यबस्थित देश भनेर चिनिनुमा अमेरिकी सरकार हरु भन्दपनि अमेरिकी जनतनकाे याेगदान छ।घर ब्यबस्थापन देखि समाज ब्यबस्थापन सम्मका नागरिक शिक्षा अमेरिकनहरुले आफ्नाबालबालिकालाई गर्भै देखि सिकाएका हुन्छन । हरेक बिध्यालय स्कुलले अमेरिकी सुहाउदाे शिक्षा दिई रहेका हुन्छन विश्व बिध्यालयहरु नयाँ नयाँ अनुसन्धान र प्रबिधि बिकासमा केन्द्रीत छन । नीजिक्षेत्र स्वतन्तत्र छन सरकार नीजिक्षेत्र अनुसन्धान उत्पादन र बितरण एक अर्काेमा समन्वय छ ।

सरकार बिकासमा भन्दा अनुशन्धान र नयँ प्रबिधिमा अबिस्कारहरु चिन्तन रहेकाे छ नीजिक्षेत्र कम्पनिहरु बिश्वबिध्यालय समन्वय र अनुसन्धान गरेर नयाँ र आधुनिकअमेरिका निर्माणमा लागेकाछन ।अमेरीकी राज्य समयन्त्रनै विश्व बिजेतामा लागिपर्ने हुनाले विभिन्न देशका जनशक्ति उपयाेग पनि उनिहरुले गरिरहेका छन। रमणीय वातावरण खुला ८/१० लेनकाे सडक ब्यबस्थित ट्राफिक लाइट स्काइ ब्रिजहरु दायाबाया साइकल र पैदल अशक्त मैत्री लेन हरियाे ब्यबस्थित कटान र स्याहारले जाेगाएका धास ठाउँमा ठाउँमा सिजनल फूलले सङारिएकाे थरिथरिबाेट रुखलेसजिएका ठूला हरिया पार्क एउटा बस्तिमा एकैखाले सफा घरहरु हेर्दै कसकाे मन नरहला अमेरिका बस्न । ।उल्लेख्य कुरा के छ भने माटाे भुसतह कतै देखिदैन पक्का सडक घासेमैलान जंगल बसाेबासी स्थल नदी प्राकृतिक जस्तै देखिने पाेखरी। हरेककाउनटीका पार्क ब्यायामहलहरु सुइमिङपुलहरु ,साँझ बिहान डुल्ने लेनआरामस्ल सहितका पार्क लाग्छ मानबीय आवश्यकता र निर्माणका कामै समाप्त जस्तै छ अमेरिका । (फर्केपछि अमेरिका रहदाकाे अनुभबमा आधारित)

लेखक- काँग्रेस नेता गौरी प्रसाद दवाडी

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares