काठमाडौँ, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । किर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
उपाध्यक्ष पाण्डेका अनुसार बैठक ३ दिनसम्म सञ्चालन हुनेछ र आजको बैठकमा एकवर्षे पार्टी संगठन सुदृढ अभियानको समीक्षा गरिनेछ । यसैगरी कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताएका छन् ।
पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि लगायतले नेकपा (एकीकृत समाजवादी) पार्टी केही समयअघि मात्र छोडेका थिए ।