Tuesday, April 23
Shadow

वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न


  • -इ
  • इ+

No description available.

काठमाडौँ- २०७९ भाद्र २५  गते काठमाडौँ महानगरपालिका वडा नं.३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभाको खुल्ला सत्रको सभापतित्व सुरज के.सी. को सभापतित्वमा भएको थियो भने उद्घोषण माधवप्रसाद तिमल्सिना ले गर्नुभएको थियो।

त्यस कार्यक्रममा राष्ट्रिय सहकारीको जिल्ला अध्यक्ष के.बी. उप्रेती प्रमुख अतिथि हुनुहुन्थ्यो भने बिशेष अतिथिमा प्रा.डा. अरहन स्थापित हुनुहुन्थ्यो । कार्यक्रम खुल्ला र बन्द सत्र गरि दुईभाग मा भएको थियो । पहिलो सत्रमा शुभकामना मन्तव्य , बार्षिक कार्यक्रम , वार्षिक प्रगति , पुरस्कार सम्मान ,मनोरञ्जन आदि भएको थियो । दोस्रो , बन्दसत्रमा निर्वाचन प्रक्रियामा सर्वसम्मत मुकुन्दराज खनालको अध्यक्षतामा सञ्चालक समिति र विमोल भेटवालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरी शनिबार काठमाडौंको सोह्रखुट्टेस्थित नयाँबजार मल्टी भेन्युमा सम्पन्न भएको छ । त्यसैगरी सञ्चालक समितिको उपाध्यक्षमा डा.लक्ष्मण शाक्य , सचिवमा अर्जुनप्रसाद रिमाल , कोषाध्यक्षमा पुरुषोत्तम गिरी र सदस्यमा दीपेन्द्र फुयाल , राजेन्द्र लुइटेल , शान्ता गौतम , मनोहरि तिवारी , सरस्वती महर्जन , रामेश्वर कनौजिया , सुरेश धिमाल , चन्द्रकुमार वाग्ले , संजय धिताल र प्रबन्ध निर्देशक डा.देशमर्दन बस्न्यात रहनुभएको छ ।

लेखा सुपरीवेक्षण समिति सदस्यमा विनादेवी गोर्खाली र माधवप्रसाद तिमिल्सिना हुनुहुन्छ । सोही संस्थाका अध्यक्ष सुरज के.सी.ले उक्त संस्थाको सञ्चालक समितिको तर्फबाट कार्यक्रम, बजेट तथा व्यवस्थापकीय प्रणाली प्रतिवेदन ,२०७८/०८९ प्रस्तुत गर्दै शेयर सदस्य महानुभावहरुको अपार स्नेह , साथ र सहयोग एवं कर्मचारीहरुको मेहनत र परिश्रमले गर्दा नै हाम्रो यो संस्था निरन्तर प्रगति पथमा अगाडि बढिरहको भन्दै सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

सभामा संस्थाका सचिव अर्जुनप्रसाद रिमालले संस्थाको कार्यक्रम , बजेट तथा व्यवस्थापकीय प्रतिवेदन,२०७८/०७९, कोषाध्यक्ष पुरुषोत्तम गिरीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिकी संयोजक सरस्वती महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरियो । त्यसै संस्थाका प्रबन्ध निर्देशक डा. देशमर्दन बस्न्यातले हाम्रो यो वचत बचत तथा ऋण सहकारी संस्था लि.को गतिविधिको बारेमा प्रकाश पार्दै समयमा जोखिमको पहिचान र सुपरीवेक्षण नभएका सहकारी संस्था समस्या परेको देखिएको छ तर हाम्रो वचन बचत तथा ऋण सहकारी संस्थामा त्यस्तो कुनै पनि समस्या नरहेकोले शेयर सदस्य ज्यूहरु ढुक्क भएर यस संस्थामा कारोवार गर्न आग्रह गर्नुभयो ।

संस्थाका उपाध्यक्ष मुकुन्दराज खनालले धन्यवाद मन्तव्य राख्नु भएको थियो यसैगरी तारकेश्वर न.पा.-३ का वडा अध्यक्ष परशुराम अर्यालले शुभकामना मन्तव्य राख्नु भएको थियोे । ऋण उप–समिति संयोजक शान्ता गौतम , शेयर सदस्य लक्ष्यु प्रसाद बोहरा र क्रोधरहित संसारका उपाध्यक्ष डा.लक्ष्मण शाक्यले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै सो संस्थाको थप प्रगतिको कामना दिनुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares