Monday, May 25
Shadow

मुख्य समाचार

एसीसी यू–१६ इस्ट जोन कपः नेपाललाई तेस्रो पटक उपाधि

एसीसी यू–१६ इस्ट जोन कपः नेपाललाई तेस्रो पटक उपाधि

खेलकुद, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,असार १९ । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू(१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । नेपालले लगातार तेस्रो पटक उपाधि जितेको हो । आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराएको हो । यसअघि नेपालले २०१७ / २०१९ मा पनि यू-१६ को उपाधि जितेको थियो । मलेसियाको बायुमास ओभलमा भएको फाइनलमा जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो । मलेसियाका मोहम्मद अक्रमले १० रन बनाए । अन्य कुनैपनि ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गरलेले १/१ विकेट लिए । यसअघि पनि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २...
सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं,१९ असार । नेपाली बजारमा आज मंगलवार सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाल सुनमा ४०० रुपैयाँले वृद्धि भएको छ भने तेजाबी सुनमा ३५० रुपैयाँ बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कोरोबार भई रहेको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।...
काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक

काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक

ब्यानर समाचार, मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं,१९ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन् । मंगलबार (आज) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र सवारी साधन प्रवेशमा रोक लगाएको जानकारी जानकारी दिएका हुन् । मेयर शाहले प्राचिन सम्पदाको मौलिकता र सौन्दर्यतालाई जोगाउनका लागि सवारी प्रवेशमा रोक लगाइएको बताएका छन् । उनले भनेका छन्, ‘काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ...
अर्घाखाँचीको पाणिनीमा घरमाथि पहिरो खस्दा ३ को मृत्यु

अर्घाखाँचीको पाणिनीमा घरमाथि पहिरो खस्दा ३ को मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं, असार १९ । अर्घाखाँचीको पाणिनी गापा–१ गोवनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलबाट ३ वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।...
सार्वजनिक हुन थाले तीजका गीत-संगीत

सार्वजनिक हुन थाले तीजका गीत-संगीत

मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,१९ असार । असार १५ संगै तीज लक्षित गीतसंगीतहरु सार्वजनिक हुन थालेका छन् । केहि दिन अगाडि ‘जाउ न माया सरर गाडीमा’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । गीतमा गायक सुकदेव अधिकारी र गायिका समिक्ष्या अधिकारीले स्वर दिएका छन् । गीतको शब्द बिमल अधिकारीले लेखेका हुन् । गायक तिलक ओलीको संगीत रहेको गीतमा कमल सौरगको संगीत संयोजन सुन्न सकिन्छ । प्रकाश भट्ट निर्देशित कोरियोग्राफर यस गीतको भिडियोमा बिमल अधिकारी,अन्जली अधिकारी,लक्ष्मी गिरी र बबिना सिंहले अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । त्यस्तै, बिरेन्द्र ढकालको शब्द संगीतमा ‘मेरी मायालाई,तिजको कोशेली’ बोलको तीज गीत सार्वजनिक गरेका छन् । चर्चित संगीतकार महेन्द्र भण्डारीको एरेन्ज रहेको गीतमा गायक खेम सेन्चुरी र गायिका अस्मिता अधिकारीलेले स्वर दिएका हुन् । मदन खड्क...
राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयहरू कमजोर बन्यो: महामन्त्री थापा

राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयहरू कमजोर बन्यो: महामन्त्री थापा

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ,असार १८ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालयलाई उच्च प्राथमिकतामा राखेर संघीय शिक्षा ऐन तत्काल पारित गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् । उनले राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयहरू पनि कमजोर बनेको उल्लेख गरे । आज काठमाडौँमा भएको स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शतवार्षिक कार्यक्रममालाई सम्बोधन गर्दै उनले शिक्षालाई व्यवस्थित गर्ने र शिक्षा ऐनको प्रारम्भ समेत नहुँदा विश्वविद्यालयहरू थला पर्दै गएको बताए । महामन्त्री थापाले राजनीतिक दलकै कारण विश्वविद्यालय धराशायी बन्दै गएको समेत आरोप लगाए । उनले मुलुकमा संघीय व्यवस्था भए पनि शिक्षा प्राथमिकतामा पर्न नसकेको बताए । उनले विगत १०–१२ वर्षदेखि शैक्षिक अवस्था ओरालो लागेको दाबी गरे । महामन्त्री थापाले विद्यालयहरूमा आएको सङ्कटलाई सरकारले बुझ्न नसकेको भन्दै विद्यालय शिक्षामा बजेट कम छुट्याएको प्रति असन...
गायिका प्रतिमा अर्याल र बद्री सिटौलाको “रानी फूल”

गायिका प्रतिमा अर्याल र बद्री सिटौलाको “रानी फूल”

मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी  काठमाडौं,१८ असार ।  गायिका प्रतिमा अर्याल र गायक बद्री प्रसाद सिटौलाको सुमधुर स्वरमा “रानी फूल” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बद्री लोक माला युट्युब च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतको लय र शब्द गायक सिटौलाको हो भने सुफिक्स मदनले संगीत संयोजन गरेका छन् । सार्वजनिक भएको गीतको रेकर्ड आर बि जी रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई गोबिन्द सोनीले मिक्सिङ्ग गरेका हुन् । उमेश कर्कीको निर्देशन रहेको “रानी फूल” म्यूजिक भिडियोमा निरुता खनाल,आर एन बिरहि,सपना अधिकारी,सुस्मिता के सि र सुनिता पराजुली लगायत अन्यको अभिनय देख्न सकीन्छ । मरुभुमी नारायणको छायांकन रहेको म्यूजिक भिडियोलाई रोशन धितालले सम्पादन गरेका हो भने म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन आर.बि  इन्टरटेनमेन्टमा गरिएको हो । भिडियो हेर्न तल क्लिक गर्नु होला: https://youtu.be/SOeLw6gN...
रााष्ट्रिय स्वतन्त्र पार्टी म्यागङको नेतृत्व मंगलबहादुरको काधमा

रााष्ट्रिय स्वतन्त्र पार्टी म्यागङको नेतृत्व मंगलबहादुरको काधमा

मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
नुवाकोट, देउराली १८ असार। रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को म्यागङ गाउँपालिकास्तरीय कार्यसमिति गठन गरिएको छ । आइतबार म्यागङको देउराली माने भञ्ज्याङमा आयोजित प्रथम पालिका भेलाले मंगलवहादुर तामाङको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो र भेलाले तामाङको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । उक्त भेलाले उप–सभापतिमा देवचरण खड्कालाई चयन गरेको रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट बागमती प्रदेश सदस्य लक्ष्मी पाण्डेले बताएका छन् भने यस्तै,सचिवमा जसमान तामाङ र कोषाध्यक्षमा मसिना तामाङ चयन भएका छन् । सदस्यहरुमा जगतमान तामाङ, विसुर तामाङ, धन वहादुर तामाङ र नेमा तामाङ रहेका छन् । यसअघि रााष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार मात्रै नुवाकोटको तारकेश्वर र किस्पाङ गाउँपालिकामा पालिकास्तरको कमिटि गठन गरिसकेको छ । पालिकास्तरमा गठन भएको समितिले वडास्तरमा वडा कमिटि गठन गर...
अभिनेता आमेश भण्डारी भन्छन् – समीक्षा मेरो जीवनमा आउनुभयो भने भाग्यमानी ठान्थेँ

अभिनेता आमेश भण्डारी भन्छन् – समीक्षा मेरो जीवनमा आउनुभयो भने भाग्यमानी ठान्थेँ

मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं, १८ असार । गायक तथा अभिनेता आमेश भण्डारीले आफू गायिका समीक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । आमेश अष्ट्रेलियाबाट फर्किए लगत्तै शनिबार एपिवान टेलिभिजनको कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा पुगेका थिए । आमेश केही दिन अगाडि मात्र अष्ट्रेलिया भ्रमणबाट घर फर्किएका हुन् । त्यहि क्रममा कार्यक्रमका सञ्जालका प्रकाश सुवेदीले आमेशलाई ‘समीक्षाको परिवार तपाईँको परिवारमा केटा माग्न आउनुभयो भने के भन्नुहुन्छ रु’ आमेशले जवाफ दिएका छन् ‘हुन्छ भन्छु । मेरो उमेर पनि भयो ।’ उनले समीक्षा आफूलाई ‘स्ट्रोङ’ लाग्ने गरेको बताए । समीक्षाको लाइफमा जो व्यक्ति आएपनि त्यो व्यक्ति लक्की हुने भण्डारीले बताएका छन् । ‘उहाँ धेरै राम्रो मान्छे हो, मेरो जीवनमा आउनुभयो भने म भाग्यमानी ठान्थेँ होला’ उनले भनेका छन् । अहिले आफू नेपालमा रहँदा पनि समिक्षासँग भेट भैरहेको उनले सुनाए । आमेशलाई समिक्षासँग तपाईको...
पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

दुर्घटना, मुख्य समाचार, समाचार
चितवन । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा राति पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो । पहिरोमा परी एउटा ट्रक पल्टिएको छ भने पहिरो हटाउन सुरु गरिएको छ । पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो भने ट्रकका चालक सामान्य घाइते भएका उनको मुग्लिनमा उपचार भईरहेको र अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक हजारौँ भन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।...