बडा दशैंको तेश्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिदैं
काठमाण्डौँ, कार्तिक ३
बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।
चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुँदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको छ। बालीनाली तथा फलफूलले संसार शष्यशाली र रसपूर्ण भइरहेको छ। चन्द्रघण्टादेवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
अन्य समयमा राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिक...









