Friday, May 22
Shadow

समाज

पछिल्लो २४ घण्टामा ३६२ संक्रमित थपिए, ४२८६ जनाको पिसिआर परीक्षण

पछिल्लो २४ घण्टामा ३६२ संक्रमित थपिए, ४२८६ जनाको पिसिआर परीक्षण

मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, पुष २६ पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७८ हजार ८ सय ४७ पुगेको छ। शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ६२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ६ सय ९९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको मन्त्रालयले जनाएको छ।...
सिसडोलवासीको चेतावनी : १५ दिनभित्र माग पूरा नगरे फोहोरमैला रोक्ने

सिसडोलवासीको चेतावनी : १५ दिनभित्र माग पूरा नगरे फोहोरमैला रोक्ने

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष २६ सिसडोलवासीले १५ दिनभित्र आफूहरुको माग पूरा नगरे फोहोरमैला व्यवस्थापनलाई रोक्ने चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले आजको मितिबाट १५ दिनभित्र ११ बुँदे माग पूरा नभए फोहोर ल्याउने कार्य रोक्ने चेतावनी दिएका हुन् । समितिका संयोजक नवराज ढुंगानाले बिगत १५ बर्ष देखि फोहोर थुप्रीएर आतंक मच्चाई रहेको टिप्पणी गरे । पटक पटक जायज माग उठाउँदा आश्वासन मात्र दिइएको भन्दै यसपटक १५ दिनभित्र पूरा नगरे फोहोर मैला ल्याउन ठप्प पार्ने चेतावनी दिए । उनले सिलडोलमा अब कि त फोहोर बस्ने कि त मान्छे बस्ने गरी टुंगो लगाउन सरकारसँग माग गरे । कार्यक्रममा बोल्दै शहरी विकास राज्यमन्त्री रामबिर मानन्धरले फोहोरमैलाको व्यवस्थापनको लागि नयाँ प्रविधिको मेसिन राख्नुपर्नेमा जोड दिए । फोहोरमैला व्यवस्थापन सधै ...
राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको घोषणा

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको घोषणा

ब्यानर समाचार, राजनिती, समाज
काठमाण्डौँ, पुष २६ राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । आइतबार सूचना जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।
वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २५ । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । वि.सं.१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमालको आज विहान निधन भएको हो । केही समय यता उनी अल्जाम्यमर्सबाट पीडित थिए । उनले लेखेका उदास मेरो जीवन कथा, जुन फूल मैले चाहेको थिएँ, हो यात्री, आफ्नै कथा जिन्दगीको उनका लोकप्रिय गीत हुन् । उनले आधुनिकभन्दा पनि धेरै राष्ट्रिय गीत लेखेका छन् । उनी कविता पनि लेख्थे . वि.सं. २००५ सालबाट कविता लेख्न थालेका उनले लेखनाथ पौड्यालको प्रेरणाले कविता लेख्न थालेका थिए ।कविता र गीतमा खासै केही फरक नरहेको बताउने उनी छन्दमा लेखेमा गीत बन्ने उनको धारणा थियो । पछिल्लो समय उनी नयाँ गीतमा छाडापन आएको बताउँदै आएको थिए । आजै उनको पशुपति आर्यघाटमा दाह संकार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।...
५५ फीटको कपाल, कसरी स्याहार्छिन् होला

५५ फीटको कपाल, कसरी स्याहार्छिन् होला

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं । आज  हामी यस्ती महिलाको बारेमा लेख्दैछौं जसको कपालले विश्वकीर्तिमान नै राखेको छ । लामो कपालले महिलाको सुन्दरता बढाउन मद्दत गर्छ । लामो र घना कपाल राख्ने धेरै महिलाको इच्छा हुन्छ । अमेरिकाको फ्लोरिडामा बस्ने आशा मन्डेलाको कपाल ५५ फीट लामो छ र कपालको तौल २० किलो छ । कपाल धुनैका लागि उनले एकचोटिमा ६ बोतल श्याम्पू खर्च गर्छिन् । एकचोटि नुहाएपछि उनको कपाल सुक्न दुई दिन लाग्छ । एजेन्सीको सहयोगमा...
भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाउन सुरु गरिने

भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाउन सुरु गरिने

मुख्य समाचार, समाचार, समाज
  काठमाडौँ , पुस २५ । भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाइने भएको छ ।शनिबार कोरोनाको खोप लगाउने अभियान शुरु गर्न बसेको प्रधानमन्त्री नरेन्द्र मोदीसहितको बैठकपछि सो निर्णय लिइएको हो । भारतले यस अघि भारतमै बनाइएका दुई भ्याक्सिन कोभ्याक्सिन र कोभीशिल्डलाई प्रयोगको अनुमति दिइसकेको छ । खोप अभियानको पहिलो चरणमा लगभग ३ करोडलाई दिइने बताइएको छ । जसमा स्वास्थ्य कार्यकर्ता, अग्रपंक्तिमा खटिएका कर्मचारीहरुलाई प्राथमिकता दिइने भएको छ । यस पछि ५० बर्षभन्दा बढी उमेरका र गम्भीररुपले विरामी रहेकालाई खोप दिइने बताइएको छ । उनीहरुको संख्या करिब २७ करोड भएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माघ ३ गते (जनवरी १६०) को दिन कोरोनाविरुद्धको लडाईमा महत्वपूर्ण दिन हुने बताएका छन् । मोदीले यस अभियानमा बहादुर डाक्टर, हेल्थकेयर वर्कर्स, सफाई कर्मचारसहित फ्रन्टलाइन कर्मचारीलाई पहि...
६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन, समुन्द्रमा खसेको आशंका

६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन, समुन्द्रमा खसेको आशंका

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ, पुस २५ । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ । राजधानी जकार्ताबाट ५६ जना यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको श्रीविजया एअरको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ । यसअघि त्यहाँको यातायात मन्त्रालयले जहाजमा ५० जना यात्रु रहेको जनाएको थियो । जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार टवेन्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो । केही प्रत्यक्षदर्शीले जहाज आगोको मुस्लोसँगै खसेको बताएको बीबीसीले जनाएको छ । माछा मार्न पुगेका एकजना व्यक्तिले जहाज तिव्र गतिमा खसेको र पानीमा ठूलो आवाजमा विष्फोट भएको बताएका छन् । जहाज हराएको छेउछाउका टापुका धेरै बासिन्दाहरूले बीबीसीलाई जहाजबाट आएका वस्तुहरू भेट्टाएको बताएका छन् । सम्पर्कविहीन भएको जहाज बोइङ कम्पनीको २६ वर्ष पुरानो ७३७ मोडलको रहेको छ ।...
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको दोस्रो साधारण सभा सम्पन्न

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको दोस्रो साधारण सभा सम्पन्न

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, पुष २५ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शनिवार महासंघका अध्यक्ष राम कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। संघका भक्तपुर अध्यक्ष लक्ष्मी बहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा महासंघका अध्यक्ष श्रेष्ठले भक्तपुर संघका टिमको कार्य सफलता र सम्पूर्ण व्यवसायीको सफलताको शुभकामना व्यक्त गरे । साथै, महासंघका सह कोषाध्यक्ष प्रेम महर्जन,महासंघका बागमती प्रदेश सचिव राज कार्की,काभ्रे,दोलखाका अध्यक्ष लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका भक्तपुर अध्यक्ष लक्ष्मी बहादुर श्रेष्ठ,उपाध्यक्ष सुब रत्न बज्राचार्य,सचिव दीपक बासुकला,कोषाध्यक्ष सूर्य कुमार श्रेष्ठ लगाएतले संघको गतिविधि सहित प्रतिवेदन पेश गर्नुभएको थियो । ...
प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शनिबार राजधानीमा धोती जुुलुस निकालीएको छ । ओलीले गरेको प्रतिनिधि सभा विघटनको समर्थनमा जुलुस निकालिएको हो। ‘धोती, कुर्ता,गम्छा मधेशीका शान, केपी ओली हमनी सबके जान’ भन्ने नाराका साथ जुलुस निकालिएको हो। जुलुसका सहभागीले धोती, कुर्ता र गम्छा पहिरिएका थिए। जुलुसमा ओली पक्षका नेता महेश बस्नेतलगायतको सहभागिता थियो। नेकपाको ओली समूहको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्‍यालीमा धोती जुलुस निकालिएको हो। कुनै समय ओलीले मधेशीका बारेमा अनेक अपमानजनक शब्दहरु प्रयोग गर्ने गरेका थिए । संविधान संशोधनको माग राख्दै मधेशमा मानवसाङ्लो बनाउँदा ओलीले त्यसलाई ‘माखे साङ्लो’ भनेका थिए। ओलीले पक्षले मधेशको समर्थन देखाउन काठमाडौंमा ‘धोती जुलुस’ निकालेको हो। ओलीको निर्देशनमा प्रदेश २ का युवाहरु काठमाडौंमा ल्याएर माइतीघर मण्डलादेखि रत्नपार्कसम्म ध...
त्रिवि र आन्दोलनरत आंशिक प्राध्यापकबीच सात बुँदे सहमति

त्रिवि र आन्दोलनरत आंशिक प्राध्यापकबीच सात बुँदे सहमति

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
  काठमाडौं, पुस २५। .त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक संघबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ। विश्वविद्यालय र संघबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह ९करार०मा नियुक्ति दिने सहमति भएको छ। यसरी नियुक्त शिक्षकले क्याम्पसको आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने र त्यस्ता शिक्षकले त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने भएका छन्। संघका प्रचार विभाग सदस्य सुरेश भट्टराईका अनुसार एक शैक्षिकसत्र अध्यापन गरेका आंशिक शिक्षकलाई त्रिवि सेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी नियम संशोधन गर्न विश्वविद्यालयले प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ। सहमत...