Thursday, May 21
Shadow

समाज

बीरगंजमा ई–रिक्सा अव्यवस्थित, सम्बन्धित निकाय मौन

बीरगंजमा ई–रिक्सा अव्यवस्थित, सम्बन्धित निकाय मौन

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
वीरगंज १८ पुष । वीरगन्जमा सञ्चालित ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासीले ट्राफिक जाम तथा मनोमानी भाडा असुलीको समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त बनेको छ । साथै, जथाभावी भाडा असुली गर्दा उपभोक्ता चरम मर्कामा पर्ने गरेका छन् । ई–रिक्सा सञ्चालनका लागि कुनै किसिमको मापदण्ड समेत बन्न नसकेकोले युवादेखि वृद्ध–वृद्धा तथा स–साना बालकहरुले पनि ई–रिक्सा चलाउने गरेको छन् । जसको परिणाम वीरगन्ज बजारमा दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना ई–रिक्सा चलाइरहेकाले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्या दिनदिनै बढिरहेको छ । वीरगन्जको घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठसम्म साँघुरा सडक, त्यसमा पनि ई–रिक्साहरुको घुइँचो भएकोले त्यस क्षेत्रमा विहान १...
मुर्ति चोरेको अभियोगमा जनप्रतिनिधि सहित ३ जना पक्राउ

मुर्ति चोरेको अभियोगमा जनप्रतिनिधि सहित ३ जना पक्राउ

अपराध, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । चितवनको रत्न नगरपालिका–१२ जिरौनाबाट बुद्धको मुर्तिसहित तीन जना पक्राउ परेका छन् । जिरौनास्थित जहारसिंह तामाङले पुरातात्विक महत्वको मुर्ति बिक्री प्रयोजनका लागि घरमा लुकाइछिपाई राखेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए । बागमती प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको संयुक्त टोलीले मुर्तिसहित उनीहरूलाई पक्राउ गरेको हो ।...
ज्येष्ठ नागरिकलाई कोभिडबारे सचेतना

ज्येष्ठ नागरिकलाई कोभिडबारे सचेतना

समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौं, पुष १८ ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्च विराटनगरको वार्षिक साधारण सभा सम्पन्न भएको छ । विराटनगरमा शनिबार एक कार्यक्रमबीच सम्पन्न कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई विराटनगर महानगरपालिका वडा नम्बर १ कार्यालयले ज्येष्ठ नागरिकलाई मास्क सहयोग गरेको छ । वडाअध्यक्ष उद्धव अर्यालले वडा कार्यालयले ज्येष्ठ नागरिकलाई लक्ष्य गरी विभिन्न कार्यक्रम तय गरिएको बताए । भने,“ज्येष्ठ नागरिक समाजमा सम्पत्ती हुन अहिले महामारीका बेला उहाँहरुको स्वास्थ्य सुरक्षा स्थानीय सरकारको सरोकार हो ।” कार्यक्रममा स्वास्थ्यकर्मीलाई सहभागी गराई ज्येष्ठ नागरिकलाई कोभिड १९ बाट बच्ने उपायबारे जानकारी गराइएको यिो । मञ्चका अध्यक्ष डिल्ली पोखरेलले कोभिड १९ का कारण चैतयता कुनै पनि गतिविधि गर्न नसकिएको भन्दै अब स्थिति सहज हुँदै गए तीर्थाटन गराउने जानकारी दिए । भने,“कोरोनाले ज्येष्ठ नगारिक नै बढी प्रभावित ब...
गुल्मीमा २ हजार ७८५ निजी आवास पुन:निर्माण सम्पन्‍न

गुल्मीमा २ हजार ७८५ निजी आवास पुन:निर्माण सम्पन्‍न

आर्थिक, समाज, स्थानिय तह
  काठमाण्डौं, पुष १८ वि.सं. २०७२ सालमा गएको भूकम्पबाट गुल्मीमा क्षति पुगेका २ हजार ७८५ निजी आवास पुन:निर्माण सम्पन्‍न भएको छ। राष्ट्रिय पुन:निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय तम्घास गुल्मीका प्रमुख सूर्यनारायण झाका अनुसार हालसम्म गुल्मीमा २ हजार ७८५ जनाले निजी आवास पुन:निर्माण तर्फको अन्तिम किस्ता लिएका छन्। गुल्मीका कूल ४ हजार ४३६ लाभग्राहीमध्ये ४ हजार २०३ जनाले अझै सम्झौता गरेका छन्। सम्झौता गरेका लाभग्राहीहरूले पहिलो किस्ता लिइसकेका छन् भने दोस्रो किस्ता लिनेको संख्या भने ३ हजार ३७८ रहेको कार्यालयकी कम्प्युटर अपरेटर पार्वती खत्रीले जानकारी दिइन्। प्राधिकरणले तोकेको मापदण्ड अनुसार घर निर्माण नभएकाले पनि तेस्रो किस्ता लिनेको संख्या कम रहेको कार्यालयका फिल्ड इन्जिनियर बिष्णु पाण्डेले जानकारी दिए। कतिपयले ...
छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

अपराध, समाचार, समाज
काठमाण्डौं, पुष १८ उदयपुरको बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउपर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेका छन् । बालिका बलात्कार गरेको जाहेरी शुक्रबार इप्रका रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताए । पीडित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ ।...
मेलम्चीको पानी चैत्रमा काठमाण्डौं उपत्यकाभित्र

मेलम्चीको पानी चैत्रमा काठमाण्डौं उपत्यकाभित्र

मुख्य समाचार, समाज
काठमाण्डौं, पुष १८ काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउने चर्चा आजभन्दा तीन दशक पहिलाकै हो ।मेलम्चीको पानी काठमाडौं भित्रिने मिति निकै पटक तोकिइसकेको छ । फेरि मेलम्चीको पानी आउने नयाँ मिति तोकिएको छ । मेलम्ची खानेपानी विकास समितिले आगामी चैत्रमा मेलम्चीको पानी काठमाडौं भित्रिने आश्वासन दिएको छ ।  समितिका सूचना अधिकारी  राजेन्द्र पन्तले अबको चैत्रमा मेलम्चीको पानी उपत्यकामा आउने दावी गरेका छन् । जर्मनीबाट आएका प्राविधिकले आयोजनाको निरीक्षण गरेको र  डिजाइन तथा सम्पूर्ण रिपोर्टमा समेत अध्ययन भइसकेकाले अब पानी भित्र्याउन प्रतिवेदन अध्ययन हुन बाँकी रहेको पन्तले बताए । सो प्रतिवेदनका आधारमा खप्राविधिज्ञ र ठेकेदार कम्पनीबीच छलफलपछि सुरुङमा पानी राखिने कार्यक्रम रहेको उनले जानकारी दिए । पानी राखेपछि काठमाडौंमा वितरण गर्ने अवस्थासम्म पुग्न २ महिना लाग्ने बताइएको छ। ९९ प्र...
सशस्त्र प्रहरीलाई थप जिम्मेवारी : यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

सशस्त्र प्रहरीलाई थप जिम्मेवारी : यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौं, पुष १८ सरकारले रेल्वे सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिने निर्णय गरेको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । पुस १० र पुस १५ मा बसेको मन्त्रपरिषद्को निर्णय सुनाउँदै शुक्रबार सरकारका प्रवक्ता पार्वत गुरुङले यस्तो जानकारी दिएका हुन् । यस्ता छन् निर्णयहरुः रक्षा मन्त्रालय प्राविधिक सहायक रथी डा. देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा प्राचीन कपिलवस्तु राज्यको राजधानी सहर तिलौराकोट वरपर रहेका ३५ वटा घर र करीब ७५ विघा जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक (विशिष्ट सामान्य प्रशासन श्रेणी) पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्दराज ढकाललाई काजमा पठाउने निर्णय...
सिमा नाकाबाट एक वर्षमा माइति नेपालले गर्यो ८३ जनाको उद्धार

सिमा नाकाबाट एक वर्षमा माइति नेपालले गर्यो ८३ जनाको उद्धार

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । माइती नेपाल बर्दियाले सिमा नाकाबाट एक वर्षमा ८३ जनाको उद्धार गरेको छ । मानब बेचबिखन तथा ओसारपसारविरुद्धका क्रियाकलाप सञ्चालन गर्ने क्रममा माइती नेपाल बर्दियाले सन् २०२० जनवरीदेखी डिसेम्बरसम्म एक वर्षको अवधिमा ८३ जनाको उद्धार गरेको जनाएको छ । सो अबधिमा नेपाल भारतको सिमा र देस भित्रै बिभिन्न हिंसामा परेका महिला तथा बालबालिका गरि ८३ जनालाई उद्धार गरि आवसिय परामर्श सेवा प्रदान गरिएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जनाकारी दिइन् । भारतबाट १ जनालाई उद्धार गरी नेपाल ल्याइएको उनले बताइन् । एक वर्षको अबधिमा खोजतलास तथा उद्धारका लागि ३७ वटा निवेदन परेको थियो । जसमध्ये १९ जना फेला परेका छन् । त्यस्तै जबरजस्ती करणी उधोगका २२ वटा, मानब बेचबिखनका ३ वटा, घरेलु हिंसाका ४९ वटा घट्नामा प्रभावितलाई आवसिय परामर्श एवं कानुनी सहायता प्रदान गरिएको माइती नेप...
विद्यार्थी अभावमा विशेष शिक्षा बन्द

विद्यार्थी अभावमा विशेष शिक्षा बन्द

शिक्षा, समाचार, समाज, स्थानिय तह
  काठमाडौं, पुस १८ । विद्यार्थी अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो । सुर्नयामा रहेको शङ्कर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए । विसं २०६१ देखि विशेष शिक्षा सञ्चालनमा रहेको भए पनि विद्यार्थीको अभावमा बन्द भएको हो । उनले भने, “अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा दिनका लागि विशेष शिक्षाको अवधारणा आएको भए पनि विद्यार्थीको अभाव देखाउँदै विशेष शिक्षा बन्द भएको छ ।” पछिल्लो समयमा कोरोना भाइरसका कारणसमेत विशेष शिक्षाका लागि विद्यार्थी खोज्न नसकेको सम्बन्धित विद्यालयले जनाएका छन् । एकातिर अपाङ्गता भएका विद्यार्थीको शिक्षामा पहुँच पुग्न सकेको छैन...
दाइले आगो सल्काउँदा दुई वर्षीय बहीनीको मृत्यु

दाइले आगो सल्काउँदा दुई वर्षीय बहीनीको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । बैतडी जिल्लामा चार वर्षीय बालकले आगो सल्काउँदा दुई वर्षीय बालिकाको मृत्यु भएको छ । सिगास गाउँपालिका-३ साउन खेतमा बुधबार अपरान्ह खरमा आगो सल्काउँदा बालिकाको मुत्युभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । साउन खेतमा बस्ने मनवीर साउदको चार वर्षीय छोरा दीपेश साउदले आफ्नै घर पछाडि राखेको खरमा सलाई कोरेर आगो सल्काउँदा साथमा रहेकी दुई वर्षीया बहिनी रेखा साउदको जलेर घटनास्थलमानै मृत्यु भएको जनाइएको छ ।...