ड्रोन क्यामराको निगरानीका साथ भव्य र सभ्य तरिकाले कृष्णनगरको मूर्ति विसर्जन
कपिलवस्तु , कार्तिक २९
कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा तिहार (दिपावलीको) आवसरमा स्थापना गरिएका लक्ष्मी, गणेश , सरस्वती लगायतका मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा आज विसर्जन गरिएको छ ।
कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर दिपावलीमा धर्मशास्त्र अनुसार पुजापाठ गरी भाई टीकाको भोलीपल्ट मूर्ति विसर्जन गरिएको हो ।
तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले तिहार (दिपावली) धूमधामका साथ मनाएर स्थापना गरिएका मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा झडप समेत हुन सक्ने भन्दै प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई न...









