काठमाडौ – जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति प्रती दुख व्यक्त गर्दै संघीय सांसद प्रदीप पौडेलले एक महिनाको तलब सरकारी राहत कोषमा दिने भन्दै आफ्नो फेसबुकमा यस्तो भनेका छन :-
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको खबरले अत्यन्तै दुखित बनाएको छ । भुकम्पमा परि सयौँ नागरिकले ज्यान गुमाएका र घाइते भएका छन् ।
यस्तो विपत्तिको समयमा भुकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउँन र पुनर्स्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु । साथै, राहत तथा सहयोगका लागि सहयोगी मन भएका सम्पूर्णमा हार्दिक अनुरोध समेत गर्दछु ।
भूकम्पमा परी ज्यान गुमाएका दिवंगत प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभ कामना गर्दछु ।
जय नेपाल !