Friday, September 19
Shadow

राजनिती

भारतमा आरजुको सफल शल्यक्रिया

भारतमा आरजुको सफल शल्यक्रिया

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाको हाइपर पाराथाइरोडिज्मको सफल शल्यक्रिया गरिएको छ । भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत देउवाको बुधबार सफल शल्यक्रिया गरिएको उनका स्वकिय सचिव कमल रावलले जानकारी दिए । देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्शअनुसार अझै केहि समय अस्पतालमै बसेर उपचार गराउनुपर्ने रावलले बताए ।...
गगनको संवादयात्रा पुन: सुरु

गगनको संवादयात्रा पुन: सुरु

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौं- कांग्रेस महामन्त्री गगनकुमार थापाले पश्चिम नवलपरासीमा बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेर पुनः संवाद यात्रा सुरु गरेका छन्। उनले बिहीबार पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुराबाट संवाद यात्रा सुरु गरेका हुन्। महामन्त्री थापाले माघ १३ गते झापाको मेची पुलबाट संवाद यात्रा सुरु गरेका थिए। उक्त यात्रा माघ २२ गते गोपीगन्जमा पुगेर स्थगित भएको थियो। महामन्त्री थापाले नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँकेलगायत जिल्लाका विभिन्न ठाउँका स्थानीयहरूसँग संवाद गर्ने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। आज बिहीबार पश्चिम नवलपरासीमा आयोजित संवाद यात्रामा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरे। उनले भने, ‘सरकारमा सहभागी दलहरू नै यो सरकार लामो समय टिक्ने भन्नेमा आशावादी छैनन्।’...
संसदीय समितिमै मागे सांसद बडूले गृहमन्त्री लामिछानेको राजीनामा

संसदीय समितिमै मागे सांसद बडूले गृहमन्त्री लामिछानेको राजीनामा

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्षरूपमा छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि पद छोड्नु उपयुक्त हुने बताएका हुन् । सांसद बडूले छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिकरूपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए ।...
विश्वविद्यालयले अपेक्षित जनशक्ति उत्पादन गर्न सकेन : पर्यटन मन्त्री तामाङ

विश्वविद्यालयले अपेक्षित जनशक्ति उत्पादन गर्न सकेन : पर्यटन मन्त्री तामाङ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटन व्यवस्थापन प्रतिष्ठानको विकासको लागि कानूनी अवरोध बिस्तारै हटाउने बताएका छन् । आज मंगलबार नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको ५१ औँ वार्षिकोत्सव समारोहमा उनले गठन आदेशबाट स्थापना भएको संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन नसकेको उल्लेख गर्दै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले अगाडि बढिरहेको बताए । उनले भने, ‘एउटा गठन आदेशबाट स्थापना भएको यो संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन सकेका छैनौ । त्यसतर्फ पनि ध्यान दिई रहेका छौँ र छिटै नै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले पहल गर्नुपर्छ भन्ने हिसाबले अगाडि बढिरहेका छौँ । यो संस्थाको गरिमा बढाउने कुरा मात्रै होइन, अगाडि बढ्नको लागि कानूनी अवरोध जुन खडा भएको छ, त्यो बाटो पनि बिस्तारै खोलिने छ ।’ उनले पर्यटन क्षेत्रले नेतृत्व...
कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन, पर्खेर बसौं : प्रदीप पौडेल

कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन, पर्खेर बसौं : प्रदीप पौडेल

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सत्तामा जान हतार गर्न नहुने बताएका छन्। नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसका अवसरमा काठमाडौंमा मंगलबार आयोजित 'नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी' विषयक गोष्ठीमा बोल्दै उनले कांग्रेसका लागि सत्ता ठूलो कुरा नभएको बताए। ‘कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन। पर्खेर बसौं, यो देशले कांग्रेसलाई फेरि सत्तामा पुर्‍याउँछ,’ उनले भने, ‘सत्ताका निम्ति हतार नगरौं, अहिले जुन गठबन्धन बनेको छ त्यो चिरस्थायी हुँदैन, उहाँहरू आफैंमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ।’ सत्तामा कांग्रेस किन जाने हो, के गर्न जाने हो भन्ने कुरा पहिले प्रष्ट हुनुपर्ने र काम गर्न पूर्वतयारी गर्नुपर्ने उनले बताए। ‘कुन क्षेत्रमा कसरी काम गर्ने हो प्रष्ट हुनुपर्छ,’ उनले भने, ‘नेपालमा सुशासन कसरी कायम गर्ने, स्वास्थ्य र शिक्षामा जनताको पहु...
नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ : उपाध्यक्ष कोनेल

नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ : उपाध्यक्ष कोनेल

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी वित्तीय उपाध्यक्ष तथा ग्रुप नियन्त्रक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् । “मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ,” उनले भनिन्, “नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।” लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो । जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलोपटक अर्थमन्त्री भएका बेला राजस्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागु गरेको स्मरण गर्दै परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गरे ।...
उपचुनाव : एमालेले सुहाङ उम्मेदवार टुंगो लगाएसंगै अन्य दलहरु दबाबमा !

उपचुनाव : एमालेले सुहाङ उम्मेदवार टुंगो लगाएसंगै अन्य दलहरु दबाबमा !

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौ– आउँदो वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरु उम्मेदवार छनोट र प्रचार अभियानमा जुटेका छन् । एमालेले उम्मेदवार टुंगो लगाएर प्रचार अभियान थालिसकेको छ भने अरु दलहरु आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेसमा उम्मेदवारको नाम सिफारिस भए पनि निर्णय हुन बाँकी छ । सत्तारुढ माओवादी, जसपा र एकीकृत समाजवादीले उम्मेदवारी दिने–नदिने टुंगो लागेको छैन । सत्तारुढ अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने उम्मेदवारी दिने बताएको छ । तर एमालेले रास्वपालाई मनाउनको लागि पहल गरिरहेको छ । निर्वाचन आयोगले आउँदो २४ गते उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ । इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गएको भदौमा हृदयघातबाट निधन भएपछि र बझाङ प्रदेश सभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा परी निधन भएपछि ती क्षेत्रमा उपचुनाव हुन ...
रवि लामिछाने पदमा बसिरहनु रहस्यमय : डा.कोइराला

रवि लामिछाने पदमा बसिरहनु रहस्यमय : डा.कोइराला

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ- नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । शनिबार काठमाडौँका आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सडकदेखि संसद्सम्म विरोध भैरहँदासमेत लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको छ कि भन्ने प्रश्न उठेको बताए । उनले भने, ‘चौतर्फी विरोध भइरहँदा पनि पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको छ ।’ कोइरालाले रवि लामिछानेले तत्कालका लागि पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताउँदै भने, ‘उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो ।’ सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिरहँदा पनि काठमाडौँका चेतनशील मानिसहरू चुपचाप बसिरहँदा अचम्म लागेको समेत नेता कोइरालाले बताए । उनले हरेक परिवर्तनमा काठमाडौँवासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अबका ...
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा !

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा !

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ। जिल्ला अदालत काठमाडौंले पहिलो पटक दिएको ४ दिनको म्याद बिहीबार सकिएपछि अर्को म्याद नलिई उनलाई हाजिरी जमानीमा छाडिएको हो। बिहीबार नै म्याद सकिए पनि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरो (सीआईबी)ले अदालत नलगी छाडेको हो। हाजिरी जमानीमा छाड्न उनको फाइल सरकारी वकिल कार्यालयमा पठाएपछि त्यहीँबाट रिहा भएका सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए। सरकारी वकिल कार्यालयको रायपछि महरालाई छोरा निर्मल महराको जिम्मा लगाएको छ। पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा सीआइबीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो।...
विभेदलाई जित्न हिँड्नु भएका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी

विभेदलाई जित्न हिँड्नु भएका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाज
काठमाडौँ, २९ फागुन : परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो राजनीतिक जीवन व्यतित गर्नुभएका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुनुहुन्छ । कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेठो सन्तानका रुपमा दाहालको जन्म विसं २०१२ साल चैत १६ गते भएको हो । माओवादीभित्र उहाँलाई ‘सरल’ नामले चिनिन्छ । माओवादी जनयुद्धलाई सफल बनाउन सक्रिय र ठूलो योगदान पु¥याउने योद्धा हुनुहुन्छ दाहाल । बाल्यकालदेखि नै कम्युनिष्ट पार्टीप्रतिको आस्था राख्नुभएका दाहाल विद्यार्थी जीवनमै पार्टीको सक्रिय सदस्यका रुपमा क्रियाशील हुनुभएको थियो । पार्टीका कामका लागि प्रवासमा अनेकौँ पीडा, कष्ट र हण्डर सहँदै नेपाली जनयुद्धलाई राजनीतिक, वैचारिक, साङ्गठनिक काममा सक्रिय हुँदै आर्थिक र भौतिक साधन स्रोत जुटाएर सफल बनाउन दाहालले अतुलनीय य...