काठमाडौँ , माघ ८ । नेपाल आयल निगमले तेजाब आक्रमणमा परेका दुई जनालाई रोजगारी दिने भएको छ । निगममले ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई सहायक स्तरमा करारमा नियुक्त गरेको हो ।
निगम सञ्चालक समितिको बैठकले उनीहरुलाई निर्वाह खर्च पुग्ने गरी एक वर्षको करार गरेर निगमको काम काजमा खटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनले दुवै जनालाई गत १६ पसुमा देखि निगमको कामकाजमा खटाउने गरी निर्णय भएको बताए ।
एसिड आक्रमणमा परेका दुबै जनाले आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि निगममा निवेदन दिएको हुँदा उनीहरु दुवै जनालाई निगमले निगमको कामकाजमा खटाउने निर्णय भएको प्रवक्ता उपाध्यायको भनाइ छ ।
प्रवक्ता उपाध्ययका अनुसार उनीहरुलाई निगम सञ्चालक समिति बैठकले सामाजिक उत्तरदायित्व कोषबाट तलब भत्ता दिइने छ । निगमका अनुसार उनीहरुमध्ये एक जनाले निगमको केन्द्रीय कार्यालय र एक जना भैरहवा डिपो कार्यालयमा काम खटाइने छ ।