Tuesday, April 23
Shadow

शासक मात्तिएको बेला


  • -इ
  • इ+
लेखक – उपेन्द्र तिमल्सिना
🥰बाँच्न कठिन छ🥰
सास फेर्न सजिलो छ
हावा पाउन गाह्रो छ !
भोजनले आकाश छोएको बेला
भोक सस्तिएको छ !!
त्यसैले त साथि
यहाँ मृत्यु सजिलै पाइन्छ
तर बाँच्न धेरै कठिन छ !!
समाज मात्तिएको बेला ,
मन रित्तिएर
खाली खाली छ
आँसुको त कुनै भाउ छैन !
तर हाँसो त यहाँ किन्नै सकिन्न ,
त्यसैले त साथि
यहाँ मृत्यु सजिलै पाइन्छ
तर बाँच्न धेरै कठिन छ !
प्रेमको बजार त
खुलेकै छैन
मायाको कोठिहरु
बिक्रीमा छन्
आफन्तहरु त
छरपष्ट छन्
आफ्नो त कतै भेटिन्न !
त्यसैले त साथि
यहाँ मृत्यु सजिलै पाइन्छ
तर बाँच्न धेरै कठिन छ !
सिटामोल माफियाको गोदाममा
बन्दकि बसेको बेला
विष त यहाँ
सरकारले निःशुल्क बाँडेकै छ !!
जनताको आँखामा संबृद्धीको भ्रम फालेर
शासकहरु त
मस्तीले हाँसेकै छन् !
समाजवादको घोडा
चढ्ने बेला
भिख मागेर पनि
सरकार बाँचेकै छ !!
त्यसैले त साथि
यहाँ मृत्यु सजिलै भेटिन्छ !
तर बाँच्न धेरै कठिन छ !!
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares