Friday, March 29
Shadow

Month: February 2022

राजालाई देशको अभिभावक बनाउछौँ : अध्यक्ष लिङ्देन

राजालाई देशको अभिभावक बनाउछौँ : अध्यक्ष लिङ्देन

मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा अब एक मात्र विकल्प राजालाई अभिभावक बनाएर देश चलाउने बताएका छन् । काठमाण्डौँ महानगरपालिका वडा नं १४ मा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । देशले दुई वटा राष्ट्रपति पाईसक्यो तर मुलुकको हितमा कुनै पनि काम नगरी आर्थिक भार बढाउने काम मात्र गरेको अध्यक्ष लिङ्देनले बताए । विदेशी संग धेरै झुके राष्ट्रपतिहरु तर राजा थिए भने त्यो अवस्था आउदैन थियो । त्यसैले देशको स्वाधिनताको रक्षाको लागि भए पनि अब राष्ट्रपतिको ठाउँमा राजालाई अभिभावकको भूमिकामा ल्याउने काम राप्रपाले गर्ने उनले बताए । पार्टी प्रवेश गरेकाहरुलाई धन्यवाद व्यक्त गर्दै उनले पार्टी प्रतिको उत्साह बढ्दै गएको र त्यसलाई आफूले कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । आयोजित कार्यक्रममा ४३ जनाले पार्टी प्रवेश ग...
एमसीसी विरुद्ध प्रदर्शन जारी , धादिङमा बाईसीएलको प्रदर्शन

एमसीसी विरुद्ध प्रदर्शन जारी , धादिङमा बाईसीएलको प्रदर्शन

ब्यानर समाचार 2, राजनिती, स्थानिय तह
धादिङ माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी विरुद्ध प्रदर्शन गरेको छ । आजै संसदमा एमसीसी टेबुल हुने भन्ने अनुमानका साथ विरोध प्रदर्शनलाई बृहत बनाउने योजना बनाएको बाईसीएलले आज संसदमा पेस नभए पछि प्रर्दशनलाई फरक ढंगले गरिएको संयोजक रोमी घलेले बताए । हामी सँग कुरा गर्दै अध्यक्ष घलेले भने जनतामा माओवादीले पनि भित्रभित्रै एमसीसी पास गराउने रणनीतिमा रहेको भ्रम फिजाईएको छ । कदापी हाम्रो पार्टीले संशोधन नगरि एमसीसी पास हुन नदिने बताए । राष्ट्र र राष्ट्रियताको सवालमा वाईसीएल सडक मोर्चामा अग्रपंतीमा रहँदै आएको र संशोधन नगरी एमसीसी पास हुन नदिने समेत उनले बताए । आजको प्रदर्शन साङ्केतिक रहेको समेत उनले बताए । ...
बाल बालिकामा सकारात्मक अनुसासन कायम गर्न कृष्णनगरमा निर्देशिका निर्माण

बाल बालिकामा सकारात्मक अनुसासन कायम गर्न कृष्णनगरमा निर्देशिका निर्माण

समाचार, समाज, स्थानिय तह
काठमाडौं फागुन ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहालमा विद्यालय तथा घर परिवार भित्र बाल बालिकाहरूमा अनुसासन कायम गर्न सकारात्मक उपाय अवलंबन गर्ने सम्बंधि निर्देशिका तथा सामग्री निर्माण गर्न शिक्षक अभिभावक तथा जन प्रतिनिधिहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा वडाध्यक्ष संजय कुमार गुप्ता, छेदी प्रसाद यादव, घनश्याम बनियां लगायत रहेका थिए । कार्यक्रममा युनिसेफ नेपालका प्रकाश कैनिले कार्यक्रमको उद्देश्य तथा बाल अधिकार लगायत विद्यालय तथा घर परिवार भित्र बाल बालिका हरूमा कसरी अनुसासन कायम गर्न सकिन्छ भन्ने कुराको जानकारी गराए । कार्यक्रममा प्रशिक्षकका रुपमा रहेका अधिवक्ता राजु कुमार श्रीवास्तवले बाल अधिकार, अनुसासन, हिंसाको परिचय, कानुनी ...
रोकियो ४ घण्टा पछि बानेश्वरमा तनाव

रोकियो ४ घण्टा पछि बानेश्वरमा तनाव

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाडौं । एमसीसीको विरोधमा वुधबार बिहान ११ बजेदेखि सुरु भएको प्रदर्शनका कारण तनावग्रस्त बनेको  थियो । हाल नयाँबानेश्वर क्षेत्र सामान्य बनेको छ । साढे ४ घण्टापछि स्थिति सामान्य बनेको हो । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ राजनीतिक दललगायतले विरोध प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै, १३७ जना प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा रहेका छन् । ...
प्रतिनिधि सभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधि सभाको बैठक शुक्रबार बस्ने

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, फागुन ४ आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थारु आयोगको तेस्रो प्रतिवेदन पेश गरेका छन् भने तीन शोक प्रस्ताव पारित भएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गरिरहेकै बेला सभामुखले यी प्रस्ताव अगाडी बढाएका थिए । अब अर्को बैठक फागुन ६ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ ।...
बागबजारमा खुल्यो सुट्माला, माघ महिनाभरी सुट् सिलाउनेलाई २५ प्रतिशत छुट

बागबजारमा खुल्यो सुट्माला, माघ महिनाभरी सुट् सिलाउनेलाई २५ प्रतिशत छुट

आर्थिक, समाचार
काठमाण्डौँ, माघ १८ नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङको लागि दोस्रो ब्राञ्च सुट्माला सूरु गरेको छ । यहि माघ १७ गते बाट सुट्मालाको शुभारम्भ भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई सुट्मालाका सञ्चालक राज कार्कीले पुष्पगुच्छा प्रदान गरेर, खुसी साँटासाँट् गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो । सञ्चालक कार्कीका अनुसार माघ महिनाभरी सुट् सिलाउनेलाई २५ प्रतिशत छुट् दिईने छ । कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य मिलन नेपाली, बाग्मति प्रदेश सदस्य महेश कायस्थ, बिनोद छिनाल, काठमाडौँ जिल्ला संघका अध्यक्ष चन्द्र रणपहेली, सचिव सागर कार्की, कोषाध्यक्ष लालु बैजु, सह सचिव बासुदेब पौडेल, सदस्य मृदुला शर्मा, बिनु मित्राकोटी, दीपक परियारको उपस्थिीति रहेको थियो । यस्तै कलाकार सुरज चापागाँई ‘बान्द्रे’, सुबोध गौतम ‘एक्दुमे’,...