Friday, May 22
Shadow

समाज

महामारीमा वैदेशिक रोजगार :  ६२ हजारभन्दा बढी नेपाली पुगे ९७ मुलुकमा

महामारीमा वैदेशिक रोजगार : ६२ हजारभन्दा बढी नेपाली पुगे ९७ मुलुकमा

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ २१ । कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ हजार ९ सय ६२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। मंसिरमा १२ हजार ४ सय ३१ पुनः र ४ हजार ३ सय ७७ नयाँ गरी १६ हजार ८ सय ८, कात्तिकमा ७ हजार ७ सय ९७ पुनः र १ हजार ५ सय ८३ नयाँ गरी ९ हजार ३ सय ८०, असोजमा ८ हजार ९७ पुनः र १ हजार ५ सय ४२ नयाँ गरी ९ हजार ६ सय ३९, भदौमा करिब दुई हजार, साउनमा तीन हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका हुन्। बेलायत, जापानलगायत कतिपय मुलुकले भने कोरोनाका कारण विदेशी कामदार लैजान रोक लगाएका छन्। कोरोनाका कारण वैदेशिक रोजगारीबाट २ लाख ४३ हजार ४ सय ५३ नेपाली स्वदेश फर्किएका छन्। कोरोना अवधिमा...
सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा अबैध माछा नष्ट

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा अबैध माछा नष्ट

समाचार, समाज
कृष्णनगर, माघ २० । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १ डुमाई बाट सशस्त्र प्रहरी बल नेपाल बि।ओ।पी कृष्णानगरले अन्दाजी २५०किलो अबैध माछा बरामद गरेर नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल (बि.ओ.पी) कृष्णानगर बाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुणराज तिमिल्सिना को कमाण्डमा ५ जनाको गाड़ी मोबाईल टोलीले भारत बाट अवैध तरिकाले नेपाल भित्राउने अवस्थामा २५०किलो माछा बरामद गरेको छ। करिब१५स्४५ बजे को समयमा सशस्त्र प्रहरीले अन्दाजी मूल्य ८० हजार रुपैया बराबर को माछा बरामद गरेको हो। गस्ती टोली लाई देखि माछा छोडेर भागे को अवस्थामा माछा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ९बिओपी० कृष्णनगरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आर्चाय ले जानकारी दिनु भयो। जनप्रतिनिधि , पशु क्वारेन्टाइनका प्रतिनिधि , स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी उक्त माछा लाई नष्ट गरेका छन ।...
नुवाकोटमा बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

नुवाकोटमा बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २० । नुवाकोटमा बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु भएको छ । विदुर नगरपालिका–१ ढुङ्गेमा बसको ठक्करबाट विदुर–१० गेर्खुटारका १९ वर्षीय दिनेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।नुवाकोटको त्रिशुलीबाट काठमाडौंतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको बसले उनलाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको हो । घटनापछि चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच मृतकका आफन्तले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दैै सदरमुकाम विदुर र ढुङ्गेमा प्रर्दशन गरेका छन् ।...
भारतको माल्पामा पहिरो, महाकाली नदी थुनियो, सतर्क रहन आग्रह

भारतको माल्पामा पहिरो, महाकाली नदी थुनियो, सतर्क रहन आग्रह

मुख्य समाचार, समाचार, समाज
काठमाडौं । भारतले निर्माण गरिरहेको सडकका कारण माल्पा क्षेत्रमा पुनः पहिरो गएको छ । कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा आज पहिरो गएको हो । नेपाल–भारत पश्चिम सीमा महाकाली नदी थुनिएको छ । दार्चुलाको माल्पामा आएको ठूलो पहिरोका कारण नदी थुनिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृणानन्द जोशीले जानकारी दिए । थुनिएको नदी जुनसुकै बेला फुट्न सक्ने भएकाले तटी क्षेत्रमा बसोबास भएका र काम गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालय आग्रह गरेको छ ।  ...
प्रतिनिधिसभा विघटन मुद्दाः के के भयो आज ?

प्रतिनिधिसभा विघटन मुद्दाः के के भयो आज ?

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ ,माघ २० । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आज महान्यायाधिवक्ता अग्निप्रसाद खरेलपछि प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस शुरु गरेका छन् । वरिष्ठ अधिवक्ता पन्तले संविधानमा स्पष्टरुपमा लेखिएको कुरालाई त्यहीरुपमा मान्नुपर्ने र स्पष्टरुपमा नभएको विषयलाई संसदीय अभ्यासको रुपमा हेर्नुपर्ने तर्क राखे । “संविधानमा प्रतिनिधिसभा विघटन गर्ने भन्ने कुरा ठाउँठाउँमा छ, तर प्रष्ट रुपमा लेखिएको छैन”, उनले भने, “संविधानमा स्पष्टरुपमा नलेखिएका कुरा संसदीय मूल्य मान्यता र अभ्यास हो, प्रधानमन्त्रीले त्यो कुरा लिखित जवाफमा पनि लेख्नुभएको छ ।” वरिष्ठ अधिवक्ता पन्तले संविधानको धारा १०० मा विश्वास र अविश्वासको मतका बारेमा प्रष्टरुपमा लेखिएको तर विघटनका कुरा धेरै धारामा भएको तर प्रष्टरुपमा नभएको हुँदा संसदीय मूल्य मा...
देशका विभिन्न स्थानमा  दुर्घटनाः १२ जनाको मृत्यु

देशका विभिन्न स्थानमा दुर्घटनाः १२ जनाको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २० । बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका सवारी दुर्घटनामा सात तथा इलाम र सिन्धुपाल्चोकमा भएका घटनामा पाँचजनाको ज्यान गएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक र इलामको सार्वजनिक पोखरीमा शव भेटिएको तथा अन्य तीन स्थानका घटनामा आफ्नै निवासस्थानमा उनीहरुको शव भेटिएको प्रहरीले बताएको छ । नुवाकोटको विदुर नगरपालिका–१० मा दिनेश तामाङको बसले ठक्कर दिँदा आज बिहान मृत्यु भएको जनाउँदै प्रहरीले सोमबार साँझ झापाको शिवसताक्षी नगरपालिका–१ का राजकुमार लिम्बू र गौरादह नगरपालिका–४ का होमप्रसाद उप्रेतीको सवारी दुर्घटनामा ज्यान गएको बताएको छ । सर्लाहीको कौडेना गाउँपालिका–२ र मलङ्गवा नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।...
कोरोनाविरुद्ध खोप अभियान :  सात दिनमा लगाए एक लाख २८ हजारले खोप

कोरोनाविरुद्ध खोप अभियान : सात दिनमा लगाए एक लाख २८ हजारले खोप

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २० । कोरोनाविरुद्धको खोप अभियानको सातौं दिनसम्म देशभर एक लाख २८ हजारभन्दा बढीले कोरोना ९कोभिड १९० विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल एक लाख २८ हजार ६५० जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सातौ दिनसम्म प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । गत बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरक...
२० औं पटक आमरण अनसन बस्ने डा.केसीद्धारा घोषणा, सरकारलाई दिए यस्तो चेतावनी

२० औं पटक आमरण अनसन बस्ने डा.केसीद्धारा घोषणा, सरकारलाई दिए यस्तो चेतावनी

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २० । डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । उनले दुईबुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौं ।’ डा। केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उनले संविधानको रक्षा र संवैधानिक निकायहरुमा नियुक्तिका लागि गरिएको सिफारिस रद्द गर्नुपर्ने दुईबुँदे माघ अघि सारेका छन् ।...
मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन

मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २० । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ–छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ । आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार गत वर्ष असारमा सुरुङमा दुर्घटनापछि गेट निर्माण गरेको भारतीय कम्पनीले गेटको पुनः जडान गरिसकेको छ । आयोजनाले थप सुधारका केही काम पनि गरेको थियो । आयोजनाले सुधार गरेपछि पनि अझै कुनै समस्या छ–छैन भनेर बुझ्न अन्तर्राष्ट्रिय कम्पनीलाई ल्याइएको उनले बताए । उनले भने, ‘समस्या छैन भनेर अन्तिम प्रतिवेदन आएपछि नै पुनः परीक्षणको काम अघि बढाइनेछ ।’ इटालि...
देशभरको मौसम कस्तो रहला ? यस्तो छ आगामी तीन दिनको  पूर्वानुमान

देशभरको मौसम कस्तो रहला ? यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , माघ २०। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । जसअनुसार नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भुभागमा आशिंक बदली रहेको छ छ भने बांकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ २० गते (मंगलबार) दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। राती : प्रदेश नं ७ र अन्य देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रह...