Friday, March 29
Shadow

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेट्यो राष्ट्रपतिसँग , फुटिसकेको नेकपा मिलाउन सक्रिय


  • -इ
  • इ+

काठमाण्डौ, पुस १३ । चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोलीले बेलुका ५ बजे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको हो । भेटमा समसामयिक राजनीतिक​ लगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीसँगको भेटपछि चिनियाँ टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गर्ने बताइए पनि समय अभावका कारण आज भेटघाट हुने बताइएको छ । टोलीले नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्ने स्रोतले जनाएको छ । तर यसबारे परराष्ट्र मन्त्रालयले कुनै पनि औपचारिक जानकारी दिएको छैन ।

बेइजिङबाट छङ्तुको बाटो हुँदै टोली दिउँसो सवा एक बजे काठमाण्डौ आइपुगेका हो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ उच्च तहका नेताको नेतृत्वमा आएको टोलीले चीनका राष्ट्रपति सी जिनपिङको सन्देश प्रवाह गर्ने बुझिएको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares