Wednesday, May 27
Shadow

Month: December 2020

प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ११ कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ । सभापति देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सहभागी हुन सबै नागरिकलाई अपिल गरेका हुन् । विज्ञप्तिमा देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसमा एकमत भएको उल्लेख गर्दै भनेका छन्, 'विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले...
संचारकर्मी गौतम र साबित्री श्रेष्ठको “बिर्से पापिलाई” सार्वजनिक

संचारकर्मी गौतम र साबित्री श्रेष्ठको “बिर्से पापिलाई” सार्वजनिक

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष ११   नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र निकै आशा लाग्दो लोक दोहोरी गित “बिर्से पापिलाई” सार्वजनिक भएको छ । दुख पिडा सम्बन्धि रहेको लोक दोहोरी गित अहिलेको युवा पुस्तालाई मध्यानजर गदै बनाईएको गायिका सुमित्रा सत्यालले बताउनु भयो । “बिर्से पापिलाई” गितले निकै चर्चा पाउनेमा गायिका विश्वस्थ हुनुहुन्छ । गितमा स्वर गायक राजु बिरही सापकोटा र गायिका सुमित्रा सत्याल को रहेको छ । गायिका सुमित्रा काभ्रे जिल्लाको कोशिपारी चौरी देउरालीमा जन्मनुभएको हो । घर त नुवाकोट, सुपारी गोजिमा, र्दुइ मुटु जोडेर जस्ता निकै आश लाग्दो गित बजारमा र्सावजनिक गर्न सफल गायिका सत्यालको “बिर्से पापिलाई” लोक दोहोरी गितको मिलन फिल्मस् बाट बजारमा आएको छ । गितका अर्का गायक राजु बिरहि सापकोटा पनि गायक मात्र नभ...
हिन्दु राज्य र राजसंस्था माग गर्दै काठमाडौंमा राप्रपाले मोटरसाइकल र्‍याली गर्दै

हिन्दु राज्य र राजसंस्था माग गर्दै काठमाडौंमा राप्रपाले मोटरसाइकल र्‍याली गर्दै

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज संसद विघटनविरुद्ध बृहत मोटरसाइकल र्‍याली गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसंवैधानिक रुपमा संसद विटन गरेसँगै देश अस्थिरतामा जाने खतरा बढेको र मुलुमा स्थिरताका लागि हिन्दु राज्य र राजसंस्था आवश्यक रहेको भन्दै राप्रपा आन्दोलित बनेको हो । आज बिहान ११स्३० बजे बबरमहलबाट सुरु हुने मोटरसाइकल र्‍याली त्रिपुरेश्वर(न्यूरोड हुँदै दरबार मार्गस्थित राजा महेन्द्रको शालिकमा पुगेर कोणसभामा परिणत हुने छ। कोणसभालाई राप्रपाका अध्यक्षहरू कमल थापा, पशुपतिशमशेर राणा तथा प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा केन्द्रीय सदस्य गोपाल पौडेलले बताए। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको संयोजकत्वमा र्‍याली हुन लागेको हो। फाइल तस्बिर।...
राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेदेखि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेदेखि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ११ । सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेरपछि बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । बैठकले पुस १७ गते राष्ट्रिय सभा अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको श्रममन्त्री गौरीशंकर चौधरीले जानकारी दिए । संसदको वर्षे अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो । संवैधानिक व्यवस्थाअनुसार ६ महिनाभित्र अधिवेशन आह्वान भइसक्नुपर्छ । ६ महिना पूरा हुन एक दिन बाँकी रहँदा १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन बोलाउने गरी सिफारिस गरिएको हो । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा भने गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरिससकेकी छन् ।...
पार्टी विभाजनः कमल थापा भन्छन् – प्रचण्डले मेरो जस्तै नियति भोग्न नपरोस्

पार्टी विभाजनः कमल थापा भन्छन् – प्रचण्डले मेरो जस्तै नियति भोग्न नपरोस्

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ११ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नोजस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेका छन् । शनिबार बिहान ट्वीट गर्दै उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुनविपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घोषणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यहीँ नियति भोग्नु नपरोस् भनेर शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु । तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दवावरप्रभावमा त्यसवेला विना सनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो । प्रचण्डले त्यही नियति भोग्नु नपरोस।मेरो शुभकामना ।’ पछिल्लो समय नेकपा पार्टी विभाजन भएपछि यति बेला विभिन्न राजनीतिक...
बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्री मृत्यु , ट्राफिक प्रहरी घाइते

बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्री मृत्यु , ट्राफिक प्रहरी घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस ११ । बल्खुमा भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने प्रहरी जवान घाइते भएका छन् । गएराति ट्राफिक जाँचका क्रममा भ्यान भाग्न खोज्दा बल्खु चोकमा दुर्घटना भएको हो । भ्यानको ठक्करबाट पैदलयात्री काठमाण्डौको कीर्तिपुर बस्ने गोरखाका ५४ वर्षका काले आलेमगरको उपचारका क्रममा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । बा १६ च २९१५ नम्बरको भ्यानले ट्राफिक जाँचमा रहेका ट्राफिक जवानलाई ठक्कर दिएर भाग्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिन पुगेको थियो । भ्यानको ठक्करबाट बल्खुमा कार्यरत प्रहरी जवान २३ वर्षका मानबहादुर साउद घाइते भएका छन्। उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ । फरार भ्यान चालकको खोजी भइरहेको छ ।  ...
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदै

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदै

खेलकुद
काठमाडौं , पुस ११ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । दाङको देउखुरीमा हुने प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् । खेलमा लुम्बिनी र प्रदेश नम्बर २ खेल्दैछन् । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।...
लोकतन्त्रमाथि खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख  ?  : बाबुराम भट्टराई

लोकतन्त्रमाथि खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख ? : बाबुराम भट्टराई

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ११ । जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गरेर पूर्वराजा ज्ञानेन्द्रकै शैली पछ्याएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामले प्रश्न गरेकाछन्- ओली आफैं असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने कहाँको विधि र परम्परा हो ? ओलीले यस्तो कदम सत्ता अकंटक चलाउने ध्येयले गरेको उनको भनाइ छ । उनले अगाडि लेखेका छन्, ‘ज्ञानेन्द्रले गरेको यै हैन ररु संविधानरलोकतन्त्रमाथि यस्तो खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख ? ’...
नेकपामा विभाजनको असर प्रदेशमा  पनि देखिन थाल्यो, जता कांग्रेस , त्यतै प्रदेश

नेकपामा विभाजनको असर प्रदेशमा पनि देखिन थाल्यो, जता कांग्रेस , त्यतै प्रदेश

मुख्य समाचार, राजनिती
  काठमाडौं, पुस ११ संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ।नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ।कांग्रेसले समर्थन नगरे कतिपयमा परिस्थिति जटिल बन्ने अवस्था छ। प्रदेश १ मा अहिलेको समीकरणअनुसार दाहाल–नेपाल पक्ष एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ। त्यो अवस्थामा सरकार परिवर्तन हुनेछ। बागमती प्रदेशमा त अविश्वासको प्रस्ताव नै दर्ता भएको छ। यहाँ कांग्रेसको साथ जसलाई हुन्छ उसले नै सरकार बनाउनेछ। गण्डकी र लुम्बिनीमा ओली पक्ष, कर्णाली र सुदूरपश्चिममा दाहाल–नेपाल पक्ष बलियो देखिए पनि अन्य राजनीतिक दलको साथबिना सरकार टिकाउन र नयाँ बनाउन गाह्रो देखिन्छ। प्रदेश २ मा भने नेकपा प्रतिपक्षमा रहेका कारण त्यहाँ सरकार फेरबदल हुने देखिएको छैन। बागमतीमा मुख्यमन्त्रीविरुद्ध ...
काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम,   १.३ डिग्रीमा झर्‍यो

काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम, १.३ डिग्रीमा झर्‍यो

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , पुस ११ । काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै निकै कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको छ । यसअघि पुस ३ गते काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री थियो । मौसमविद् सजिना शाक्यका अनुसार राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो । दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुँदै बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शाक्यले जानकारी दिइन् । यस्तै राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर बाँकी भू(भागमा मौसम आंशिक बदली रहनेछ । ​...