Friday, May 22
Shadow

मुख्य समाचार

घुस लिएको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारी पक्राउ

घुस लिएको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारी पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको नाप जाँच सम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारीलाई पक्राउ गरेको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार जिल्ला अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी निरीक्षकद्वय सुमित चौलागार्इँ र मनोज थापा सेवाग्राहीसँग रु पाँच हजार घुस माग्दा माग्दै आज पक्राउ परेका थिए । आयोगले उनीहरुलाई जिल्लाको कोटहीमाई गाँउपालिका–१ बोगडियाबाट पक्राउ गरेको हो । आरोपीद्वयको अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।...
भारतको कर्नाटकमा ट्रकमा बिस्फोट, ६ जनाको मृत्यु

भारतको कर्नाटकमा ट्रकमा बिस्फोट, ६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , माघ ९ । भारतको कर्नाटकमा ट्रकमा बिस्फोट हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । शिवमोगा जिल्लामा बिहीबार राति ट्रकमा बिस्फोट भएको र त्यसमा ज्यान गुमाउनेको संख्या बढि हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक प्रहरी अधिकारी इमरान कुरैशीले बिबिसीसँगको कुराकानीमा उक्त ट्रकमा भारी मात्रामा जिलेटिनको डन्डी राखिएको जानकारी दिएका छन् । ‘हामी सबै घटनास्थलमा यो पत्ता लगाउन असमर्थ छौं कि कतिजनाको मृत्यु भएको छ किनभने त्यहाँ असाध्यै अँध्यारो छ र बिस्फोटको दुर्गन्धका कारण पनि त्यहाँ पुग्न मुश्किल छ,’ उनले भने । जिटेलिनसहितको ट्रकमा मजदुर पनि सवार रहेको खुलेको स्थानीय प्रहरीले बताएको छ । राति साढे १० बजेतिर भएको बिस्फोटको आवाज छिमेकी चिकमंगलुरु जिल्लासम्म सुनिएको थियो ।...
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुँदै

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुँदै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ९ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । यो मुद्दामा गत आइतबारदेखि निरन्तर सुनुवाई भइरहेको छ । हिजो बहसकर्ताहरूले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशन नै नभएको भन्दै प्रश्न उठाएका छन् । राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको सूचना राजपत्रमा प्रकाशन नै नभएको वकिलहरूको तर्क छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सुचना राजपत्रमा प्रकाशन नगरि राष्ट्रपति कार्यालयको वेभ साइटमा मात्र राखेकोले विघटन अनाधिकृत भएको बहसकर्ताहरूको तर्क छ । न्यायाधीश अनिलकुमार सिन्हाले सूचना राजपत्रमा छ भने इजलासमा पेश गर्न माग गरेका थिए ।...
वाग्मती प्रदेशको प्रदेश सभा बैठक आज बस्दै , यस्तो छ कार्यसूची

वाग्मती प्रदेशको प्रदेश सभा बैठक आज बस्दै , यस्तो छ कार्यसूची

मुख्य समाचार, राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाडौँ , माघ ९ । वाग्मती प्रदेशको प्रदेश सभा आज बस्ने भएको छ । राजनीतिक दलहरूले बैठक बोलाउन दबाब दिएपछि प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक बोलाएका हुन् । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ । कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले पनि अब अविश्वास प्रस्ताव सदनमा औपचारिक रूपमा प्रवेश हुने बताएका छन् । बुधबार ६ महिनापछि बसेको अधिवेशनको पहिलो दिन दलका नेताहरूले बोल्ने क्रम सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । तर, बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिको दबाबपछि सभामुख श्रेष्ठले बैठक बोलाएका हुन् । नेकपा विभाजनको असर बागमती प्रदेशमा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध...
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

खेलकुद, मुख्य समाचार
काठमाडौँ, माघ ९ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने खेलमा उपाधि दाबेदार ठानिएको बागमती प्रदेशले प्रदेश-२ को सामना गर्दैछ । खेल बिहान ९ बजे सुरु हुनेछ ।प्रदेश-२ विरुद्ध मैदान उत्रदा बागमती लगातार तेस्रो जितको खोजीमा हुनेछ । बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो । प्रदेश-२ भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा प्रदेश-२ लुम्बिनीसँग पराजित भएको थियो ।यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णाली प्रदेश र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ । कर्णाली दोस्रो जितको खोजीमा रहेको छ । प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश-१ भने पहिलो जितको खोजीमा छ ।...
खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ९ । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्‍याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘६ हजार ८ सय सरसफाइकर्मीले खोप पाउने भएका छन् । ५२ हजार स्वास्थ्य स्वयंसेविका भनिए पनि अहिले यो संख्या कम देखिएको छ,’ मन्त्रालयका अर्का अधिकारीले भने, ‘हालसम्म प्राप्त तथ्यांकअनुसार २ लाख २० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइनेछ । यो संख्या बढ्न पनि सक्छ ।’ भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको छ । स्वास्थ्य मन्त्रालयको पत्रअनुसार शुक्रबार उक्त बजेट निकासा दिइने अर्थ मन्त्रालय स्रो...
ट्याक्टर दुर्घटनाः २ जनाको मृत्यु, ५ घाइते

ट्याक्टर दुर्घटनाः २ जनाको मृत्यु, ५ घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ ९ । सप्तरी र तनहुँमा भएका अलग अलग ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।सप्तरीको कञ्चनरूप नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रत भई बिहीबार साँझ पल्टिँदा ट्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह, ट्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् । घाइते कृष्णको अवस्था गम्भीर छ । ट्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइ...
प्रतिनिधिसभा विघटनः नेपाली कांग्रेस ककनी गाउँपालिका , वडा न. ३ ले पनि गर्यो विरोध प्रदर्शन

प्रतिनिधिसभा विघटनः नेपाली कांग्रेस ककनी गाउँपालिका , वडा न. ३ ले पनि गर्यो विरोध प्रदर्शन

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ ८ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आज कांग्रेसले देशभर प्रर्दशन गरेको छ । यसैबीच प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक तथा असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस ककनी गाउँपालिका , वडा न। ३ ले पनि विरोध प्रदर्शन गरेको छ । वडा सभापति रमेश ढुंगाना र बिजय ढुंगाना ककनि नेविसंघको संयोजकमा पर्दशन गरिएको हो । संसद विघटनविरुद्ध कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ । आन्दोलित कांग्रेसल आज पनि ६ हजार ७ सय ४३ वडामा एकसाथ प्रदर्शन गरेको हो। यसअघि पुस १३ गते १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, पुस २५ गते ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन गरेको थियो । ...
आयल निगमले दियो दुई जना एसिडपीडित महिलालाई जागिर

आयल निगमले दियो दुई जना एसिडपीडित महिलालाई जागिर

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ ८ । नेपाल आयल निगमले तेजाब आक्रमणमा परेका दुई जनालाई रोजगारी दिने भएको छ । निगममले ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई सहायक स्तरमा करारमा नियुक्त गरेको हो । निगम सञ्चालक समितिको बैठकले उनीहरुलाई निर्वाह खर्च पुग्ने गरी एक वर्षको करार गरेर निगमको काम काजमा खटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनले दुवै जनालाई गत १६ पसुमा देखि निगमको कामकाजमा खटाउने गरी निर्णय भएको बताए । एसिड आक्रमणमा परेका दुबै जनाले आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि निगममा निवेदन दिएको हुँदा उनीहरु दुवै जनालाई निगमले निगमको कामकाजमा खटाउने निर्णय भएको प्रवक्ता उपाध्यायको भनाइ छ । प्रवक्ता उपाध्ययका अनुसार उनीहरुलाई निगम सञ्चालक समिति बैठकले सामाजिक उत्तरदायित्व कोषबाट तलब भत्ता दिइने छ । निगमका अनुसार उनीहरुमध्ये एक जनाले निगमको केन्द्र...
हवल्दारसहित तीन प्रहरी कर्मचारी निलम्बनमा

हवल्दारसहित तीन प्रहरी कर्मचारी निलम्बनमा

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ८ । सवारी चालकसँग घुस रकम लिने तीन जना प्रहरी कर्मचारीलाई पछिल्लो पटक वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले कारवाही गरेको छ । आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोकबहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान पूर्णसिंह रश्मी मगरलाई नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौँडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरिएका प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिए । प्रहरीको आन्तरिक शुद्धीकरण अभियानअन्तर्गत प्रहरी कर्मचारीलाई निलम्बन गरिएको उनले जानकारी दिए। निलम्बित प्रहरी कर्मचारीको सम्बन्धमा थप छानविन ...