Thursday, January 23
Shadow

बागबजारमा खुल्यो सुट्माला, माघ महिनाभरी सुट् सिलाउनेलाई २५ प्रतिशत छुट


  • -इ
  • इ+


काठमाण्डौँ, माघ १८
नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङको लागि दोस्रो ब्राञ्च सुट्माला सूरु गरेको छ । यहि माघ १७ गते बाट सुट्मालाको शुभारम्भ भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई सुट्मालाका सञ्चालक राज कार्कीले पुष्पगुच्छा प्रदान गरेर, खुसी साँटासाँट् गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो । सञ्चालक कार्कीका अनुसार माघ महिनाभरी सुट् सिलाउनेलाई २५ प्रतिशत छुट् दिईने छ ।

कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य मिलन नेपाली, बाग्मति प्रदेश सदस्य महेश कायस्थ, बिनोद छिनाल, काठमाडौँ जिल्ला संघका अध्यक्ष चन्द्र रणपहेली, सचिव सागर कार्की, कोषाध्यक्ष लालु बैजु, सह सचिव बासुदेब पौडेल, सदस्य मृदुला शर्मा, बिनु मित्राकोटी, दीपक परियारको उपस्थिीति रहेको थियो । यस्तै कलाकार सुरज चापागाँई ‘बान्द्रे’, सुबोध गौतम ‘एक्दुमे’, यादब देबकोटा ‘सरापे’, राजु कमेडी, सुरेश थापा ‘दर्शने’, दुर्गा विरही, कुमार कार्की, उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की लगायतको उपस्थिीति रहेको थियो । उक्त कार्यक्रमको नाम खुसी मिलन राखिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares