Thursday, April 23
Shadow

Month: November 2023

विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात

विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विमानस्थलको अध्यागमन कार्यालयले शङ्का लागेर पठाइएका उनीहरूमाथि अनुसन्धान गर्दा सो तथ्य खुलेको जानकारी दिनुभयो । भ्रमण भिसामा विदेश जान लागेका माथि शङ्का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात र शैक्षिक प्रमाणपत्र रहेको फेला परेको छ । उनीहरूलाई गिरोहको समूहले नक्कली कागजात र शैक्षिक प्रमाणपत्र बनाएर भ्रमण भिसामा विदेश पठाउन लागेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । विमानस्थल कार्यालयले गत असोज २९ गते ती व्यक्तिका कागजातहरू पठाएको थियो । उक्त कागजातमध्ये केही उच्च माविका शैक्षिक प्रमाणपत्र नक्कली देखिएकामा उक्त कागजात बनाउने उदयपुर घर भई पेप्सीकोला बस्ने आशिष श्रेष्ठ र काभ्रेपलाञ्चोकको पाँचखाल घर भई सिनामङ्गल बस्ने २८ वर्षीय जीवराज तामाङ रहेका पाइएको छ । उनीहरूले प...
आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्य छ : अर्थमन्त्री डा. महत

आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्य छ : अर्थमन्त्री डा. महत

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको र त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएकाले वैदेशिक लगानी अपरिहार्य भएको बताएका छन । बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले वैदेशिक लगानी अपरिहार्यतामा जोड दिनुभएको उहाँको सचिवालय तथा लन्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले ‘सिटी अफ लन्डन’ को ‘म्यान्सन हाउस’मा मङ्गलबार एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो । उक्त अवसरमा अर्थमन्त्री डा महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस...
नेपाली आरोही पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण

नेपाली आरोही पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - नेपाली युवा पर्वतारोही प्रकाश राज पाण्डेले अफ्रिका महादेशको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गर्नुभएको छ । यही अक्टोबर ३१ तारिखमा पाण्डेले तान्जानियामा रहेको "किलिमन्जारो हिमाल"को सफल आरोहण गरेका छन। सातै महादेशका उच्च हिमशिखरहरूको आरोहण गरी सेभेन समिट पूरा गर्ने अभियानमा रहनुभएका पाण्डे अक्टोबर २५ तारिखमा तान्जानियातर्फ प्रस्थान गर्नुभएको थियो । उहाँको अभियानलाई "मकालु आउटफिट"ले आवश्यक गियर सहयोग गरेको छ । माउण्ट किलिमन्जारो अफ्रिकी महादेशको सबैभन्दा अग्लो चुचुरो हो। तान्जानियाको सुषुप्त ज्वालामुखी रहेको क्षेत्रमा अवस्थित यो हिमाल सात महादेशका अग्ला हिमाल मध्येको एक हो । उहाँले मङ्गलवार बिहान ६ः४० बजे किलिमन्जारो हिमालको सफल आरोहण गर्नुभएको हो । पाण्डेले किलिमन्जारोको शिखरमा चन्द्र सूर्य अंकित नेपाली झण्डाका साथै, नेपाल स्काउट, रोटरी इन्टरनेशनल तथा अन्य सङ्घसंस्थाको झण्ड...