Friday, January 17
Shadow

पूर्व सांसद अभिषेक प्रताप शाहले नेपाललाई भारतीय रेलवेसँग जोड्न् गरे माग 


  • -इ
  • इ+

कृष्णनगर, कपिलवस्तु, मंसिर २३

नेपालका पूर्व सांसद अभिषेक प्रताप शाहले भारतको सिद्धार्थनगर जिल्लाको बढ्नी रेलवे स्टेसन पुगेका रेल तथा खाद्य प्रशोधन राज्यमन्त्री रवनीतसिंह बिट्टुलाई नेपालमा राष्ट्रिय हतियारको रुपमा प्रसिद्ध खुकुरी उपहार दिएका छन् । उनले खुकुरी वीरताको प्रतीक भएको बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहले नेपाललाई रेलमार्गले जोड्न भारत सरकारले पहल गर्नुपर्ने बताए । नेपालको राजधानी काठमाडौंसम्म रेलमार्ग बिछ्याउँदा बाबा विश्वनाथको नगर वाराणसीबाट बाबा पशुपतिनाथको सहर काठमाडौंसम्मका तीर्थयात्री हरूलाई सहज हुने र दुई देशबीचको रोटी बेटीको सम्बन्ध सम्बन्धलाई थप प्रगाढ हुने बताए ।

उनले नेपालमा रेलमार्ग बिछ्याउँदा भारतसँगको व्यापारिक गतिविधिमा पनि तिव्रता आउने र नेपाल प्रगतिको बाटोमा अघि बढ्ने बताए । उनले भारतका रेल र खाद्य प्रशोधन राज्यमन्त्री रवनीत सिंह बिट्टुसँग यस दिशामा गम्भीर कदम चाल्न माग गरे।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares