Wednesday, April 24
Shadow

राष्ट्र बैंकले १८ अर्ब २० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै


  • -इ
  • इ+

नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । कात्तिक १ गते अर्थात भोलि मंगलबार जारी गर्ने गरी बैंकले ४ किसिमका कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको हो ।

बैंकको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । २८ दिने ट्रेजरीका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँ, १८२ दिनका लागि ५ करोड रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ ।

यसअघि असोज २४ गते राष्ट्र बैंकले ४ किसिममा कुल १३ अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares