Thursday, April 25
Shadow

Tag: अफगानिस्तान

तालिबान सरकारले अफगानिस्तानमा  दियो पहिलो मृत्युदण्ड

तालिबान सरकारले अफगानिस्तानमा दियो पहिलो मृत्युदण्ड

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
तालिबानले गत अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेपछि पहिलो पटक मृत्युदण्ड दिएको छ ।  ताजमिर नाम गरेका एक व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेपछि उनलाई  दक्षिणपश्चिमी फराह प्रान्तको एक स्टेडियममा मृत्युदण्ड दिइएको तालिबानका प्रवक्ताले बताए। न्यायाधीशहरूलाई शरिया कानुनलाई पूर्ण रूपमा लागू गर्न निर्देशन दिइएको केही हप्तापछि यो आदेश आएको हो । तालिबान सरकारका अधिकांश शीर्ष मन्त्रीहरूसहित समूहका दर्जनौं नेताहरू फाँसीमा सहभागी भएका थिए । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले गत महिना उक्त आदेश जारी गर्दै न्यायाधीशहरूलाई सार्वजनिक मृत्युदण्ड, सार्वजनिक अंगविच्छेदन र ढुङ्गाले हानेर सजाय तोक्न आदेश दिएका थिए । यद्यपि, तालिबानले आधिकारिक रूपमा वास्तविक  अपराध र सम्बन्धित सजायहरू परिभाषित गरेका छैनन्। तालिबानले इस्लामिक कानूनको कडा व्याख्याको जिम्मा पाएका मोहम्मद खालिद हनाफी पनि...
तालिबान सरकारले अफगानिस्तानमा टिकटक र पब्जीमा प्रतिबन्ध लगाउने

तालिबान सरकारले अफगानिस्तानमा टिकटक र पब्जीमा प्रतिबन्ध लगाउने

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
तालिबान सरकारले  आगामी ३ महिनाभित्रै अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो। विभागका अनुसार तीन महिना अर्थात् ९० दिनभित्र पब्जीमा र  एक महिनाभित्र टिकटकमा प्रतिबन्ध लगाइनेछ। अफगानिस्तानमा तालिवान सरकार आएसँगै हालसम्म सयौं मिडिया र वेबसाइटहरू बन्द भइसकेका छन्। तालिवान दूरसञ्चार मन्त्रालयका अनुसार हालसम्म सरकारले दुई करोड ३५ लाख बढी विभिन्न विधाको वेबसाइट ब्लक गरिसकेको छ। तालिबान सरकार केही समय अघिदेखि नै यी दुई एपमा पनि प्रतिबन्ध लगाउने पक्षमा थियो। सोमबार भने तालिवान नेतृत्वको दूरसञ्चार विभागले यी एपहरूमा प्रतिबन्ध घोषणा गरेको हो। अफगानिस्तानको दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूले प्रतिबन्धसम्बन्धि जानकारी गराइरहेका छन्। तालिवानले यसपटक प्रतिबन्ध लगाउने भनेको सामाजिक सञ्चाल टिकटक एक भिडिओ सेयरिङ प्लेटफर्म हो। पब्जी एक भर्चुअल गेम हो। कतिपय ...
अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको चपेटामा

अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको चपेटामा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ । अफगानिस्तानस्थिता संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बढ्दो खाद्य असुरक्षा र गरिबीप्रति चिन्ता व्यक्त गरेको अफगानिस्तानको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । उक्त संस्थाले अफगानिस्तानमा मानव अधिकारको अवस्था पनि निकै कमजोर बन्दै गइरहेको बताएको छ । अफगानिस्तानको ओसिएचएले ट्विटरमा भनेको छ, “अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको चपेटामा छन् । एक करोड ९० लाख मानिस खाद्य असुरक्षाको चपेटामा छन् । दुई करोड ५० लाख मानिस गरिबीमा बाँचिरहेका छन् । यहाँका ५८ लाख मानिस लामो आन्तरिक विस्थापनमा छन् । हजारौं घरबाढी र भूकम्पका कारण क्षतिग्रस्त भएका ...
अफगानिस्तानमा अलपत्र नेपाली उद्धार गर्नुको साटो फोन पर्खंदै सरकार

अफगानिस्तानमा अलपत्र नेपाली उद्धार गर्नुको साटो फोन पर्खंदै सरकार

अन्तर्राष्ट्रिय, टिप्स, राजनिती, समाचार
लक्ष्मण श्रेष्ठ ०३ भाद्र,काठमाडौँ नेपाल सरकारले अफगानिस्तानमा अलपत्र नेपालीका लागि त्यहाँ पुगेर आफैं उद्धार गर्नुपर्नेमा उल्टै उनीहरुको फोन कुरेर बसिरहेको छ । अहिलेसम्म अफगानिस्तानमा कति नेपाली अलपत्र परेका छन् र कतिको उद्धार भयो भन्नेमै अन्योल छ । विभिन्न मुलुकले आफ्ना नागरिक उद्धार गर्न थालेको एक साता भइसक्दा पनि परराष्ट्र मन्त्रालयका अधिकारी अन्य मुलुकले कति नेपाली उद्धार गरेर ल्याइदिन्छन् भन्दै संख्या गनेर बसेका देखिन्छन् । विदेशी मुलुकका विभिन्न दूतावास र राष्ट्रसंघीय एजेन्सीमा कार्यरत कति जना छन् भन्ने थाहा भए पनि कुन मुलुक र संस्थाले कति नेपालीलाई उद्धार गरेर कहाँ पुर्याए भने प्रस्ट तथ्यांक सरकारले बाहिर ल्याउन सकेको छैन । कामविहीन र साना कम्पनीमा काम गर्ने नेपाली कामदार अफगानिस्तानमा कति छन् भन्नेबारे अहिलेसम्म सरकार अनुमानकै भरमा चलेको छ ।...
अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न मानव अधिकार आयोगको निर्देशन

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न मानव अधिकार आयोगको निर्देशन

अन्तर्राष्ट्रिय, अपराध, आर्थिक, समाचार
लक्ष्मण श्रेष्ठ ०२ भाद्र, काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न नेपाल सरकारलाई निर्देशन दिएका छन् । मगंलबार विज्ञप्ति जारी गर्दै आयोगले अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्था बारे आफ्नो गम्भीर ध्यानार्कषण भएको जनाएको छ । विशेषगरी श्रम स्वीकृति नलिई त्यहा पुगेका र भिसा अवधि समाप्त भएका नेपालीहरु बढि जोखिममा रहेको आयोगले जनाएको छ । उनिहरुको रोजगार गुमेको अवस्थामा र खान बस्न पनि कठिन भएको परिस्थितिमा समस्या भोगिरहेको भन्दै आयोगले त्यहा भएका नेपालीहरुको सरकारसंग एकिन तथ्यांक नभएकोमा चिन्ता व्यक्त गरेका छन् । अफगानिस्तानमा जोखिममा रहेका नेपालीहरुको तथ्यांक तत्काल संकलन गर्न र वास्तविक अवस्था पत्ता लगाई सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउनका लागि थप प्रभावकारी कूटनीतिक पहल गर्न सरकारलाई प्रेश विज्ञप्ति मार्फत आयोगले ध्यानार्...