Friday, September 19
Shadow

राजनिती

नेकपा एसको सचिवालय बैठक बस्दै

नेकपा एसको सचिवालय बैठक बस्दै

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । किर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। उपाध्यक्ष पाण्डेका अनुसार बैठक ३ दिनसम्म सञ्चालन हुनेछ र आजको बैठकमा एकवर्षे पार्टी संगठन सुदृढ अभियानको समीक्षा गरिनेछ । यसैगरी कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताएका छन् । पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि  लगायतले नेकपा (एकीकृत समाजवादी) पार्टी केही समयअघि मात्र छोडेका थिए ।...
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड काठमाडौंमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड काठमाडौंमा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । लु अहिले दक्षिण एसिया भ्रमणमा छन् । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।  ...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,२९ असार। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूचीमा राखिएको छ । साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको छ । यस्तो छ कार्यसूची : ...
प्रधानमन्त्री दाहाल ३ दिन कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने

प्रधानमन्त्री दाहाल ३ दिन कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,२८ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम ३ दिन स्थगित गरिएको छ । हिजो बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री दाहाल प्रचण्ड असार ३० गतेसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनले समवेदना प्रकट गर्न आउनेहरुसँग प्रधानमन्त्रीले यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट गर्ने बताए ।...
नगरवासीको स्वास्थ्यलाई हामिले गम्भिर चुनौतिको रुपमा लिएका छौँ : नगर प्रमुख गुरुङ

नगरवासीको स्वास्थ्यलाई हामिले गम्भिर चुनौतिको रुपमा लिएका छौँ : नगर प्रमुख गुरुङ

अन्तरवार्ता, ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार, स्वास्थ्य
२८ असार ।  नुवाकोटको बेलकोटगढी नगरपालिकाका हरेक नागरीकले स्वास्थ्य बिमा गर्दा १५ प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ । साथै विपन्न, अशक्त, अशहाय र लक्षित वर्गको लागि निःशुल्क वीमा गरिदिने हामि संगको अन्र्तवार्तामा नगर प्रमुख जगत वहादुर गुरुङले बताएका छन् । स्थानिय तहको निर्वाचन २०७९ मा लोकप्रिय मतका साथ विजयी भएका मेयर गुरुङले आफ्नो कार्यकालमा बेलकोटगढी नगरपालिकालाई भौतिक विकासलाई निरन्तरता दिदैँ शिक्षा र स्वास्थ्य क्षेत्रमा नमुना बनाउने लक्ष्य समेत राखेका छन् । समग्र बेलकोटगढी नगरपालिका केन्द्रित भएर गरिएको कुराकानी... तपाई निर्वाचित हुनुभएको एक वर्ष पुरा भईसक्यो निर्वाचनका समयमा जनता माझ गरेका प्रतिवद्धता कत्तिको पुरा गर्दै हुनुहुन्छ ? निर्वाचित भएको पहिलो वर्ष सिकाईमा नै लाग्यौँ । त्यस संगै बेलकोटगढीको समृद्धि संगै सुशासनका कुरालाई मध्ये नजर गर्दै अघिल्ला जनप्रतिनिधिले गरेका क...
प्रधानमन्त्रीपत्नी दहालको निधनप्रति उपाध्यक्ष मशहूद द्वारा दु:ख व्यक्त

प्रधानमन्त्रीपत्नी दहालको निधनप्रति उपाध्यक्ष मशहूद द्वारा दु:ख व्यक्त

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
कपिलवस्तु, अषाढ २७ ।  लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दहालको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । उपाध्यक्ष मशहूद खां नेपालीले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्दै , 'सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।' प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।...
प्रधानमन्त्री प्रचण्ड पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

प्रधानमन्त्री प्रचण्ड पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,२७ असार । आज बुधबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो । अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने नेपाली कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।...
रेखा थापा बनिन् राप्रपा महिला विभागको उप-प्रमुख

रेखा थापा बनिन् राप्रपा महिला विभागको उप-प्रमुख

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, असार २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नायिका रेखा थापालाई महिला विभाग उप-प्रमुख पदमा मनोनयन गरेको छ । मंगलबार पार्टी अध्‍यक्ष राजेन्द्र लिङ्गदेनले पार्टीको विधान बमोजिम नायिका थापालाई महिला विभाग उप(प्रमुख पदमा मनोनित गरेका हुन् । हेर्नुहोस् पत्र:
ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, असार २६ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार आज मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायव सुब्बा (नासु) योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई काठमाडौँबाट पक्राउ गरेको हो । यो सँगै सरकारी लिखित किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । प्रहरीले पछिल्लो समय ललिता निवास जग्गा प्रकरणमा संलग्नहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।...
कोशी प्रदेशका मुख्यमन्त्रीले थापाले लिए शपथ

कोशी प्रदेशका मुख्यमन्त्रीले थापाले लिए शपथ

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
असार २२ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् । आज एक विशेष समारोहकाबीच नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन् । समारोहमा मुख्यमन्त्री थापाले नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगु र कांग्रेसबाट प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्रीहरुको कार्यविभाजन भने पछि हुने जनाएको छ ।  ...