Friday, April 24
Shadow

Month: September 2022

कक्षामा अध्ययनरत टुहुरा बालबालिका

कक्षामा अध्ययनरत टुहुरा बालबालिका

शिक्षा, समाचार
तनहुँको व्यास नगरपालिका–७ नरङ्गा सिषमटारस्थित व्यास नगर समता विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालबालिका । शिक्षाको ज्योतिबाट वञ्चित हुन लागेका टुहुरा तथा अति विपन्न वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन नगरपालिकाको व्यवस्थापनमा सञ्चालित विद्यालयमा आवासिय सेवासहित ४३ बालबालिका अध्ययनरत छन् । तस्बिर:रासस...
नेपाल राष्ट्रिय मा.वि मा व्यवस्थापन समीती गठन

नेपाल राष्ट्रिय मा.वि मा व्यवस्थापन समीती गठन

शिक्षा, स्थानिय तह
काठमाडौँ-२०७९ भाद्र २६ गते, तारकेश्वर-११,स्थीत नेपाल राष्ट्रिय मा.वी.,नेपालटारमा अभिभावकहरुको भेलाले विध्यालय व्यबस्थापन समीती गठन गर्यो। भेलाले कविराज वस्नेतलाई अध्यक्ष र सदस्यहरूमा परोपकार अधिकारी,लक्ष्मण बस्नेत,अस्मिता भण्डारीलाई चयन गरेको छ।                                                                    
जुम्ली स्याउ : बजारीकरणका लागि महोत्सव हुँदै

जुम्ली स्याउ : बजारीकरणका लागि महोत्सव हुँदै

कृर्षि, ब्यानर समाचार 2, समाचार
यहाँको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने आयोजक कान्जिरोवा टाईम्सका प्रकाशक महेन्द्र कार्कीले बताउनुभयो । सम्मेलनमार्फत जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने जनाइएको छ । महोत्सवमा स्थानीय पन्चेबाजा, डुड्के नाच र स्थानीय कलाकारसमेतको प्रस्तुती रहने छ । जुम्ली लोकल जातका स्याउको बजार प्रवद्र्धन, स्याउमा किसानको आर्कषण बढाउन र स्याउबाट उत्पादन हुने विभिन्न परिकार बिक्र...

एसिया कप क्रिकेटको फाइनल खेल आज, पाकिस्तान र श्रीलंका भिड्दै

अन्तर्राष्ट्रिय, खेलकुद, ब्यानर समाचार 2
टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज  पाकिस्तान र श्रीलंका भिड्दैछन्।  खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो। पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासग पराजित भएको थियो।...
बुधबारदेखि सिक्लेस हाइड्रोपावरको आईपीओ खुला हुने

बुधबारदेखि सिक्लेस हाइड्रोपावरको आईपीओ खुला हुने

ब्यानर समाचार 2
सिक्लेस हाइड्रोपावर कम्पनीले आउँदो बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । योमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्ट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सिक्लेस हाइड्रोपावर कम्पनीले आउँदो बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । योमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्ट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा २ असोजसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा १२ अ...
पश्चिमी इन्डोनेसियामा भूकम्प

पश्चिमी इन्डोनेसियामा भूकम्प

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
 इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ । जाकार्ता समयानुसार आइतबार ११ः१६ बजे सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रबिन्दु प्यासिटान जिल्लाको ३ सय १६ किलोमिटर दक्षिणपश्चिममा दश किलोमिटर समुद्रको गहिराईमा रहेको सो एजेन्सीले जनाएको छ । भूकम्पपछि सम्भावित सुनामी कुनै चेतावनी भने दिइएको छैन । हालसम्म यस भूकम्पबाट भएको धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । ...

मातातीर्थ गोल्डकप : असोज ३ गतेदेखि सुरु

खेलकुद, ब्यानर समाचार 2
काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थमा ‘मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता–२०७९’ हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ३ गतेदेखि १७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा देशभरका ३० भन्दा बढी क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । आगामी भदौ २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने उक्त प्रतियोगितामा प्रत्येक टिमबाट रु १० हजार दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु दुई लाख नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र, दोस्रो हुने टिमलाई रु एक लाख नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र र तेस्रो हुने टिमलाई रु ५० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र गोलकर्तालाई रु १० हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । ...

राष्ट्रियसभाको बैठक बुधबारका लागि सर्यो

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गर्नुभएको सचिव फुँयालले जानकारी दिनुभयो । ...
जिब्रो छेड्ने जात्रा

जिब्रो छेड्ने जात्रा

ब्यानर समाचार 2, समाज
मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उहाँले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गर्नुभएको थियो । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो । मन्दिरमा जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिनुभएको थियो । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ । परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले ज...