काठमाडौं , माघ ९ । भारतको कर्नाटकमा ट्रकमा बिस्फोट हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
शिवमोगा जिल्लामा बिहीबार राति ट्रकमा बिस्फोट भएको र त्यसमा ज्यान गुमाउनेको संख्या बढि हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एक प्रहरी अधिकारी इमरान कुरैशीले बिबिसीसँगको कुराकानीमा उक्त ट्रकमा भारी मात्रामा जिलेटिनको डन्डी राखिएको जानकारी दिएका छन् ।
‘हामी सबै घटनास्थलमा यो पत्ता लगाउन असमर्थ छौं कि कतिजनाको मृत्यु भएको छ किनभने त्यहाँ असाध्यै अँध्यारो छ र बिस्फोटको दुर्गन्धका कारण पनि त्यहाँ पुग्न मुश्किल छ,’ उनले भने ।
जिटेलिनसहितको ट्रकमा मजदुर पनि सवार रहेको खुलेको स्थानीय प्रहरीले बताएको छ । राति साढे १० बजेतिर भएको बिस्फोटको आवाज छिमेकी चिकमंगलुरु जिल्लासम्म सुनिएको थियो ।