लोकप्रिय युवा नेता मिर्जाको नाम समानुपातिक बन्द सुचिमा
कपिलवस्तु , पुस १५
कपिलवस्तुका ऊर्जावान, कर्मशील तथा लोकप्रिय युवा नेता मिर्जा राशिद बेग राष्ट्रिय राजनीतिमा थप सशक्त रूपमा उदाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसदको बन्द सूचीमा मिर्जा राशिद बेगको नाम समावेश भएपछि कपिलवस्तु मात्र होइन, लुम्बिनी प्रदेशमै उनको चर्चा चुलिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको बन्द सूचीअन्तर्गत मुस्लिम समुदायतर्फ मिर्जा राशिद बेगको नाम परेको हो ।
रास्वपाको जनसम्पर्क विभागका केन्द्रीय सदस्यसमेत रहेका बेग कपिलवस्तु जिल्लाबाट एकल नाम सिफारिस हुने सौभाग्य प्राप्त नेता बनेका छन्, जसले उनको पार्टीभित्रको विश्वास र जनआधारलाई स्पष्ट संकेत गर्छ ।
मुस्लिम समुदायतर्फ समानुपातिक सूचीमा पहिलो वरियतामा असिफ शाह र दोस्रो वरियतामा मिर्जा राशिद बेगको नाम परेको छ । त्यस्तै तेस्रोमा समिना मिया ...









