Wednesday, April 24
Shadow

मेलम्चीको पानी चैत्रमा काठमाण्डौं उपत्यकाभित्र


  • -इ
  • इ+

काठमाण्डौं, पुष १८
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउने चर्चा आजभन्दा तीन दशक पहिलाकै हो ।मेलम्चीको पानी काठमाडौं भित्रिने मिति निकै पटक तोकिइसकेको छ । फेरि मेलम्चीको पानी आउने नयाँ मिति तोकिएको छ ।

मेलम्ची खानेपानी विकास समितिले आगामी चैत्रमा मेलम्चीको पानी काठमाडौं भित्रिने आश्वासन दिएको छ ।  समितिका सूचना अधिकारी  राजेन्द्र पन्तले अबको चैत्रमा मेलम्चीको पानी उपत्यकामा आउने दावी गरेका छन् ।

जर्मनीबाट आएका प्राविधिकले आयोजनाको निरीक्षण गरेको र  डिजाइन तथा सम्पूर्ण रिपोर्टमा समेत अध्ययन भइसकेकाले अब पानी भित्र्याउन प्रतिवेदन अध्ययन हुन बाँकी रहेको पन्तले बताए ।

सो प्रतिवेदनका आधारमा खप्राविधिज्ञ र ठेकेदार कम्पनीबीच छलफलपछि सुरुङमा पानी राखिने कार्यक्रम रहेको उनले जानकारी दिए । पानी राखेपछि काठमाडौंमा वितरण गर्ने अवस्थासम्म पुग्न २ महिना लाग्ने बताइएको छ।

९९ प्रतिशत काम सम्पन्न भएको समितिले जानकारी दिएको छ। हेलम्बुको अम्बाथानस्थित मुहानमा बाँध निर्माणको काम जारी रहेको र पुलसमेत बनाउनुपर्ने भएकाले समय लाग्ने आयोजनाले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares