Thursday, March 28
Shadow

दाङमा कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु


  • -इ
  • इ+

काठमाण्डौँ, असोज ३०
दाङमा कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ ।

बिहीबार राति राप्ती गाउँपालिका ३ नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ६० वर्षीय खलबहादुर घर्ती र उनका २५ वर्षीय छोरा ओमप्रकाश घर्तीले कुटपिट गर्दा चौधरी गम्भीर घाइते भएका थिए ।

लाठीले कुटपिट गर्दा गम्भीर घाईते चौधरीको रक्तस्राबका कारण राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो । राति कुखुरा कराए पछि घर्ती परिवारले चौधरीलाई कुखुरा चोर्न लागेको आरोप लगाएर कुटपिट गरेका हुन् । कुटपिट गर्ने बाबु छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । त्यसैगरी पश्चिम दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

बबई गाउँपालिका १ खिलतपुर निवासी ३७ बर्षीय गणेश केसी खितलपुर चौकदेखि करिब २ सय मिटर नजिक नालामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख एवं प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिनुभयो ।

मृतक केसीले डिप्रेसनको औषधी खाने र मापसे सेवन गर्ने गरेको स्थानियले बताएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।मृतकको बारेमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares