दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा
कृष्णनगर, कपिलवस्तु , मंसिर २१
कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाँतका अस्पताल सञ्चालनमा रहेको छ l
दाँत एवम् मुख रोग सम्बन्धी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र शेखर शुक्ल श्री दाँत का अस्पतालका कुशल सञ्चालक एवं डा. हुन् l
बी. डी. एस., एम. आई. डी. ए. गोरखपुर दन्त एवं मुख रोग विशेषज्ञ रहेका उहाँको अस्पताल नेपालको कृष्णनगर लिंकगेट बाट भारत जाँदा नेपाल रोड , कस्टम आफिस भन्दा पहिले, सेक्रेड हार्टस स्कुल नजिकै रहेको छ l
श्री दाँत का अस्पतालमा दिनहुँ जसो नेपाल तथा भारतका दाँत एवम् मुख रोग बाट समस्यामा परेका मानिसहरू को निकै भिडभाड देखिनु र धेरै व्यक्ति को दाँत तथा मुख रोग को उपचार सफलता पूर्वक भएकाले पनि डा. कुशल र अनुभवी रहेको सेवा ग्राहीहरू बताए l
श्री दाँत का अस्पतालमा बिग्रिएको दाँत सिधा गर्ने...









