Saturday, May 23
Shadow

मुख्य समाचार

कोरोनाबाट आज तीनजनाको मृत्यु, ९७ संक्रमित थपिए

कोरोनाबाट आज तीनजनाको मृत्यु, ९७ संक्रमित थपिए

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं , फागनु ७ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या दुई लाख ६९ हजार ६१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार ५८३ रहेको छ । हाल आइसोलेसनमा एक हजार ५८३ र क्वारेन्टिनमा ६८ जना छन् । पछिल्लो तथ्यांकानुसार हालसम्म नेपालमा २१ लाख ३४ हजार २६१ को पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।...
सरकारले संविधान मिच्दैन : प्रधानमन्त्री ओली

सरकारले संविधान मिच्दैन : प्रधानमन्त्री ओली

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताए । सरकार जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्नेसमेत प्रधानमन्त्री उनले बताए । उनले भने, ‘‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन । संविधान मिच्दैन, मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन । भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ । अपराधहरुलाई नियन्त्रण गर्छ आदि कुराहरुमा म आम दाजुभाइ दिदीबहिनीहरुलाई आश्वस्त पार्न चाहन्छु ।’’ जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस् भन्ने अभिप्रायले सरकारले अस्थिरता खोज्ने प्रय...
आज २०७७ फागुन ७ गते शुक्रबारको राशिफल

आज २०७७ फागुन ७ गते शुक्रबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पूरानो स्वास्थ्य समस्या बल्झिन सक्छ। शैक्षिक क्षेत्रको काम सोचेअनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असीमित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनुरूपको काम नहुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शैक्षिक क्षेत्र अब्बल रहनेछ । सन्तान सुख मिल्नेछ । साथीभाई र आफन्तको प्रगतिमा मन रमाउनेछ । सेयरबजार र भूमी सम्बन्धीको कारोबारबाट अधिक लाभ मिल्न सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिकका व्यक...
सन्दीप आइपीएलको छनोटमा असफल, यस कारण परेनन्

सन्दीप आइपीएलको छनोटमा असफल, यस कारण परेनन्

खेलकुद, मुख्य समाचार
काठमाडौं , फागुन ६ । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल)का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए । उनलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेलेका थिए । उनी त्यो बेला रु ३२ लाखमा अनुबन्ध भएका थिए । सन् २०१९ र सन् २०२० मा दिल्लीको टोलीमा रहनुभएका लामिछानेलाई फुकुवा गरेपछि उहाँ यस पटक अक्सनमा सहभागी भएका थिए । सन् २०१८ को आइपीएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिएका थिए । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन ।...
कुरीति हटाउने अभियान शुरु गर्न राष्ट्रपतिको आह्वान

कुरीति हटाउने अभियान शुरु गर्न राष्ट्रपतिको आह्वान

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई समाजले हेर्ने दृष्टिकोणमा अझ सकारात्मक परिवर्तन ल्याउन थप प्रयास जरुरी देखिएको बताएकी छिन् । महिला हिंसा न्यूनीकरणका लागि आज राष्ट्रपति कार्यालयमा संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य, विभिन्न मन्त्रालयका सचिवसहित नागरिक समाजका प्रतिनिधिसँगको छलफलमा राष्ट्रपति भण्डारीले महिलालाई सम्मान दिने असल सामाजिक परम्पराको रक्षा गर्दै छुवाछूत, अन्धविश्वास र कुरीति हटाउने नयाँ सामाजिक अभियान शुरु गर्न सम्बद्ध सबैलाई आह्वान गरिन् । महिला विरुद्ध हुने हिंसा विगतका तुलनामा चमत्कारिक परिवर्तन भई केही कम देखिए पनि पछिल्लो समयमा डरलाग्दो गरी हिंसाका घटना हुनु दुःखद् रहेको जनाउँदै राष्ट्रपतिले संरचना र कानून निर्माणमा परिवर्तन भए पनि आपराधिक मानसिकता उस्तै रहेकाले दुःखद् घटनाको सामना गर्नुपरेको बताइन् । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ...
१४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने कांग्रेसको निर्णय

१४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने कांग्रेसको निर्णय

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन ६ । नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्तावलाई पारित गरेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले राखेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव सामान्य संशोधनसहित अनुमोदन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानमारी दिए । विधानअनुसार पाँच वर्षको अवधि यही फागुन १९ गते सकिने भएपछि विधानको धारा नै निलम्बन गरी केन्द्रीय कार्यसमितिको म्याद पनि ६ महिना थप गरेको हो । केन्द्रीय समिति बैठकले सभापतिका तर्फबाट महामन्त्रले प्रस्ताव गरेकै महाधिवेशनको अन्तिम मिति अनुमोदन गरेको भन्दै महाधिवेशन पूर्व जिल्ला वडा तह लगायतको अधिवेशनको कार्यतालिका भने सामान्य हेरफेर गरेको उनले बताए । बैठकले पार्टीको केन्द्रीय सदस्य रमेश लेखकको संयोकत्वमा ७ सदस...
पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध नेविसंघ ग्रामिण र एनआरद्धारा विरोध

पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध नेविसंघ ग्रामिण र एनआरद्धारा विरोध

आर्थिक, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, फागुन ६ सरकारले पेट्रोलियम पदार्थको मुल्य हप्तामै दुई पटक बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै नेपालटारमा रहेको ग्रामिण आर्दश बहुमुखि क्याम्पस र एन आर कलेजका नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले विरोध जनाएका छन् । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै, डिजल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ । सरकारले अनावश्यक आन्तरिक रुपमा मूल्य वृद्धि गरेको प्रति आपत्ति समेत जनाएका छन् । ...
आज २०७७ फागुन ६ गते बिहीबारको राशिफल

आज २०७७ फागुन ६ गते बिहीबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बृष आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मिथुन बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ । कर्कट वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी । सिंह अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । कन्या रिसलाई बसमा...
कोरोना विरुद्धको खोप :  फागुन २३ देखि ज्येष्ठ नागरिकलाई लगाइने

कोरोना विरुद्धको खोप : फागुन २३ देखि ज्येष्ठ नागरिकलाई लगाइने

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ५ । सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । भारत सरकारले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेदेखि लगाउन थालिएको हो । पहिलो चरणमा प्राथमिकतामा परेको स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई यही माघ १४ गतेदेखि २४ गतेसम्म सो खोप लगाइएको थियो । यही फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्ति जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारीलाई खोप लगाउन थालिएको छ । यसअघ...
शिक्षक श्रेष्ठ हत्या प्रकरण : विप्लव समूहका मोरङ इञ्चार्ज कारागार चलान

शिक्षक श्रेष्ठ हत्या प्रकरण : विप्लव समूहका मोरङ इञ्चार्ज कारागार चलान

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन ५ । शिक्षक हत्या आरोपमा पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले हातहतियार खरखजना मुद्दामा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि ३२ वर्षीय विक कारागार चलान भएका हुन् । संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विकलाई व्यापारीसँग चन्दा लिन जाँदै गरेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–४ बाट गत माघ ७ गते हतियारसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । राईका अनुसार को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका विकको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न मोबाइल, सिमकार्ड, सवारी चालक अनुमति पत्र बरामद भएको थियो । अनुसन्धान थाल्दा मोरङको मिक्लाजुङ गाउँप...