Friday, April 24
Shadow

Month: September 2022

उखुमा रेडरड रोगको समस्या

उखुमा रेडरड रोगको समस्या

कृर्षि, ब्यानर समाचार 2
बेलौरी नगरपालिका–८ का किसानले रोपेका उखुखेतीमा रेडरड (रातो सडन) रोग समस्या देखापरेको छ । किसानले ६० बिघा बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो । पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखापरेको नगरपालिका कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिनुभयो । “किसानले रोपेको १५ बिघा बढीको उखु पूरै सखाप भएको छ”, उहाँले भन्नुभयो, “अरु किसानको १० प्रतिशतदेखि ८० प्रतिशतसम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।” सिओ–२३८ र सिओ–२०८ जातका उखुमा रोग बढी देखापरेको छ । “यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पूरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्धसमेत आउँछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सर नै हो”, शाखा प्रमुख भट्टले भन्नुभयो, “यसको रोकथामका लागि किसानलाई ढुसीनाशक विषादी उपलब्ध गराउने कार्य भइरहेको छ ।” चिनी मिलले समेत किसानलाई सल्लाहसँगै विषादी उपलब्ध गराएको...
बेलायतका राजा चाल्र्स तृतीयको बेलायती संसदमा पहिलो सम्बोधन

बेलायतका राजा चाल्र्स तृतीयको बेलायती संसदमा पहिलो सम्बोधन

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ- बेलायती राजा चाल्र्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गर्नुभएको छ । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चाल्र्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो । सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उहाँले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’हरू आफुमा हस्तान्तरण गरिएको जानकारी सम्बोधनका क्रममा संसदलाई दिनुभयो । भेला भएका महानुभावहरूलाई सम्बोधन गर्दै राजा चार्ल्सले आफ्नी आमाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै भन्नुभयो, “मेरी प्यारी आमा महारानीको मृत्युको घोषणा गर्नु कर्तव्य हो । बेलायतकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार अपराह्न बालमोरल क्यासलमा शान्तिपूर्वक निधन भएको ...
नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ : नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुबीच द्विपक्षीय वार्तामा भएको सहमतिको आधारमा आज छ बँुदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । सम्झौतापत्रअनुसार दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्ररूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् । यसैगरी दुवै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय...
वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न

वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाडौँ- २०७९ भाद्र २५  गते काठमाडौँ महानगरपालिका वडा नं.३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभाको खुल्ला सत्रको सभापतित्व सुरज के.सी. को सभापतित्वमा भएको थियो भने उद्घोषण माधवप्रसाद तिमल्सिना ले गर्नुभएको थियो। त्यस कार्यक्रममा राष्ट्रिय सहकारीको जिल्ला अध्यक्ष के.बी. उप्रेती प्रमुख अतिथि हुनुहुन्थ्यो भने बिशेष अतिथिमा प्रा.डा. अरहन स्थापित हुनुहुन्थ्यो । कार्यक्रम खुल्ला र बन्द सत्र गरि दुईभाग मा भएको थियो । पहिलो सत्रमा शुभकामना मन्तव्य , बार्षिक कार्यक्रम , वार्षिक प्रगति , पुरस्कार सम्मान ,मनोरञ्जन आदि भएको थियो । दोस्रो , बन्दसत्रमा निर्वाचन प्रक्रियामा सर्वसम्मत मुकुन्दराज खनालको अध्यक्षतामा सञ्चालक समिति र विमोल भेटवालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरी शनिबार काठमाडौंको सोह्रखुट्टेस्थित नयाँबजार मल्टी भेन्युमा सम्पन्न भएक...
बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु

ब्यानर समाचार 2, समाचार
बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्युभएको हो । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ । आइतबारदेखि हराइरहेका वृद्धाको आज बिहान शव फेला परेको सशस्त्र प्रहरी बल बिओपी भग्रैयाका सशस्त्र प्रहरी निरीक्षक किरण केसीले जानकारी दिनुभयो ।...
१६ वर्षपछि कतार प्रहरीको सहयोगमा पक्राउ

१६ वर्षपछि कतार प्रहरीको सहयोगमा पक्राउ

अपराध, ब्यानर समाचार 2, समाचार
काठमाडौँ-नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो । साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३ साउन २ गते राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालतको आदेशानुसार कारागार चलान गरेको जानकारी दिनुभयो । प्रवक्ता मैनालीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई विस २०७९ साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको ...
भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

Uncategorized, कृर्षि, ब्यानर समाचार 2, समाचार
काठमाडौँ-यहाँ पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो । यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको जनाइएको छ । पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलोपटक निःशुल्क कृत्रिम गर्भाधान सेवाको सुरुआत गरेको भोजपुर नगरपालिकाका भेटेरेनरी शाखाका प्रमुख सन्तोष कटुवालले जानकारी दिनुभयो । पशुको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन कृत्रिम गर्भाधान गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । किसानका गोठमा पुगेर गर्नुपर्ने अवस्थामा भने सामान्य यातायात खर्च लाग्ने कृषि शाखाले जनाएको छ । जिल्लाका अन्य आठ स्थानीय तहमा पनि यसै वर्षदेखि कृत्रिम गर्भाधान सेवा सञ्चाल...
‘अर्थतन्त्रका  सूचकलाई बलियो बनाउनुपर्छ ’ : न्यायाधीश सिन्हा

‘अर्थतन्त्रका सूचकलाई बलियो बनाउनुपर्छ ’ : न्यायाधीश सिन्हा

Uncategorized, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ- सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताउनुभएको छ । नेपाल बार एशोसिएशन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारलाई दिएको साताव्यापी व्यावसायिक कानुनसम्बन्धी तालिमको समापनमा उहाँले नेपालले खुला अर्थतन्त्रको नीति अवलम्बन गरेको स्मरण गराउँदै देशलाई दिगो विकासमा लैजान अर्थतन्त्रलाई थप चलायमान बनाउनुपर्ने धारणा राख्नुभयो । अर्थतन्त्रका स–साना विषयले देश, समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस विषयमा सबै सचेत हुनुपर्ने आवश्यकता न्यायाधीश सिन्हाले औँल्याउनुभयो । अर्थतन्त्रमा हरेक शब्द–शब्दको गहिरो अर्थ हुने गरेको उल्लेख गर्नुहुँदै त्यसको अर्थ बुझ्न सकिएन भने अर्थको अनर्थ लाग्ने उहाँले बताउनुभयो । कार्यक्रममा एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कानुन व्यवसायी...
श्रीलङ्कामा रेमिटेन्स बढ्यो

श्रीलङ्कामा रेमिटेन्स बढ्यो

Uncategorized, अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार 2
काठमाडौँ– श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताउनुभएको छ । उहाँले उनीहरुबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकरी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । उहाँले वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको बताउनुभयो । उहाँले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४.६ प्रतिशतले बढेको पाइएको जानकारी दिनुभएको हो । उहाँले रेमिटेन्स रकम पठाउने व्यक्तिहरुलाई विशेष धन्यवाद दिनुभएको छ । देश आर्थिक सङ्कटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिटेन्स रकमका लागि विशेष धन्यवाद छ– मन्त्री नानकायराले भन...
डङ्गर गिद्ध

डङ्गर गिद्ध

Uncategorized
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरी नदीको बगरमा देखा परेका डङ्गर प्रजातीका गिद्ध । गिद्ध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएपछि कञ्चनपुरमा गिद्धको संख्यामा बृद्धि भएको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, रासस