Saturday, April 27
Shadow

विद्यालयमा चट्याङ पर्दा लमजुङमा एक विद्यार्थीको मृत्यु, दुई जना घाइते


  • -इ
  • इ+

लमजुङ, चैत ३ । लमजुङको एक विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्व्होलासोंथर गाउँपालिका– ४, भुजुङको त्रिभुवन विद्याश्रम माविमा परेको चट्याङले एक विद्यार्थीको मृत्यु भएको भने दुई जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।

मंगलबार चट्याङका कारण उक्त माध्यमिक विद्यालयको कक्षा– १० मा अध्ययनरत सोही गाउँका १८ बर्षीय विनोद विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयन प्रवक्ता नन्दमान पुनले बताए । उनका अनुसार दिउँसो ३ बजेर ५० मिनेट जाँदा विद्यालयमा चट्याङ परेको थियो ।गम्भीर घाइते भएका अन्य २ भाइ छविन्द्र गुरुङ र रेशबहादुर गुरुङको उपचार भइरहेको छ ।

उनका अनुसार चट्याङले विनोद र छविन्द्र बेहोस भएका थिए । रेशबहादुरको एउटा हात नचलेको सो विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङले बताए । उनका अनुसार उनीहरु तिनै जना कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares