Sunday, May 19
Shadow

Month: January 2024

ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाख भन्दा बढी राजस्व उठायो

ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाख भन्दा बढी राजस्व उठायो

ब्यानर समाचार 2, मुख्य समाचार
-  अजय मिश्र , कृष्णनगर , माघ १३ जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मातहत रहेको ट्राफिक कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरका प्रहरी सहायक निरिक्षक युवराज बसौलाको कमाण्डमा बेला बेलामा ट्राफिक सचेतना कार्यक्रम लिएर विद्यालयमा जाने गरेको तथा छड्के चेकिंग गरि हेल्मेट नलगाउने कागजपत्र साथमा न राख्ने लगायत सवारी नियम उलंघन गर्ने व्यक्ति लाई सचेत गरिनुका साथै कार्वाही समेत गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्ष २०८०/८१ मा हाल सम्म छपन्न लाख भन्दा बढी राजस्व उठाउन सफल भएको छ। सवारी नियम उलंघन गरेका पांच हजार चार सय (५,४००/-) सवारी साधन बाट उक्त राजस्व संकलन भएको ट्राफिक कार्यालय कृष्णनगरका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक अशोक कुमार खड्काले जानकारी दिनुभयो। चालु आर्थिक बर्षमा सवारी साधन हरूले ट्रा...
महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न

महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न

ब्यानर समाचार 2, मुख्य समाचार
-  अजय मिश्र  कृष्णनगर, माघ १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर स्वास्थ्य चौकीको हालमा महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम आज समापन भएको छ। कार्यक्रममा बाल विवाह बिरूद्ध कानूनी प्रावधान, महिला हिंसा तथा घरेलु हिंसा भएमा कानूनी प्रावधान , भ्रूण पहिचान विरूद्ध कानूनी प्रावधान, मुलुकी ऐन, तथा हिंसा भएमा कहाँ र कहिले उजुरी दिने जस्ता कुरामा सहभागी महिला लाई ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी बरिष्ठ नायब निरिक्षक ऋषि पछाईले सहजीकरण गरेका थिए। संविधानमा महिला सम्बंधि हक, न्यायिक समितिको काम कर्तव्य अधिकार, वहु विवाह, दाइजो प्रथाले समाजमा पारेको प्रभाव लगायतका बिषयको बारेमा कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले सहजीकरण गर्नुभयो। तालिममा सहभागी हरूले महिलाको हक अधिकार सम्बंधि कानूनको बारेमा विस्तृत जानकारी दिएकोमा हार्दिक आभार ...
कृष्णनगरमा निशुल्क स्वास्थ्य सिविर बाट हजार बढी लाभान्वित

कृष्णनगरमा निशुल्क स्वास्थ्य सिविर बाट हजार बढी लाभान्वित

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कृष्णनगर, माघ ११ नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा कृष्णनगर नगरपालिका, ईलाका प्रहरी कृष्णनगर, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समान्वयमा कृष्णनगर नगरपालिका वडा नं १२ राष्ट्रीय आधारभूत विद्यालय हृदयनगरमा संचालन भएको निशुल्क स्वास्थ्य शिविर बाट एक हजार तीन जना सेवा ग्राही लाभान्वित भएका छन्। सेवा ग्राही हरु हाडजोर्नी ,छाला तथा यौन ,मुटु (ईसिजी सेवा ), प्रसुती रोग, नाक कान घाँटी,सामान्य चिकित्सा लगायत सम्बंधित चिकित्सकहरु द्वारा आवश्यक परामर्श तथा चेकजाच गराएका थिए भने आवश्यक औषधि निशुल्क रूपमा वितरण गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी दिए। निशुल्क स्वास्थ्य शिविर आज १० बजे देखि संचालन गरिएको तथा सेवा ग्राही हरूको भिडभाड समेत रहेको जस्मा युनिवर्सल मेडिकल कालेज भैरहवाका डाक्टरहरू तथा कृष्णनगर नगरपालिकाका स्वास्थ्यकर्मी हरू ...
राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा शतप्रतिशत मत खस्यो

राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा शतप्रतिशत मत खस्यो

ब्यानर समाचार 2, मुख्य समाचार
सुर्खेत - राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा शतप्रतिशत मत खसेको छ । कर्णालीबाट तीन सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत परिसरमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्य साढे १२ बजेसम्म शतप्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरूका लागि दुई छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थियो । प्रदेशसभातर्फ ४० मत र स्थानीय तह तर्फ १५६ मत खसेसँगै शतप्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनु भयो । उहाँले आजै तीन बजेपछि मतदान गणना कार्य शुरु गरी साँझ ७ बजे सम्म मत परिणाम सार्वजनिक गर्ने आयोगको तयारी रहेको बताउनु भयो । कर्णाली प्रदेशमा ४० जना प्रदेश सभा सदस्य र १ सय ५६ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ९६ जना मतदाता रहेका छन् । महिला तर्फ एक जना, दलित तर्फ एक जना र अन्य तर्फ ...
राष्ट्रिय सभा सदस्य निर्वाचन : मधेश प्रदेशमा २ मतदाता बाहेक सबैले गरे मतदान

राष्ट्रिय सभा सदस्य निर्वाचन : मधेश प्रदेशमा २ मतदाता बाहेक सबैले गरे मतदान

ब्यानर समाचार, मुख्य समाचार
  जनकपुरधाम - मधेश प्रदेशमा रिक्त रहेको अन्य र महिला तर्फको राष्ट्रिय सभा सदस्य पदका लागि भएको मतदानमा दुई जना मतदाता बाहेक सबैले मतदान गरेका छन् । बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समय रहेकोमा हालसम्ममा प्रदेशसभा तर्फका १०६ जना मतदाताले मतदान गरेका छन् भने स्थानीय तर्फ २६६ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिनु भएको छ । मधेश प्रदेशमा कूल मतदाता ३ सय ७४ रहेकोमा हालसम्म ३ सय ७२ जनाले मतदान गरेको उहाँले जानकारी दिनु भयो । मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य रहेकोमा अहिलेसम्म एकजना बाहेक सबैले मतदान गर्नु भएको छ । महोत्तरीको सशस्त्र प्रहरी नायव निरीक्षक थमन विक हत्या काण्डमा जिल्ला अदालत महोत्तरीले लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेशमा निर्वाचित प्रदेश सभाका सदस्य अभिराम शर्मालाई जन्म कैद सुनाएको कारणले उहाँ हालसम्म मतदान गर्नु भएको छैन ...
नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशकद्वय सुनिल पौडेल र  निर्देशक विकल पौडेल पक्राउ

नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशकद्वय सुनिल पौडेल र निर्देशक विकल पौडेल पक्राउ

ब्यानर समाचार, मुख्य समाचार
काठमाडौं - नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा पनि उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो । दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो । अख्तियार स्रोतले भन्छ, ‘पटकपटक बोलाउँदा नआएपछि उनीहरुमाथि निगरानी बढाइएको थियो, आज पक्राउ गरिएको हो ।’ अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।...
कृष्णनगरमा निशुल्क स्वास्थ्य सिविर सन्चालन हुदै

कृष्णनगरमा निशुल्क स्वास्थ्य सिविर सन्चालन हुदै

ब्यानर समाचार, ब्यानर समाचार 2
कृष्णनगर, माघ ७ नेपाल प्रहरी श्रीमती संघको आयोजनामा निम्न मिति समय र स्थानमा विशेषज्ञ चिकित्सक सहितको निशुल्क स्वास्थ्य सिविर सन्चालन हुने हुँदा आसपासका आम नागरिकहरु उपस्थित भै स्वास्थ्य लाभ लिनहुन हार्दिक अपिल गर्दछौं । कृष्णनगर नगरपालिका वडा नं १२ हृदयनगरमा रहेको राष्ट्रीय आधारभूत विद्यालय प्राङगणमा २०८० माघ ११ गते विहिवारका दिन १० बजे देखि ५ बजेसम्म रहने छ। समन्वय जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, कृष्णनगर नगरपालिका, ईलाका प्रहरी कार्यालय कृष्णनगर रहेको छ। हाडजोर्नी ,छाला तथा यौन ,मुटु (ईसिजी समेत हुने), प्रसुती रोग, नाक कान घाँटी,सामान्य चिकित्सा लगायतका चिकित्सकहरु रहने जानकारी गराइएको छ। औषधि निशुल्क पाइनेछ साथै थप जानकारीको लागि Dpo Kapilvastu 985-7051037, Apo Krishnanagar 9857055360,984-1705137 सम्पर्क गर्न अनुरोध गरिएको छ।...
एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन निर्देशन

एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन निर्देशन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ, ४ माघ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले सो सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णय खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यलगायतका विषयका कागजात यथाशक्य चाँडो बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । सञ्चारमन्त्री रेखा शर्मा, सचिव रामकृष्ण सुवेदीलगायत अधिकारीसँगको छलफलपछि समितिले ती विषयमा भएका मन्त्रालयगत छानबिनको प्रतिवेदन र त्यससम्बन्धमा अदालतबाट भएका फैसलासमेत मगाइ विज्ञको परामर्शका आधारमा थप निर्णय लिने निष्कर्ष निकालेको हो । बैठकमा मन्त्री शर्माले ती प्रणालीका बारेमा विगतका सरकारले गरेका नीतिगत निर्णय र कार्यान्वयनकर्ता निकायबाट...
त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ, ४ माघ : त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्र्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । यही माघ १५ गतेदेखि विद्यार्थीले ट्रान्सक्रिष्ट, प्रोविजन सर्टिफिकेट, पुनर्योग, कुनै पनि प्रमाणपत्रको प्रतिलिपि तथा सच्चाउनुपर्नेजस्ता काम अनलाइनबाट गर्न थालिएको नियन्त्रक जोशीले बताउनुभयो । “अब विद्यार्थीले कुनै पनि शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत फाराम भरेर शुल्क पनि इ–पेमेन्टबाट तिर्न सक्छन्”, उहाँले भन्नुभयो, “हामीले सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा विद्यार्थीका शैक्षिक प्रमाणपत्र एक हप्ताभित्र पठाउ...
जनार्दन शर्माको प्रस्तावले नेकपा माओवादी केन्द्रमा कम्पन

जनार्दन शर्माको प्रस्तावले नेकपा माओवादी केन्द्रमा कम्पन

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नुपर्ने व्यवस्था पार्टी विधानमा गर्न प्रस्ताव गरेका छन्। गत शनिबार बसेको पार्टीको स्थायी समिति बैठकमा उनले नयाँ प्रस्ताव पेश गरेका हुन्। उनको प्रस्तावलाई पुरक प्रस्तावका रुपमा चर्चा गरिएको छ। पार्टीको केन्द्रिय नीति योजना कार्यान्वयनको अलवा प्रदेश र स्थानीय तहका पार्टी कमिटीलाई राजकीय पदहरुको बाँडफाड, निर्वाचन, सरकार निर्माण सम्बन्धी सवै अधिकार प्रयोग गर्ने व्यगस्था विधानमा गर्नुपर्ने प्रस्ताव शर्माकाे छ।  विधानमा व्यवस्था गर्न शर्माको प्रस्ताव – पार्टीको प्रदेश अध्यक्ष केन्द्रिय समितिको (पोलिट ब्युरो) बैठकमा उपस्थित हुन पाउने व्यवस्था विधानमा राख्ने। -सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने। – सबै तहका पदाधिकारीको कार्यकाल र उम...