पठनपाठनमा अबरोध भए कानुन अनुसार कार्वाही हुनेछ – मेयर बालेन्द्र शाह
काठमाडौ - काठमाडौ महानगर पालिकाका मेयर बालेन्द्र शाहले आफ्नो फेसबुक मा शिक्षक हरुलाइ आफ्नो पेशा छोडेर आन्दोलनमा नलाग्न भनेका छन ।
मेयरले आफ्नो पोस्टमा यसरी लेखेका छन -
शिक्षा बिधयकमा हाम्रो नि असहमती छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ ।
आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौको शिक्षा को नीति र जुम्ला को नीति र आवश्यकता फरक हुन , छ्न ।
‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प...









