Saturday, May 23
Shadow

समाज

कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १७ । कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। धनगढीबाट महेन्द्रनगरतर्फ छुटेको ना४ख १६६४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको म३प १४८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले मोटरसाइकलमा सवार भीमदत्त नगरपालिकाका १४ का २४ वर्षीय दिनेश दमाई र कृष्णपुर नगरपालिकाका २ वाणीका २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको बताए।- ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए।  ...
चीनले नेपाललाई थप ८ लाख डोज कोरोनाविरूद्धको खोप दिने

चीनले नेपाललाई थप ८ लाख डोज कोरोनाविरूद्धको खोप दिने

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १७ । चीनले नेपाललाई थप ८ लाख डोज कोरोनाविरूद्धको खोप दिने भएको छ । यसअघि उत्तरी छिमेकी चीनले नेपाललाई पाँच लाख डोज खोप दिने घोषणा गरेकोमा अहिले पुनः ८ लाख थप गरेको हो । नेपाललाई दक्षिणी छिमेकी भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो। भारतबाट थप २० लाख डोज खोप खरिद गरेर ल्याइसकिएको छ। नेपाललाई बेलायतले पनि २० लाख डोज खोप दिने घोषणा गरिसकेको छ। अब नेपालमा दोस्रो चरणको खोप अभियान सुरु हुँदै छ । जसमा ६० वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइँदै छ । पहिलोपटक भारतबाट आएको १० लाख डोज खोप स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनमा खटिनेहरू र पत्रकारलाई लगाइएको थियो ।...
बर्दियामा बाघको आक्रमणबाट एकको ज्यान गयो , आतंंक बढ्न थालेपछि स्थानीय त्रसित

बर्दियामा बाघको आक्रमणबाट एकको ज्यान गयो , आतंंक बढ्न थालेपछि स्थानीय त्रसित

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागनु १७ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा बाघको आक्रमणबाट एक जनाएको ज्यान गएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा भैसी चराउन गएका राजापुर नगरपालिका–१० का ६५ वर्षीय लालबहादुर थारुको बाघको आक्रमणबाट सोमबार ज्यान गएको हो। निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवा गाउपालिका–६ नौरंगाबाट बाघले झम्टेर लगेका थारुको शव करिव ६ सय मिटर पर क्षतविक्षत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ। इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोली र बन्जरीया सैनिक पोष्टबाट खटिएको सुरक्षाकर्मीको टोलीले थारुको शव फेला पारेको हो । गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा सवार कैलालीको एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो। बाघको आतंंक बढ्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रका स्थानीय त्रसित बनेका छन्।बर्दियाको खाता करिडोर र गेरुवा गा...
खैरो हिरोइनसहित ३ भारतीय पक्राउ

खैरो हिरोइनसहित ३ भारतीय पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
महेन्द्रनगर, फागुन १७ । कञ्चनपुर प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१ वैशाखी शाही चोकमा युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकलमा लागुऔषध लिएर सवार भारतको लख्मिपुर खिरी सम्पूर्णानगरका तीन युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले प्रहरी टोलीले लामो समयदेखि नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहका भारत सम्पूर्णानगरका २६ वर्षीय धर्मेन्द्र कुमार ९डाक्टर नामले परिचित० लाई पक्राउ गरिएको बताए । उनले धर्मेन्द्रसँगै प्रहरीले भारतीय युवक २५ वर्षीय शुभ्म भसिंन र ३० वर्षीय नितिन कुमारलाई नियन्त्रणमा लिएको बताए । प्रहरीले उनीहरुको साथबाट झण्डै १० ग्राम खैरो हिरोइन र रु ४२ हजार ४०० नगदसमेत बरामद गरेको छ । “डाक्टर नामले चिनिने धर्मेन्द...
सेनिटाइजर सेवन गर्दा विराटनगरमा एकै दिन दुई जनाको मृत्यु

सेनिटाइजर सेवन गर्दा विराटनगरमा एकै दिन दुई जनाको मृत्यु

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागनु १७ । सेनिटाइजर पिएका विराटनगरमा एकै दिन दुई जनाको ज्यान गएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो । श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् । यस्तै झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको सेनिटाइजर पिएका कारण मृत्यु भएको छ । प्रहरीका अनुसार गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन् । मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेका थिए । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा सेनिटाइजर सेवन गरेकी थिइन् । पारिवारिक विवादपछि मण्डलले पनि शनिबार नै सेनिटाइजर ...
कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर, अझै खुलेन होश

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर, अझै खुलेन होश

ब्यानर समाचार, समाज, स्वास्थ्य
काठमाडौं, फागुन १७। मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । बिहीबार राति मस्तिष्काघात भएपछि शुक्रबार बिहान नर्भिक अस्पतालमा भर्ना भएका जोशीको सोमबार साँझसम्म होश खुलेको छैन । जोशीका दाजु राजुराज जोशीले उनको अहिलेसम्म होश नखुलेको जानकारी दिए । उनले डाक्टरले स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै दुई–तीन दिनमा होश खुल्ने सम्भावना रहेको बताएको जानकारी दिए । ‘अझै होश आएको छैन, डक्टरहरुले स्वास्थ्य अवस्था स्थिर रहेको र दुई–तीन दिनमा होश खुल्न सक्ने सम्भावना रहेको बताउनु भएको छ’, राजुराजले सुनाए । उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा। राजीव झाले जोसीको स्वास्थ्य अवस्था आइतबारजस्तै स्थिर रहेको बताए । मस्तिष्काघात भएपछि अस्पताल भर्ना भएका नेता जोशीको शुक्रबार शल्यक्रिया ...
चुनावका नाममा आयोगले गर्यो  १० करोड खर्च

चुनावका नाममा आयोगले गर्यो १० करोड खर्च

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन १७ । प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि १७ र २७ वैशाखका लागि तोकिएको निर्वाचन स्वतः रोकिएको छ । तर, अदालतमा विचाराधीन रहेकै वेला आयोगले चुनावी तयारीका नाममा १० करोड रुपैयाँ खर्च गरेको छ । त्यसमा पनि धेरै रकम भत्तामा गएको छ । संसद् विघटनको घोषणा गरेकै दिन बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले निर्वाचन आयोग पदाधिकारीलाई तयारी थाल्न निर्देशन दिएका थिए । त्यसयता आयोगले निर्वाचनका लागि आवश्यक तयारीका क्रममा विभिन्न शीर्षकमा करिब १० करोड खर्च भएको अनुमान आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले गरे । रकम केन्द्र र जिल्ला दुवैतिर खर्च भएको छ । ‘अहिलेसम्म सबै शाखाबाट कहाँ कति खर्च भयो भन्ने यकिन हिसाब आइसकेको छैन । यद्यपि, विभिन्न शीर्षकमा भएको खर्चको ठाडो अनुमान गर्दा करिब १० करोड खर्च भएको होला,’ श्रेष्ठले भने । प्रवक्ता...
आजबाट प्रि-मनसुन सुरुः चट्याङ्ग र असिना पानीको सम्भावना

आजबाट प्रि-मनसुन सुरुः चट्याङ्ग र असिना पानीको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , फागुन १७ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि प्रि-मौसम सुरु भएको जानकारी दिएको छ ।महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन सुरु भएको हो । महाशाखाले यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिना पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ ।यस्तो मौसममा मेघगर्जन,चट्याङ्ग,हावाहुरी र असिना पानीबाट हुने सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । यसैगरी, आजको मौसमको पूर्वानुमानबारे जानकारी दिँदै महाशाखाले दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ । भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी, आज राति प्रदे...
आज २०७७ फागुन १७ गते सोमबारको राशिफल

आज २०७७ फागुन १७ गते सोमबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो...
सुनसरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

सुनसरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सुनसरी, फागुन १६ । सुनसरीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तरगत सुनसरीको इटहरी-१२ मा बीआर ०१ जीडी १४५८ नम्बरको ट्रकले साइकल यात्री मोरङको उर्लाबारी–१ का ४१ वर्षीय मनोज खनाललाई ठक्कर दिएको हो । शुक्रबार साँझ पौने ७ बजे ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएका खनालको उपचारका क्रममा राति साढे ८ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...