Wednesday, April 24
Shadow

विराटनगरमा थप तीन कोरोना संक्रमितको मृत्यु


  • -इ
  • इ+

काठमाण्डौँ, असोज ३०
विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरका २ र रतुवामाईका १ जनाको मृत्यु भएको हो।
विराटनगर–३ बुद्धचोकका संक्रमित ६५ वर्षीय पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो।

अस्पताल प्रबन्ध नारायण दाहालले ६५ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको जानकारी दिए। उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो।

श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारका क्रममा मृत्यु भएको दाहालको भनाइ छ। विराटनगर महानगरपालिका–१० का कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ।

अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार ५१ वर्षीय पुरुषको बिहीबार राति ८ बजेतिर मृत्यु भएको हो। स्वाबको पीसीआर परीक्षण गराउँदा असोज २० गते रिपोर्ट पोजेटिभ आएका पुरुषको न्युरोकै कोभिड अस्पतालमा उपचार भइरहेको थियो। उनलाई उपचारका लागि असोज २३ गते अस्पताल भर्ना गरिएको थियो ।

मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका कोरोना संक्रमित ४८ वर्षीय पुरुषको बिहीबार साँझ ७ः४० बजेतिर ज्यान गएको छ। श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि पुरुषलाई उपचारका लागि गत बुधबार विराट नर्सिङ होममा भर्ना गरिएको परिवारले जनाएको छ।

उनको पीसीआर परीक्षण रिपोर्ट बिहीबार नै पोजेटिभ आएको थियो। विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालले डिस्चार्ज दिएपछि घर लैजाँदै गरिएका संक्रमितको मृत्यु भएको हो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares