Saturday, April 20
Shadow

Ncell अब सार्वजनिक कम्पनीमा रूपान्तरण


  • -इ
  • इ+

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा रूपान्तरण भएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा एनसेल अजियाटा लिमिटेड कम्पनीका रूपमा औपचारिक रूपमा दर्ता भएको कम्पनीले जानकारी दिएको छ।

हालसम्म प्राइभेट कम्पनीका रूपमा एनसेल अजियाटा अबदेखि सार्वजनिक कम्पनी भएको हो। सार्वजनिक कम्पनी भएसँगै कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने बाटो अब खुला भएको छ।

कम्पनी ऐनमा भएको पछिल्लो व्यवस्थाअनुसार ५ करोड बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरू अनिवार्य रूपमा पब्लिक कम्पनीमा जानुपर्ने व्यवस्था गरेको छ। एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ।

सोहीअनुसार एनसेल अजियाटाले २०७५ सालमै पब्लिकमा जानका लागि आवेदन दिएको थियो। यद्यपी कर विवादको कारण देखाउँदै सरकारले उक्त प्रक्रिया रोकिदिएको थियो।

लाभकर विवाद साम्य भएसँगै एनसेल सार्वजनिक कम्पनीका रूपमा दर्ता भएको छ। यसका मुख्य लगानीकर्ता मलेसियन कम्पनी अजियाटासँग ८० प्रतिशत स्वामित्व छ भने स्थानीय साझेदारका रूपमा भावना सिंह श्रेष्ठसँग २० प्रतिशत छ।

एनसेलले २०६१ साल भदौमा सेवा सञ्चालनको लाइसेन्स पाएको हो। दूरसञ्चार ऐनअनुसार दूरसञ्चार सेवा सञ्चालनको लाइसेन्सको अवधि अधिकतम २५ वर्षको हुन्छ।

१ करोड ६० लाख ग्राहक भएको कम्पनीले पछिल्लो समय ५० अर्ब बढी आम्दानी गर्दै आएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares